Latest News

कतारमा खेलाडी भेटघाट तथा परिचयात्मक कार्यक्रमा सम्पन्न

७ असोज, कतार
तमू (गुरूङ) समाज, कतारको संरक्षकत्वमा स्थापित महिला बिभागद्वारा २३ सेप्टेमबर शुक्रबारको दिन नज्मा स्थित सुन्दरबन रेष्टुरेन्टको सभाहलमा “खेलाडी भेटघाट तथा परिचयात्मक कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ । बिभागकी संयोजक टौमाया तमूस्योको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा समाजका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, संरक्षक सदस्य रामबहादुर गुरुङ निर्देशक सल्लहाकार कृष्ण गुरुङ, अध्यक्ष खेम गुरुङ, प्रथम उपाध्यक्षा रस गुरुङ, दितिय उपाध्यक्ष भाइकाजी गुरुङ, तृत्तीय उपाध्यक्ष हरिकाजी गुरुङ, साखा समिति प्रमुखहरुमा क्रमशः: मदन गुरुङ, सुर्य गुरुङ, केसिरसिंह गुरुङ, पूर्ण गुरुङ, भाबिराज गुरुङ, लगायत तमू दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो सहभागिता रहेको थियो ।

समाजका महासचिब खुसी गुरुङले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख संरक्षक बिलबहादुर गुरुङ, निर्देशक सल्लहाकार कृष्ण गुरुङ, अध्यक्ष खेम गुरुङ, महिला बिभाग संयोजक टौमाया तमुस्योले क्रमशः तमू समाजको लोगो अंकित खादा लगाएर सम्पूर्ण खेलाडी दाजुभाईहरुलाई सम्मान गर्नु भएको थियो । साथै कामको शिलसिलामा कतारमा आउनु भएको तमू समाज बहराईनका सदस्य किसोर घलेलाई समाजको लोगो अंकित खादा लगायर स्वागत गरियो ।
तमू (गुरुङ) समाजको सुभचिन्तक कृष्ण उप्रेती ज्यु कतार बसाईलाई बिट मारी स्वदेश फर्की छिटटै अस्ट्रेलिया जाने जानकारी पाए पछि तुरुन्तै समाजले वहालाई सम्मान गर्दै सुभायात्रको कामना सहित आउने दिनहरुमा अझ उन्नति प्रगति हुदै जवोश भनि सुभकामना ब्यक्त गरिएको थियो । समाजको सकृय सदस्यरकलाकार पुष्पा गुरुङ, सुभचिन्तक सरिता चौधरी पनि छुटिमा स्वदेश फिर्ती हुने भएकोले सुभायात्रको कामना गर्दै खादा लगाईएको थियो ।

बिभिन्न समयमा समाजले आयोजना गरेको कार्यक्रमहरु सफल बनाउन आआफनो क्षेत्रबाट सहयोग गर्नु हुने कतारको समाजमा स्थापित ब्यक्तित्वहरुलाई समेत आमन्त्रण गरेका थियौ । कार्य ब्यस्तताका कारण बिनोद भट्टराई र टिएन बराज ज्यू उपस्थित भएर मात्रै र्फकनु भयो भने क्रान्ति सिंह, बिमल सुबेदी, अजिज अलि, कृष्ण उप्रेती, गणेश बञ्जाडे, उत्तम गुरुङ लगायत अतिथिहरुले कार्यक्रमको पुर्ण अवधि भरि हामीलाई साथ दिनु भएको थियो । हाम्रो समाजको सहयोगी महानुभावहरु प्रति सदैव आभारी रहन्छौं ।
कार्यक्रमलाइ सब्य र भब्यताका साथ सम्पन गर्न आफ्नो कला प्रस्तुति देखाउनु हुने खेलाडी दाजु भाई तथा कलाकार बैनीहरु, हलमा उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौ । अन्त्यमा महिला बिभाग संयोजक टौमाया तमुस्यो लगायत चेलीबेटीहरुले बनाएर ल्याउनु भएको मीठो परिकार (रोटि, तरकारी, अचार) को स्वाद लिदै रमाईलो कार्यक्रम सम्पन्न गरिएको थियो ।

साभार : तमु समाज कतार फेसबुक पेज

qatarqatar-7qatar-2 qatar-9 qatar-10