Latest News

एन सी सी कोरियाको अध्यक्षको दाबेदारमा जीत गुरुङ

दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति कोरिया (एन सी सी) नयाँ नेतृत्वको लागि जीत गुरुङ दाबेदारको रुपमा देखिएका छन् । एनसीसी कोरियाले जुलाई ३० मा हुन लागेको १६ औं अधिवेशनवाट नयाँ नेतृत्वमा गुरुङ आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । गुरुङ दक्षिण कोरियामा नेपालीहरुको लागि लोकप्रिय तथा चर्चित व्यक्ति हुन् । एन सी सीले आफ्नो स्थापना कालदेखि कोरियामा रहेका नेपाली हरुलाई एकत्रित गर्दै बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

पछिल्लो समयमा भने अपेक्षाकृत रुपाले संघ संस्था बीच राम्रो समझदारी कायम गर्न नसकेको भन्ने गुनासोहरु आउने गरेका छन् । त्यहि गुनासोको अन्त्य र पारदर्शिता बनाउन गुरुङले नेतृत्व लिन लागेका हुन् ।

को हुन् गुरुङ ?
लमजुगं घन पोखरा घर भएका जीत गुरुङ सन् २००० को सुरुतिर कोरिया प्रवेश गरेका थिए । नेपालमा बसेर पनि गाँउ घरको लागि सामाजिक काम गरेर चर्चा कमाएका उनले कोरिया पसेसँगै नेपालीहरुको हकहितमा काम गरेका थिए । उनि सन् २००६ मा लमजुङ दक्षिण कोरियाको सचिव भएर काम गरेका थिए । सन २०१३-१५ मा जनजाती महासंघ दः कोरियको सदस्य तथा तमु धिंको सचिब पदमा समेत रहुनु भएको थियो ।खेलकूद बिकासमा अग्रसर व्यक्तित्वका धनी गुरुंग सन् २०११ मा लमजुगं फुटबल क्लब स्थापना भएता पनी २०१३ मा उक्त क्लबको ब्यवस्थापन सहयोगी भई सफलताको सिखरमा पुराउन महत्वपूर्ण भूमिका खेलका थिए । हाल उहाँ फूटबल महासंघ द कोरियाको हल सल्लाहकार पनी हुनु हुन्छ ।साथै यो सिजनको भलीबल खेलकूद आयोजनाको लागी हल ब्यवस्थापन गरी भलीबल महासंघ लाई प्रत्यक्ष रूपमा सहयोग गरी रहेका छन ।

सन् २०१५ निर्वाचित भएर देखि हालसम्म नेपाली सम्पर्क समितिको उपाध्यक्ष पदमा रहि आएका गुरुङले अब भने अध्यक्षको रुपमा नै एन सी सीलाई झनै राम्रो बनाउने उद्देश्यको साथ अगाडि बढेका छन् ।

गुरुङ उम्मेद्धारी किन ?
संस्थाको आमुल परिवर्तनको लागि जीत गुरुङ अध्यक्षको रुपमा अघि बढेका हुन् । उनको उद्देश्य भनेको एन सी सी लाई सबैको साझा संस्था र छाता संस्था बनाउन सबै संघ संस्था र नेपाली समुदायलाई यसमा सहभागि गराउने रहेको छ ।

एन सि सि नेपाली मजदुरहरुको साझा संस्थाको रुपमा सन १९९३ ताका विकास भएको हो । केही कमिजोरीको वावजुत कोरियामा रहेका ७० भन्दा बढि संघ संस्थाको छाता संगठनको रुपमा रहेको एन सि सि लाई उचाईमा पुर्याउनु सम्पूर्ण कोरियाबासी नेपालीहरूको उच्च योगदान रहेको छ ।

पछिल्लो समय कोरियामा आत्महत्या, सुतेको ठाउमा मृत्यु हुने जस्ता समस्याहरु बढिरहेका छन । कम्पनीमा काम गर्दा मज़दूरहरूले विभिन्न प्रकारका समस्या पनि भोग्दै आउनु परेको छ यो बिकराल समस्याको थोरै भए पनी समाधान गर्न एनसीसीमा उनको नेतृत्व आवश्यक रहेको छ ।

साभार : फ़ोनिज कोरिया डट्नेट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*