Latest News

एभरेष्ट नेपाल युथ एशोसियशनद्धारा पोखरा वृद्धाश्रमलाई आर्थिक सहयोग

रोशनी गुरुङ÷पोखरा ८ चैत्र,
प्रवासी भूमि कतारमा स्थापना भई विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेको नेपाली युवाहरुको संस्था एभरेष्ट नेपाल युथ एशोसियशन, दोहा कतारले आज पोखरा वृद्धाश्रमलाई नगद ७० हजार आर्थिक सहयोग गरेको छ ।
एशोसियशनका अध्यक्ष उत्तम गुरुङ, युवा संयोजक सगुन राना तथा मिडिया एडभाइजर रवि रोषीले संयुक्त रुपमा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुली तथा उपाध्यक्ष टिकाबहादुर भण्डारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गर्नुहुँदै एशोसियशनका अध्यक्ष तथा रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि उत्तम गुरुङले एशोसियशनको प्रमथ वार्षिक उत्सवको अवसरमा आपूmहरुले पोखरा वृद्धाश्रमका असाहय वृद्धवृद्धाहरुलाई सहयोग गरेको बताउनुभयो । यसअघि एशोसियशनको तर्फबाट धुर्मुस सुन्तली फान्डेशन तथा चितवनका चेपाङ बालबालिकाहरुलाई आर्थिक सहयोग गरिसकेको एशोसियशनका मिडिया एडभाइजर रवि रोषीले जानकारी दिनुभयो ।
सहयोग रकम ग्रहण गर्नुहुँदै वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीले सहयोग गर्नका लागि मनमा सहयोगी भावना जाग्नु नै ठूलो कुरा भएको भन्दै आगामी दिनमा पनि वृद्धाश्रमलाई यस्तै सहयोगको आपेक्ष आपूmले गरेको बताउनुभयो । साथै उहाँले उपस्थित सहयोगदाताहरुलाई वृद्धाश्रमको स्थापनाकालदेखि हालसम्मका गतिविधिहरु पनि जानकारी गराउनुभएको थियो ।
पोखरा वृद्धाश्रममा अहिले असाहय वेवारिसे अवस्थाका १७ जिल्लाका ५२ जना वृद्धवृद्धाहरुले आश्रय लिईरहेको छन भने सेवकसेविका तथा कर्मचारी गरी ७० जनाले वृद्धाश्रममा आश्रय लिइरहेको अध्यक्ष वसन्तकेशव पराजुलीले जानकारी दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*