Latest News

एनअारएन काेरियाकाे इतिहासमा पहिलाेपल्ट नेतृत्वकाेलागि महिलाको उम्मेदवारी

              एन आर एन कोरियाको छैठौँ अधिवेशनमा जुनु गुरूंगले आफ्नो उम्मेद्वारी घोषणा गरेकी छिन् l नेपाल हाउसमा आयोजित एक कार्यक्रम मार्फत गुरूंगले उम्मेद्वारी घोषणा गरेकी हुन् । एन आर एन कोरियाको वर्तमान उपाध्यक्ष समेत रहेकी उनि वुमन फर वुमन कोरियाको पूर्व अध्यक्ष समेत हुन्।

उनले कोरियामा रहेका नेपालीहरूको हितमा काम गर्न र एन आर एन कोरियालाई अझ व्यवस्थित तवरले अगाडी बढाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताएकी छिन् । उनले सबै कोरियाबासी नेपालीहरूको साथ र सहयोगलाई अपील पनि गरेकी छिन् ।

को हुन् जुनु ?

आजको नेपाली समाज नेपाल भित्र मात्र सिमित छैन। देशमा पर्याप्त रोजगारीको अवसर नपाएपछि दैनिक झण्डै १६ सय नेपाली रोजिरोटीका लागि विदेशिन बाध्य छन्।

त्यस बाहेक उच्च शिक्षाका लागि पनि बाहिरिनेको संख्या पनि उत्तिकै छ भने लामो बसाईपछि विश्वका विभिन्न मुलुकमा व्यापार र व्यावसाय र सम्मानित पेशा गर्ने पनि प्रशस्त छन्।

विश्वको कुनाकाप्चामा छरिएका नेपाली जे जस्तो अवस्थामा भए पनि उनीहरूबीच  एकता र सहयोगी भावना भने जिवितै रहेको पाईन्छ। गगनचुम्बी भवन पृष्ठभूमिमा राखेर तश्विरले सुख र रमाइलो गरेको देखाउने गरे पनि परदेश बसाई भने परदेशीलाई मात्र थाहा हुन्छ। फरक रहनसहन, संस्कृति, भाषाका बीच दिन गुर्जाने नेपालीहरु केही न केहि समस्यामा रुमल्लीरहेका हुन्छन्। ती समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्धेश्य सहित विभिन्न संघ संस्थाहरु पनि खोलिएका छन्।

कोरियामा पनि इपिएस मार्फत काम गर्न आउने, अध्ययन, व्यवसाय गरिरहेका हजारौ नेपाली मध्ये हरेक दिन कोही न कोहि नेपाली समस्यामा परिरहेका भेटिन्छन्। विगत केहि वर्ष देखि ती समस्यामा परेकालाई आफ्नो व्यस्ततालाई थाति राख्दै केहि सहयोग गरौ भनेर अगाडि बढ्ने औंलामा गन्ने समाजसेवीमा पर्ने गर्छिन  राजधानी सोलस्थित दोङ्देमूनमा व्यावसाय गरिरहेकी जुनु गुरुङ।

नेपालको लम्जुङमा जन्मेर ललितपुर घर भएकी गुरुङ व्यापारको सिलसिलामा सन् २००६मा विजनेश भिसामार्फत कोरियाको नेपाली चोक भनेर चिनिने दोङ्देमूनमा शुभेच्छा मार्ट र रेस्टुरेन्ट ब्यबसायको गर्दै आएकी छिन्।

सन् २००७ अघि नेपालीको संख्या कमि रहेकोमा रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपालीको संख्या वृद्धि भयो। सँख्या बढे सँगै नेपालीका समस्याहरु पनि चुलिन थाल्यो। विशेष गरेर महिलाहरुको समस्या झन धेरै देखिन थाल्यो। सानै देखि सामाजिक सेवामा रुचि रहेको जुनुका लागि परदेशमा पनि समाज सेवा गर्नु पर्छ भन्ने भावना जागेर आयो। उन्ले आफ्नो ब्यबसायका साथै समाज सेवामा समय दिन थालिन्।

