Latest News

आदिकवि हर्कवहादुर गुरुङ

चोग अरुण कुमार गुरुङ
फेदिखोला, स्याङ्घजा
हालः कोलोराडो, अमेरिका

आदिकवि हर्क बहादुर गुरुङ गण्डकी अञ्चल स्याङ्घजा जिल्ला साबिक फेदीखोला गा.वि.स. वडा नं ६, हाल फेदीखोला गाउँ पालिका वडा नं १ सालिमे डाँडाको दक्षिणी पाखाको रमाईलो ठाउ घमाइलो गाउँ सालिमेमा पिता देब बहादुर र माता लम्मै कान्छीबाट विस १९९३ साल माघ ११ गते जन्मनु भएको थियो ।

सालिमेमा पाँचवटा घरमात्र भएको गाउँ थियो । अन्य आफन्त दाज्यु भाईहरु खास गाउँ लामिस्वारा, ढुङ्गारे, अक्राङ र कर्मिडाँडामा वस्ने भएको हुँदा वहाँलाई सवैले साल्मे माहिला भन्थे । वहाँले घुमेको फिरेको परिचय र प्रभाव छाडेका ठाउँका शुभ चिन्तकहरुले वहाँलाई ‘लाम्छाने माहिला’ भनि पुकारेको पाईन्थ्यो । छरछिमेक गाउँका चेलिवेटीको प्यारो ‘चे’ अर्थात उपनाम चाही (प्ल्हन्म्ऐ धज्यों म्हाईला) थियो । वहाँ साह्रै मिजासिलो, परम्परा र संस्कारवादी स्वभाव एवं व्यक्तित्वको धनी हुनु हुन्थ्यो । बिस २०१३ साल देखि नै गीत कविता र लेखन क्षेत्रमा यात्रा गरेको देखिन्छ ।

हर्क वहादुर गुरुङ, उनका विधवा आमा, भरखर मलायमा भर्ति भएका दाज्यु, भाउज्यु र दिदी सहितको परिवारमा हुर्कनु भएको थियो । हाम्रो गाँउ, ठाउँ र थलोवाट पोखरा पढ्न जाने मध्ये प्रायः पहिलो गुरुङको छोरा वहाँ नै ठहर्छ । शिक्षामा प्रवेशिका परिक्षा उतिर्ण गरे पछि बिस २०१८ सालमा घर नजिकैको स्कुल दामगाडेमा हेड मास्टर हुनु भयो । त्यस पछि २०२२ सालमा भुमि सुधार खरिदारको जागिर खाएर पोखरा वस्नु भयो । यसै क्रममा पछि सहकारी निरिक्षकको पदमा स्याङ्गजावाट सेवा निवृत भए पछि फेदिखोला वजारमा घर वनाएर स्थायी निवास गर्नु भएको थियो । बिस २०६७ सालमा उनको देहान्त भयो । वहाँको एक छोरा, छोरी र श्रीमती हुनुहुन्छ ।

 

हामी गुरुङहरुको पैतृक थलो गण्डकी क्षेत्र, विशेष गरी कस्की, लमजुङ, तनहुँ र स्याङ्गजाको व्यापारिक केन्द्र पोखरा भएकोले त्यस ताका हामी गुरुङहरुको वेचविखन, किनमेल तथा जम्का भेट हुने रङ्गमञ्च र केन्द्र नै पोखरा थियो । लाम्छाने माहिलाले गुरुङहरुको आफ्नो आन्तरिक हैसियत र क्षमता जे जस्तो भए पनि सामाजिक सभ्यताको विकासको अभाव नै भन्नु पर्याे, त्यस वेला हट वजारमा देखिएको हात समाएर, छिल्लिएर, जतापायो त्यतै, जे पायो त्यही गरी हिंड्ने र हिंड्दा हिंड्दै खाने पिउँने प्रवृक्तिवाट जोगाउँन प्रयास र प्रयत्न गर्नु भयो । पढाई लेखाईतिर ध्यान नदिई फजुल खर्च, जुवातास, कुलत, दुर्वेशनी, वहुविवाह, जवरजस्ति विवाह, झै झगडा तर्फ उन्मुख युवा युवतीलाई समेटेर मार्ग निर्देशन दिन थाल्नु भयो । साथमा परापुर्व कालदेखी व्यवस्थित वन्दै आईरहेको व्यवहारीक नैतिक शिक्षालय रोधींको दुरुपयोग जस्ता सामाजिक वैभावका विषयहरुमा देखिन थालेका विकृति र विशङ्गति प्रति वुलन्द आवाज उठाउँनु भयो । समग्रमा गुरुङको अस्तित्वलाई मध्य नजर राख्दै प्रथम र दोश्रो गुरुङ लोकगीतरुपी सशक्तता, सचेतना एवं विविध जागरण अभियानको सुरुवात गर्नु भएको थियो । गाउँ र वस्तिहरुमा गई गीत गाएर शंखघोष गरी सुधारका श्वर घन्काउँनु भएको थियो । साँचो अर्थमा भन्नु पर्दा, वहाँ सामाजिक सुधारका लागि एउटा प्रक्खर अभियन्ता हुनुहुन्थ्यो ।

