Latest News

कंग्युर पाठ तथा पुजामा भक्तजनको घुइचो

हुम तमु
पोखरा, ४ पुस

पोखरा १० बुद्ध शान्ति मार्गस्थित टासिछ्योएलिङ गुम्बा (गोपाल गुम्बा)मा च्ह्या ल्होछारको अवसरमा आयोजना गरेको कंग्युर पाठ तथा पुजामा सोमवार भक्तजनहरुको घुइचो लागेको छ ।

विश्वशान्तिको कामनाका साथ प्राणी जगतको सुखशान्तिका लागि एक दशक अघिदेखि हरेक वर्ष पुस १ गतेदेखि १० गतेसम्म आयोजना गरिदै आएको कंग्युर पुजाको चौथो दिन करिब २ हजार भक्तजनको सहभागतिा रहेको बैज मेश्रो घान्द्रुक तमु समाजका उपाध्यक्ष हितकाजी तमुले जानकारी दिनुभयो । उहाँका अनुसार पुजामा कास्की, स्याङजा, तनहु, लमजुङ, पर्वत, लमजुङ, गोर्खा, चितवन, काठमाडौं, रुपन्देही, मकवानपुर लगायतका जिल्लाहरुबाट भक्तजनको सहभागीता रहेको थियो ।

बांदर बर्ग(प्र ल्हो)को बिदाइ र चरा बर्ग(च्ह्य ल्हो)को आगमनलाई स्वागत गर्दै विश्वमा घटिरहेको हत्या हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस वर्तमान राजनैतिक असहज परिस्थिती अन्त्य भइ दिगो शान्ति स्थापना होस भन्ने कामनाका साथै प्रत्येक वर्ष जस्तै यो वर्ष पनि कङ्गयूर पाठलाई निरन्तरता दिदै आएको गुम्बाका प्रमुख लामा गोपाल गुरुङ आम्चीले जानकारी दिनुभयो । पुस १० गते सम्पन्न हुने कंग्यु पाठ तथा पुजामा ७५ जना लामाहरु पुजा पाठ गरिरहेको उहाले बताउनुभयो ।

यस पटकको कङ्गयूर पाठ बाचनका लागी टाँसी छ्योलिङ्ग गुम्बाको मुल आयोजना रहेको छभने ब्रत आमा समुह टांसी छ्योलिङ्ग गुम्बाको सह सहयोग र घान्दु्रक ब्रेज मश्रो तमु समाज आठ भाइ बाह्र घर प्ल्हनेरो भाइखलकको सहयोग रहेको छ ।
उक्त गुम्बाले बौद्ध शिक्षा पठन पाठन र लामा उत्पादनका लागि दुई वर्ष अघिदेखि बौद्ध शिक्षालय सञ्चालन गर्दै आईरहेको छ । उक्त शिक्षालयमा चालिस वढीले विद्यार्थीहरुले बौद्ध शिक्षा अध्ययन गरिरहेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*