कोरियामा बिबाह गरेर गएका नेपाली महिला तथा पुरुष कामदार हरुमाथी परेको समस्या समाधान गर्ने कामबाट नै अघि बढ्ने निर्णय गरिन। त्यस पछि महिलाको समस्याको लागि महिला महिलाबीच छलफल गरी अघि बढाइन। सबै राजी भए पछि महिलाका लागि महिला ( वुमन फर वुमन ) भन्ने सस्थाको  जन्म भयो। जुनु त्यस सँस्थामा बसेर दुःख र समस्यामा परेका नेपाली चेलीलाई सहयोग गर्न थालिन्। सहयोग र अहोरात्र खटिएका कारण उनी अधिबेसनबाट अध्यक्ष समेत काम गरिन्। आफ्नो कार्यकालमा उनी लगायत नेपाली महिलाको पहलमा काम छोडेर या दुःख पाएर अलपत्र नेपाली चेलीलाई आश्रय दिन महिला सेल्टर स्थापना पनि भयो। सो सेल्टर स्थापना भएपछि दर्जनौ नेपाली चेलीको उद्धार समेत भएको छ। जुनुको  कार्यकालमा कोरियामा उनले कोरियन चिकित्सकहरुबाट  निशुल्क  स्वास्थ्य   शिविरको शुरुवात गर्न समेत सफल भइन्। दोहोरी कार्यक्रम, तिहारमा भाइटिका कार्यक्रम ,कोरियान भाषा कक्षा, भैलो कर्यक्रम, कोरियन फुड कार्यक्रम लगायत धेरै कार्यक्रमहरु कोरियमै पहिलो पटक शुरुआत  गरि चर्चमा आएकी थिईन्।

नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका तीज, नारी दिवस लगायत सयौ कार्यक्रमहरु गरि आफ्नो कार्यकाल सफल बनाएकी थिईन। उनले कोरियन सँस्थाहरुलाई पनि आफ्नो सस्थामा सहकार्य गराइ धेरै सहयोगहरु लिएको थियो। नेपालीहरुलाई विभिन्न समस्या हुदा कोरियाको लगभग धेरै कम्पनीमा समेत पुगी सकेकी छिन। उनको पहलमा वुमन फर वुमनले उदाहरणिय काम गरेको हुनाले परदेसि लाइफ डट कम भन्ने अनलाइनले स्थानिय रुपमा सर्वेक्षण गरि उनी र उनको सँथालाइ बर्ष कै उत्कृष्ट समाज सेवि ब्यक्ती र सस्थाको रुपमा सम्मानित एबम पुरस्कृत भइन। उदार मन र खुल्ला दिलकी धनी, असाध्यै  मिलनसार र कसैको पिडामा छिटै पग्लिने स्वभाबकी जुनु नेपाली समाजमा जुनु दिदि नामले चर्चित छिन्। के महिला के पुरुष सबैको लागि सकेको सहयोग गर्दै गइन्। सम्पूर्ण नेपाली संघ सस्थाको आफ्नो भरोसाको साथि बन्दै गइन्।

उनको समाज सेवा प्रतिको योगदानबाट प्रभाबित भै नेपाली दुताबासको सिफारिसमा समाजका चर्चित ब्यक्तित्वलाइ सम्मान स्वरुप प्रदान गरिने कोरियन सरकारको स्थानिय सउल महानगरपालिकाबाट मानार्थ नागरिकता समेत पाउन सफल भइन। हाल सम्म  इन्डिया ,जापान, हङकङ, चीन र अमेरिका समेत भ्रमण गरेकी जुनु गुरुङ हाल एन आर एन दक्षिण कोरियाको उपाध्यक्ष रहेकी छिन। पहिलो पल्ट २०१५ एन आर एन केन्द्रीय सम्मेलन काठमाडौमा भाग लिएकी उन्ले एन आर एन भित्र सक्षम नेतृत्व निर्माण गर्न अहम भुमिका खेलेकी थिइन। कोरियाको बसाइ भए पनि उनले नेपालमा समेत सामाजिक गतिबिधिमा आफुलाइ सामेल गराउदै आएको छन। आफू पढेको बिधालयमा सहयोग पनि गरेकि  छिन। उन्ले नेपालमा स्थानियय क्लबहरुसँग सहकार्य गर्दै आइरहेकी छन। समाज सेवालाइ आत्म सन्तुष्टिको बिषय मात्र नमानेर एक मानबिय दायित्व पनि हो भन्ने जुनु गुरुङले समाज सेवा गर्न स्वच्छ छवि र निस्वार्थ भाबना हुनु जरुरी छ भन्दै आएकी छन्।