गाउँहरुमा हुने च्यालें होलेंमा पुगी त्यहाँका भद्रभलाद्मीहरुसंग भेटघाट गरी आफ्ना भावनाहरु प्रस्तुत गर्ने युवा युवती र दौंतारीहरुसंग संगत गरी राय लिने र आफ्ना अनुभूतिहरु वाँड्ने, गाउँका आमाहरु, पिडित समुहहरु विचमा गई तिनिहरुमा घटेकोे भोगेको दुःख वेदनाका कुराहरु समेट्दै गीत वनाई गाउँने गरेको पाईन्थ्यो । विशेष गरेर ल्वाङ, घलेल, रिवन, लाहाचोक, घाचोक, अर्मला, विजयपुर, खिलाङ, सिक्लेस, थाक, याङजाकोट, धम्पुस, लुम्ले, पाउदुर, भदौरे, तामागी, गलेम, वाँगे, दरौं, सिरुवारी, पुम्दी, भुम्दी, मट्टिखान र नुवाकोटमा समेत आफ्नै गाउँ घर वरिपरीका क्षेत्रमा वहाँको प्रभाव रहेको पाईन्छ । आज देश भर तमुहरुकोलागी वहाँले पुर्याउँनु भएको योगदान, त्याग, महानताको विषयले वहाँ चिर स्मरणिय र अमर व्यक्तित्व वन्नु भएको छ ।

 

रिम्ए पुकार, सौता फिर ह्याव पिविनो, आमाये विलाप, अह्यादो लागुर, रोधींदे पिभिंनो, खईले तमु रिम्ए मयुम्ए खेव प्ह्रिव लोभिंनो । गहाना आह्रीदो, जुवा आक्ल्योंनो, फट्टा के आलदो जस्ता मर्म स्पर्सी भावनाका गीतहरु लेख्ने र गाउँने गर्नु भयो । दुईवटा गीतका कितावहरु मुस्किलले प्रकाशित भए पनि अझ वहाँका धेरै गीत कविताहरु जस्तैः सिरुवारी गाउँमा माझैमा पैह्रो कसरी गए हो । हेर न कठै नेपाली वसेको झुपडी वाँस घारी, विधवा, विलाप जस्ता धेरै गीतहरु वहाँवाटै सुनेको थिएँ तर पुस्तकको रुपमा आएन । पछि वहाँमा आँखाको कमजोरी र सम्झना शक्तिमा नितान्तै ह्रास आएको पाईएवाट ती गीत र लय नै थाहा हुन सकेन ।

बिस २०५२ तमु छोंज धींको प्रथम राष्ट्रिय महाधिवेशन, काठमाण्डौंमा हुँदा, मेरै पहलमा वहाँलाई प्रथम पटक पहिचान गराउँदै पुरस्किृत गराईएको र पुल्चोक लगिएको थियो । त्यसै ताका मैले वहाँसंग कुरा गर्दा ‘मैले लेखेका गीत, कविताको म शिर्षकसम्म पनि सम्झना गर्न सक्दिन । गीतको हरफहरु र लयको त सम्झना हुने कुरै भएन’ भन्नु हुन्थ्यो । कति गीतका वोलहरु सम्झेर लय सहित सुनाउँदै यी गीतहरु पनि तपाईले नै कथ्नु भएका हुन नी भनेर भन्दा, हो तर सम्झन सक्दिन भन्नु हुन्थ्यो । वहाँले त्यस प्रकार गीत कविता रचेर प्रचार प्रसार हुँदा हामी सानै थियौं ।

