Latest News

आजदेखि २५ सय ६० औं बुद्ध जयन्ती सप्ताह

 पोखरा, १ जेठ

कास्कीमा क्रियाशील विभिन्न बुद्ध विहार, गुम्बा, बौद्ध संघ संस्था तथा जातिय संस्थाहरुद्धारा गठित बुद्ध जयन्ती समारोह समिति कास्कीले २५ सय ६० औं बुद्ध जयन्ती आजदेखि सप्ताहव्यापी कार्यक्रम गरि मनाउदै छ । समितिले जेठ १ गतेदेखि ८ गते बैशाख पुर्णिमासम्म विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने भएको हो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज जेठ १ गते युवा बौद्ध संघको संयोजनमा दीपस्थित धेछेलिङ्ग गुम्बाबाट विहान साढे ६ बजे शुभारम्भ र्याली शुरु भई पोखराको विभिन्न भाग परिक्रमा गरि अनदुस्थित विश्वशान्ति स्तुपमा पुगी बुद्ध पुजा गरिने भएको छ भने युवा बौद्ध संघकै आयोजनमा विश्व शान्ति स्तुपामा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिने तयारी गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुभारम्भ र्याली, स्वास्थ्य शिविर तथा रक्तदान, प्राणदान(माछा छत्तर), प्रभातफेरी, सरसफाई, गणचक्र पुजा, प्रवचन, भोजनदान, फलफुलदान, भिक्षु शुभद्र श्रद्धाञ्जली सभा, धर्म देशना,शिल प्रार्थना, बुद्धपुजा, दान कार्यक्रम, शान्ति दीपयात्रा, ज्ञानमाला भजन तथा भैषन्य पुजा, धर्मसभा लगायतको कार्यक्रम गरिने समितिका अध्यक्ष नरेन्द्र लालचनले जानकारी दिनुभयो । आजदेखि बौद्ध अर्घौं सदनमा साता व्यापी बुद्ध जयन्ती कार्यक्रम शुरु पोखरा, १ जेठ पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनले आजदेखि सप्ताहव्यापी २६ सय ४० हौ बुद्ध जयन्ती तथा २५ सय ६० औं महापरिनिर्वाण दिवस मनाउने भएको छ । कार्यक्रम अनुसार आज बुद्धजयन्ती पुजाको शुरुवात र बुद्धजयन्ती मुल समारोह समितिको आयोजनामा बिहान ७ बजे विश्व शान्ति स्तुपा अनदु डाडामा हुने बुद्ध पुजामा सहभागी हुने भएको छ । यसरी नै सदन गुम्बामा आजदेखि नै आर्यअवलोकेतेश्वर धरणी मन्त्र जप पुजा हुने भएको छ । ९ गतेसम्म हुने पुजामा गुम्बाका प्रमुख लामा आचार्य थुप्तेन ऐशे सिर लामाले धर्म देशना गर्नुहुने भएको छ । गुम्बा निर्माणमा काठमाडौंका होटल व्यवसायीहरुको सहयोग पोखरा, बैशाख ३१ पोखरा –१०, रामघाट स्थित बौद्ध अर्घाै सदन परिसरमा बन्न गैरहेको प्रस्तावित नयाँ गुम्बा निर्माणको लागि काठमाडौंका होटेल व्यवसायीहरुले सहयोग गरेकाछन् । गुम्बा निर्माणका लागि घान्द्रुक ४, माझगाउँ पुरानो घर भई हाल सुनधारा काठमाडौमा होटल व्यवसायी तथा होटल हेभेनका प्रोप्राईटर बाल कुमार गुरुङ र लक्ष्मी गुरुङ तथा उहाँहरुको परिवारजनको तर्फबाट १ लाख ५ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग सदनलाई प्रदान गर्नुभएको छ । त्यसैगरि ल्वाङ घलेल गाविस २ पुरानो घर भई हाल सुनधारा काठमाडौमा ट्राभल्स व्यवसायी गरि बस्नुभएका देउराली टुर्स एण्ड ट्राभल्स प्रा.ली. का प्रोप्राईटर गोलमान गुरुङ र काँशीमाया गुरुङ तथा उहाँका सम्पूर्ण परिवारजनको तर्फबाट १ लाख १ सय ५ रुपैयाँ आर्थिक सहयोग सदनलाई प्रदान गर्नुभएको छ । गोलमान गुरुङ कार्य व्यस्तताले सदन कार्यालयमा स्वयम उपस्थित हुन नसकेको जानकारी गराउँदै उक्त सहयोग रकम होटल व्यवसायी लक्ष्मी गुरुङ मार्फत पठाउनुभएको थियो । शुक्रबार विहान सदनको कार्यलयमा आउनु भई लक्ष्मी गुरुङले सदनका अध्यक्ष क्या. भुवनसिं गुरुङ लगायत सदनका कार्य समिति तथा उप–समितिका सदस्हरुको उपस्थितीमा उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँलाई ञयूङनी प्रमुख लामागुरु हर्कजंग घलेले आर्शिवादको मोन्लम पाठ गरि खदा लगाई सम्मान गर्नुभयो भने अध्यक्ष क्या. भुवनसिं गुरुङले सहयोगको लागि आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*