Latest News

आगलागीबाट ध्वस्त स्याङ्जा, मनकामना- ७, लामडाडा नमूना गाउं बन्दै !

मुककाजी गुरुङ , हंगकंग

स्याङ्जा, मनकामना – ७, लामडाडा गाउं गत बर्ष २०७३ , बैशाख १८ गते अचानक बिधुत शर्ट भई २३ घर पूर्ण रुपमा क्षतबिक्षत भएको थियो। त्यस पश्चात देश तथा बिदेशमा रहेका स्याङ्जाबासी तथा गैर स्याङ्जाबासी नेपाली दाजुभाई तथा दिदीबहिनी हरुबाट राहत संकलन गरि पठाईएको र केही प्रतिशत निजी श्रोतबाट समेत गरि निर्माणोन्मुखमा रहेको केही दृश्यहरु तपाई सम्पूर्ण सहयोगदाता तथा सहयोगी मनहरु प्रति समर्पित गर्दैछु। आज एउटा बिकट गाउं पूर्ण रुपमा आगलागीबाट ध्वस्त भएको अवस्थामा तपाई सम्पूर्ण देश बिदेशमा रहनु भएका सहयोगदाता तथा सहयोगी मनहरुको आर्थिक सहयोगले एउटा नमूना गाउं बन्दैछ। जबकी पीडितहरुले आगलागीबाट ध्वस्त घरहरु तपाई हाम्रो सा-सानो सहयोगले यो स्थितिसम्म अाउला भन्ने कसैले कल्पना पनि नगरेको आगलागी पीडितहरुको भनाई छ।

अझै पनि सम्पूर्ण २३ घर पुनर्निर्माण सम्पन्न भई सके पश्चात उक्त गाउंमा पुगेर अझै पनि आफ्नो ब्यक्तिगत तर्फबाट केही सानो आर्थिक सहयोग गर्ने भित्रि हिर्दयबाट नै जागेर आएको छ। जे होस, हङकङ लगायत देश बिदेशमा यसरी प्राकृतिक बिपतदेखी बिभिन्न बहानामा संकलन गर्दै आई रहेको चन्दालाई पारदर्शक गर्नु चन्दा संकलन संकलनकर्ता तथा संयोजकको भूमिका रहनेछ। अत: आज मैले पनि गत बर्ष हङकङबासी तथा नेपाल र मकाउबाट समेत बिश्वासको साथमा उक्त आगलागी पीडितहरुको लागि मलाई सहयोग प्रदान गरिदिनु हुने तपाई सम्पूर्ण हङकङबासी तथा गैर हङकङबासी मनकारी मनहरुलाई पुन: हार्दिक नमन ब्यक्त गर्दै आउंदो दिनहरुमा पनि तपाई हामी सबै हातेमालो गर्दै अगाडि बढौं, यहि मेरो तपाई सम्पूर्णलाई हार्दिक आग्रह गर्दछु र आज तपाईहरु सम्पूर्णले मलाई बिस्वासको साथमा आगलागी पीडितहरुलाई प्रदान गर्नु भएको सहयोगको प्रगति विवरण तथा Feedback तपाईहरु समक्ष प्रस्तुत गरेको छु र यसरी तपाई हाम्रो सा-सानो सहयोगले एउटा नमूना गाउं नै निर्माण गर्न सकिंदो रहेछ भन्ने यो एउटा उदाहरण पनि हो।

अझ निकट भविष्यमा नै यहाँहरु सम्पूर्णलाई सम्पन्न पश्चातको नमूना गाउंको दृश्यहरु अवश्य पनि पस्किने जमर्को गर्नेनै छु। पुन: सहयोगी मनहरुलाई हार्दिक नमन गर्दै स-सम्मान गर्न चाहन्छु।

नोट – बिशेष गरेर आगलागीबाट पूर्ण रुपमा क्षतबिक्षत भएका लामडाडा गाउंलाई बिदेशबाट सबै भन्दा बढी आर्थिक सहयोग हङकङबाट नेपाली रुपैयां १२,४०,००० ( बाह्र लाख चालिस हजार) र युके (बेलायत) बाट नेपाली रुपैयां ८,००,००० ( आठ लाख ) प्राप्त भएको थियो । यसैगरि बिभिन्न देशहरु अमेरिका, जापान, कोरिया , कतार लगायत थुप्रै देशहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएको जानकारी गराउंन चाहन्छु।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*