काका, दाई, दिदी, गुरुहरुले गाएको सुन्थ्यौं र हामीले पनि चासो लिन्थ्यौं । तर आज ती अग्रजहरुलाई सोध्दा पनि लेखेर राखिएन सम्झन सकिंदैन भन्नु हुन्छ । अझ मेरा अग्रजहरु मध्ये कसैले सम्झन र लेखिदिन सक्नु हुन्छ भने, कृपया टिपेर दिनु होला । म त्यसलाई पुश्तकाकार दिन चहान्छु । मसंग भेट्न संभव नभए मेरो ईमेल बचगमभखद्दण्द्धघ२थबजयय।अयm मा राखि दिनु होला । कारण आज यो हामी सवैको गौरवको विषय वनेको छ । वहाँको गुरुङ लोकगीत द्धितिय प्रयासका केही अक्लिष्ट शव्दहरु र शुद्ध शुद्धी हेरी पढ्न सहज तल्याउँनुको साथै ती गीतहरु कुन लयको आधारमा तैयार भएका थिए, मैले चाल पाएसम्म राख्न कोशिस गरेको छु । त्यसमा पनि कुनै अग्रजहरुसंग अझ वढी जानकारी भए, सोको थाहा दिन समेत अनुरोध गर्दछु ।

पछिल्ला दिनहरुमा वहाँले भन्ने गरेको थाहा पाएको छु । मैले पुरस्कार पाउँन भनेर लेखिन । जमाना पनि यस्तो राम्रो थिएन । हाम्रो जातिय गौरवमय इतिहाँसलाई कायम राख्न सक्नु पर्ने ठानें । समाज सुधार गर्ने भावना आयो । सभ्यता सिक्न र सिकाउँनु पर्ने ठानें । पिछोडिएको जाती जस्तो हुनु भएन भन्ने ठानेर संस्कार एवं सामाजिक परम्पराको विपरित हाम्रो जातिमा व्याप्त कुरिती तथा विसङ्गतीहरु सहन नसकी मलाई मेरो अन्तर मनले कलम समाउँन घच्घच्यायो । त्यसैले, लेख्न र गाउँन थालें ।

तत्कालिन वडाहाकिम श्री गम वहादुर गुरुङ, अञ्चल पञ्चायत सभापति श्री लक्ष वहादर गुरुङ, जील्ला पञ्चायत सभापति श्री चन्द्र सिंह घले, भुुमि सुधार अधिकारी श्री इश्वर वहादुर गरुङ सहितका भु.पु. गोर्खा सैनिक अफिसर, गाउँका मुखिया, जिम्मुवाल, गुरुङ प्रधान पञ्चहरुको साथ संगतमा सामाजिक सुधार र जागरण प्रयास भए गरिएको पाइन्छ । यसरी वहाँले सामाजिक क्रान्ति ल्याउँन सफल हुनु भएको थियो । यसै ताका, यसै क्रममा वहाँको प्रथम शुभ–विवाह विजयपुर गाउँवाट भएको थियो ।

एक पटक चारघरेका रिम्एहरुसंग मार्मिक दोहोरी गीत गाउँनु भएको थाहा छ । मार्मिक छेंडखान गीतका वोलि वहाँका विशेषता भएकाले सहभागी सवैले आपासमा विलौना थपेर गाउँन थाले । प्रभावितका साथ भावुक वनेर त्यो माहौल नै रोएको मलाई सम्झना छ । मैले पहिलो पटक दोहोरी गीत सुनेको यही थियो । मलाई यहिवाट प्रेरणा मिल्यो । आकृष्ट भएँ, गम्भिर रुपवाट दोहोरी गीतको विट मार्न सकिन्छ भन्नु पर्यो । यिनै घटनाक्रमले गीत, लोकगीत, दोहोरी गीत, लेख, कथा, कविता, निवन्ध, प्रवन्ध समेतको साहित्यिक फाँटतर्फ पाइला चाल्न थलेको म माथी, दाजु माहिलाको ठुलै प्रभाव छ ।

