Latest News

अमृत गुरुङको परिवारद्धारा बाबा आमाको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

हुम तमु

सार्दिखोला, १० फागुन

सार्दिखोला गाविस वडा नं. ७, च्याङलुङ गाँउ भई हाल युके निवासी अमृत गुरुङ, धर्मपत्नी कल्पना गुरुङ तथा परिवारद्धारा मंगलवार सार्दिखोला गाविस वडा नं.१ भुर्जुङखोला स्थित माछापुच्छ«े उच्च माविमा तीन लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।

सार्दिखोलाकै पहिलो शिक्षक आफ्ना बुबा डम्बरबहादुर गुरुङ र आमा जमुनादेवी गुरुङको स्मृतिमा अमृत गुरुङको परिवारले डम्बरबहादुर—जमुनादेवी स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । वार्षिक कक्षा ८ र ९ मा प्रथम, द्धितिय र तृतिय हुने जेहेन्दार छ जना विद्यार्थीहरु र निजी श्रोत तथा अस्थायी शिक्षकहरु मध्येबाट उत्कृष्ठ एक जना शिक्षकलाई अक्षयकोषको व्याजबाट पुरस्कृत गर्नका लागि अक्षयकोषदाता विद्यालयका पुर्व विद्यार्थी समेत रहनु भएका अमृत गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल आचार्यलाई तीन लाख रुपैया हस्तान्तरण गर्नुभएको हो ।

अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा अक्षयकोषादाता अमृत गुरुङले विद्यार्थीहरु अध्ययनप्रति आकर्षित बनोस् र सार्दिखोला भेकमा कुनै सामाजिक, राजनीतिक अगुवाहरु नभएकाले उक्त क्षेत्र पछि परेको भन्दै नेतृत्व विकासका लागि विद्यार्थी जीवनदेखि नै प्रोत्साहन गर्नका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो । आफु पनि माछापुच्छ«े उच्च माविबाटै शिक्षा आर्जन गरेको र आफ्ना बुबाले पनि शिक्षक भई धेरैलाई शिक्षा प्रदान गर्नुभएकाले बाबा आमाको स्मृतिमा अहिले तीन लाखको अक्षयकोष स्थापना गरेको भन्दै आगामी दिनमा कोषमा रकम बृद्धि गर्ने समेत बताउनुभयो ।

अक्षयकोष रकम ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल आचार्यले आफ्ना बुबा आमाको स्मृतिमा भुतपूर्व विद्यार्थी अमृत गुरुङको परिवारले विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहन गर्न अक्षयकोष स्थापना गरेकोमा धेरै धेरै धन्यवाद दिनुभयो । बुबा डम्बरबहादुर गुरुङ र आमा जमुनादेवि गुरुङको स्मरणमा अक्षयकोष स्थापना गरेर छोरा बुहारीको तर्फबाट आमा बुवालाई अमर बनाएको बताउनुभयो ।

विद्यालयका पुर्व अध्यक्ष एवं पुर्व प्रधानाध्यापक हर्कबहादुर घर्तीले अमृत गुरुङको परिवारले शिक्षालयमा अक्षयकोष स्थापना गरेको बास्तविक सेवा गर्नुभएको हो । चारधाम दर्शन गर्नुभन्दा आमा बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेर ठुलो पुण्यकर्म गर्नुभएको उहाँको भनाई थियो ।

कार्यक्रममा अध्यक्षकोषदाता अमृत गुरुङ, कल्पना गुरुङ, कान्छी बहिनी कृष्णकुमारी गुरुङ, ज्वाई नाराय गुरुङ, भाई टिकामान गुरुङ, भाइखलकका अध्यक्ष सुवेदार नरबहादुर गुरुङ, भरत गुरुङ, गिरीप्रसाद गुरुङ,कृष्णबहादुर गुरुङ, भुपू विद्यार्थी मञ्चका अध्यक्ष गुञ्जमान गुरुङ, पत्रकार हुमबहादुर गुरुङ विद्यालयको तर्फबाट स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले अध्यषकोष दाता अमृत गुरुङले विद्यालयमा अहिले सम्मकै सबैभन्दा ठुलो अक्षयकोष स्थापना गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुहुदै यस भन्दा अघि पनि उहाँको पहलमा ५ लाख रुपैया भन्दा बढी रकम सहयोग भई विदालयमा १० वटा कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन खरिद गरी शिक्षाआर्जनका लागि विद्यार्थीलाई धेरै सहयोग पुगेको बताउनुभयो । उहाँले प्राप्त अक्षयकोषको कही कतै दुरुपयोग हुन्छ कि भनेर नसोच्न आग्रह गर्नुभयो । उक्त अक्षकोष सञ्चालनका लागि गठन हुने समितिमा अक्षयकोषदाता अमृत गुरुङ र कल्पना गुरुङ संरक्षक, अक्षयकोषदाताको तर्फबाट ज्वाई नारायण गुरुङ र मिमफल गुरुङ सदस्य रहने बताउनुभयो ।

उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् भने पठन पाठन अग्रेजी माध्यममा हुदै आएको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*