जुनु गुरुङका समाजिक यत्रा र अनुभवहरु- लम्जुङ जिल्लाबाट आफ्नो सामाजिक सकृयता सुरु गरेकी जुनु सन २००६ मा कोरिया प्रबेश गरिन । त्यहा पुगेर उन्ले सुभेच्छा एक्स्पोर्ट इम्पोर्ट कम्पनी मार्फत नेपाली सामानहरु कोरिया प्रबेश गराउने र कोरियन सामानहरु नेपाल पठाउने ब्यबसाय सुरु गरिन । उन्ले त्यो ब्यबसाय बाट फड्को मार्दै नेपाली र कोरियन ग्राहकलाई समेत मध्यनजर गर्दै सन २००८ मा सुभेच्छा रेश्टुरेण्ट र सुभेच्छा मार्ट एक साथ सन्चालन गारिन । उनको यो ब्यबसायले प्रत्यक्ष कोरिया प्रबासमा बस्ने नेपालीहरु सङ्ग नियमित भेटघाट र सम्पर्क स्थापित भयो । त्यस किसिमको आवत जावत बाट कोरिया प्रबासमा नेपाली समुदायले झेलीरहेका दुख सुखहरुलाइ प्रस्ट सङ्ग नजिक बाट बुझ्न उन्लाइ सजिलो भयो । धेरै समस्या बिचमा रुम्ल्लिएको नेपाली समाजमा सबै भन्दा पिडित नेपाली महिलाहरु रहेको उन्ले बिस्तारै थाहा पाउदै गइन । उन्ले नेपाल देखि नै सामाजिक सेवामा दिएको योगदानलाई कोरियाका पिडित महिला दिदी बहिनिको सहयोगमा समर्पित गर्ने योजना बनाइन । फल स्वरुप उन्कै पहलमा कोरियामा पहिलो पल्ट महिलाहरु को सेवा का लागि “महिलाका लागि महिला ” ( women for women ) भन्ने सस्था को स्थापना भयो । उनी आफू त्यस सस्थाको सस्थापक उपाध्यक्ष भएर काम गरिन । उन्ले बैबाहिक भिसामा र कामको भिसामा कोरिय पुगेका नेपाली दिदी बहिनिका अनगिन्ती पीडाहरुको समाधानमा आफु निरन्तर सकृय भैरहिन । काम छोड्ने एबम बसोबासक समस्या हुने दिदी बहिनिका लागि सुरक्षित बसोबासको निम्ति एक सेल्टरको स्थापना गर्ने योजना २०१० मा नै अगाडि सारिन र सबैको साथ र सहयोगमा सेल्टरको स्थापना भयो । पिर मर्कामा परेका , बिरामी भएका र नया कामको खोजिमा रहेका दिदी बहिनिहरुलाई त्यस सेल्टर मार्फत ठूलो राहत मिल्यो । सौलको दोङदेमुनमा भएको सेल्टरलाई कोरियन र नेपाली सङ सस्थाको सहयोग जुटाउन र ब्यबस्थित बनाउन सके सम्म उन्ले पहल गरिन । फल स्वरुप उक्त सेल्टर हाल सम्म सुचारु रहेको छ । उन्को समजिक कामको लगाव एबम महिलाहरु प्रतिको मिजासिलो र सहयोगी ब्यबहारका कारण उनी समाजमा चर्चा कमाउदै गइन र उन्ले २०१२ देखि २०१४ सम्म २ बर्ष “महिलाका लागि महिला ” को अध्यक्ष बनेर आफ्नो भुमिका ससक्त रुपमा निभाइन । आफ्नो कार्यकालमा उन्ले कोरियाको उत्तरी क्षेत्र ओइजम्बु देखि दक्षिणी भागको बुसान र उल्सानमा भएका दिदी बहिनिहरु समस्यामा पर्दा उनिहरुको उद्धार र सहयोग गरिन । उन्ले आफ्नो कार्यकाल सकेर समयमै सस्थाको अधिबेशन गरि सहज रुपमा नेतृत्व हस्तान्तरण गरिन । नेतृत्वमा नरहे पनि त्यस पछिका दिनमा उनी महिला लगायत सम्पुर्ण नेपाली समुदायको सेवामा आफु