गुरुङ गाउँ र वस्ती वस्तीमा डुलें, भन्नु हुन्थ्यो । सवैले आ–आफ्ना वेदनाहरु पोख्दथे । मेरो गीत सुनेर कति त भक्कानो छाडेर रुन्थे । त्यो सम्झना मेरो मन भित्र अझ जीवितै छ । त्यस्तो देखेर मलाई हौसेला मिल्दथ्यो । म सफल भएको सम्झन्थें । अझ केही गर्नु पर्छ भन्ने ठानेर त्यस्तो कार्यमा म लागी रहें । अगाडी वढी रहें, हार खाईन, वहुला झैं एकोहोरिइ रहें । वैरागी झैं प्रस्तुत हुन्थें । हरिप झैं देखिन्थें । मर्मज्ञ वनेर एकाग्रताका साथ गाउँने हुँदा, कसैले त मलाई पागल सम्झन्थे । मेरा यस्ता सुधार, सचेतना, सशक्तता झल्काउँने अभिव्यक्ति हुन्थ्यो । त्यसैले, स्वार्थी, टाठा, वाठा, दुर्वेशनी तथा चरित्र हिन आफ्नो विचारसंग नमिल्ने जस्ताहरुवाट मैले नमिठो भनाई र अपमान समेत सहनु परेको थियो । मसंग केही त्यस्तो तितो अनुभव पनि छ । तैपनि केही न केही गरी नै रहें ।

साँचै भनौं भने, त्यो समय आजको जस्तो थिएन । अवसरहरु कम थियो । आजको जस्तो वातावरण पाएको भए अझ बढी गर्न सकिन्थ्यो जस्तो लाग्छ । जे होस, मैले ठिकै गरेको रहेछु भन्ने ठानेको छु तर त्यती धेरै गर्न सकेको जस्तो भने लागेको छैन । आज तपाईहरुवाट यस प्रकार भएको प्रशंसा र सम्मानले मलाई धेरै सन्तोष मिलेको छ । धेरै खुसी तुल्याएको छ । मेरो ठुलो मुल्याँकन भएको महशुस गरेको छु । गुरुङ ‘आदिकवि’ सम्मान दिएर अभिनन्दन गरी रहनु भएको छ । मेरो जीवनमा यो अविश्मरणीय क्षण हो । तपाईहरु सवैलाई अभार प्रकट गर्दै कृतज्ञाता ज्ञापन गर्न चहान्छु, भन्नु भएको थियो ।

अन्तमा, यसरी गुरुङ मात्राकै प्रातः स्मरणिय व्यक्तित्व वन्नु भएको श्रद्धेय दाज्यु हर्क वहादुर हाम्रो कुल कै दिपक हुनुहुन्छ । गुरुङ आदिकवि कै प्रेरणाले हामी भाई छोराहरुले उपयुक्त सोंचवाट वहाँको दृष्टिकोणलाई पच्छ्याउँन सक्नु परेको छ । हाम्रा भावी पिंडी तथा समस्त गुरुङ सर्जकहरुलाई यही आग्रह गर्न चहान्छु । साथै वहाँलाई यही मेरो श्रद्धा सुमन टक्र्याउँन चहान्छु ।

यसरी लेखि रहदा हाम्रा विद्धान पैंडी प्राज्ञ डा. जगमान गुरुङ, पैडि इन्द्र वहादुर गुरुङ, पुरोहितः लामा, पच्यु, क्ल्ह्याव्रीगुरुहरु तथा ‘तमु छोंज धीं’ दर्ता गरी देश विदेशका तमुहरुलाई संगठित गर्नु हुने संस्थापक अध्यक्ष श्री गणेश वहादुर गुरुङ, महासचिव श्रीप्रसाद गुरुङ, शव्दकोष निर्माताः घन वहादुर गुरुङ र दिल्लीजंग गुरुङ समेतका कर्मठ व्यक्तित्वहरुको स्मरण गर्न चहान्छु । —अस्तु ।

साभार : गुरुङ राइटर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*