समर्पित हुन थालिन । उन्को सामाजिक सेवाको दायरा झन फैलिदै गयो । उन्लाइ नेपाली समाजले एन आर एन कोरियाको उपाध्यक्ष जस्तो गरिमामय पदमा स्थापित गर्यो । एन आर एन को अन्तरास्टृय रणनीति र कोरियाको बास्तबिकता परिबेशलाई ध्यानमा राखी आफ्नो कामलाई प्रसम्सा योग्य बनाउन सफल भएकि छन । एन आर एन को नेपालमा भएको सम्मेलनमा भाग लिदा उन्ले नया नेतृत्व स्थापना गर्न महत्वपुर्ण पहल गरेकी थिइन र उनी अन्तरास्ट्रिय रुपमा परिचित बन्न सफल भएको छर्लङ्ग हुन्छ । उनी कोरियामा जनजाती महासङ , तमुधी कोरिया , लम्जुङ सामाज, साहित्य समाज मा सल्लहाकारको रुपमा र सिर्जन्सिल एकता समाजको समरक्षकको रुपमा कृयासिल रहेकी छन । समाज सेवामा रहे पनि आफ्नो ब्यबसायलाई पनि सङसङ्गै अगाडि बढाएकी जुनु आफ्नो रेस्टुरेण्ट मा स्वादिश्ट नेपाली र इन्डियन खानेकुरा पाइने बताउछिन ।उन्को पसल ( मार्ट ) मा भने नेपाली खाद्य पदार्थ लगयत नेपाली र कोरियन लत्ता कपडाहरु , सिरक , ब्ल्यान्केट, प्रेसर कुकर, राइस कुकर लगातका सामानहरु खरिद गर्न पाइन्छ । उनी आफ्नो फुर्सदको समयमा नेपाल जाने- आउने गरिरहन्छिन । पछिल्लो समय अर्थात २०१६ को नोभेम्बर डिसेम्बरमा उन्ले गरेको नेपाल भ्रमण अत्यन्तै सफल र हाल सम्मको महत्वपुर्ण रहेको बताउछिन । यो पटकको उन्को नेपाल जानुको कारण पनि समाज सेवाको रुचि नै प्रमुख थियो । उन्ले नेपाल बसाइको क्रममा आफ्नो गृह जिल्ला लम्जुङको बाग्लुङ पानि गाबीस को जनज्योती मा बि लाई कम्पुटर र प्रीण्ट मेसिन सहयोग गरेकी थिइन । त्यसै गरि पसुपती बृद्दा आश्रममा गै जाडोमा लगाउने न्यानो लुगाहरु बाडेकी थिइन । ललित पुर समाज , सम्पुर्ण समाज ,तमु समाज , अटिजम बालबालिका , सिर्जनसिल समाज लगायतलाई पनि आफ्नो तर्फ बाट सक्दो सहयोग गरेकी थिइन । उन्ले नेपाल बसाइको क्रममा सामजिक क्षेत्रका मानिस लगायत सरकारी र राजनितिक क्षेत्रका उच्च तहका ब्यक्तीहरुलाइ समेत भेटी कोरियाको नेपालीहरुको बसाइ र भोगाइहरु सम्बन्धी ध्यानाकर्षण गराएकी थिइन । यसरी भेटघाट हुनेहरुमा सभामुख ओन्सरी घर्ती , श्रम मन्त्री सुर्यमान गुरुङ , कोरियाका लागि पुर्ब राजदुत कमान सिङ लामा , पुर्ब श्रम काउन्सिलर अनिल गुरुङ , इपिएस साखा प्रमुख बाबुराम खतिवडा , प्रेस काउन्सिल र पत्रकार महासङका पदाधिकारीहरु र थुप्रै महिला सामाजिक अभियन्ता, महिला अधिकारकर्मी र सन्चार कर्मीहरु र उध्योग तथा पर्यटन ब्यबसायीहरु थिए । जुनुले अब नेपाल हरेक क्षेत्रमा धेरै सम्भाबनाका साथ अघि बढेको छ भन्दै देश बिकास र सामाजिक क्षेत्रमा आफू अझ बढी आत्मबिस्वासका साथ कटिबद्ध भएर अगडी बढ्ने बताएकी छन ।

साभार : हेल्लो नेपालकोरिया डट्कम