Latest News

कर्मका विश्वासी सुर्जे (रामचन्द्र)

एकेन्द्र गुरुङ
सल्लाहकार तमू धी यु.के.

बाबा मणिलाल गुरुङ र आमा देवीकुमारी गुरुङका माइला छोरा हुन् सुर्जे (रामचन्द्र) गुरुङ । कास्कीको ल्वाँङ घलेलमा वि.सं. २०१९ सालमा जन्मनु भएका सुर्जे हाल तमू धीं युकेको अध्यक्ष हुनुहुन्छ । तमू धीं यु.के.च्यारिटमा दर्ता प्रवासी नेपालीहरु मार्फत् परिचित जातीय संस्था हो । बेलायतदेखि नेपालसँग परोपकारी काम गरिसकेको तमू धीं युकेले गतवर्षको विनाशकारी भूकम्पमा १ करोड ११ लाख रकम जुटाएर नेपाल पठाई सकेको अवस्था हो । यसरी तमू धीं यु.के.का अध्यक्ष हुन् भनेर चिनाउनु भन्दा पनि पहिलेदेखि नै सामाजिक संघ संस्थाहरुमा अविछिन्न सेवा पु¥याएर सामाजिक स्थान्तरण गर्न लागि पर्ने समाजिक अभियन्ता भनेर चिनिन्छ उहाँलाई । सन् १९९४ मा बेलायत प्रवेश गर्नुभएका गुरुङको तत्कालीन साथीहरुसँग मिलेर सन् २००० मा तमू धीं यु.के.को स्थापना गर्नुभयो । स्थापनाकालदेखि अविछिन्न रुपमा तमू धींमा सेवा गरी तमू भाषा संस्कृतिको संरक्षण, सम्बद्र्धन र आपतविपतमा परेकाहरुलाई सहयोग पु¥याई आउनु भएको छ । रसमुर नेपाली कम्युनिटी बेलायतमा ३ वर्ष अध्यक्षको जिम्मेवारी बहन गरेर नेपाली समुदाय र बेलायतलाई पनि उहाँले ठुलो गुण लगाउनु भएको छ ।
बेलायतमा बसाई सरेका नेपाली समुदायलाई एक आपसमा समन्वय गर्ने र समुदायमा सहभागी बनाउने कामको थालनी गर्नुभयो । सन् १९९१ बाट वैदेशिक रोजगारमा रहनु भएका सुर्जे कोरिया र जापान पनि पुगिसक्नु भएको छ । कोरिया र जापानमा रहँदा पनि सामाजिक काममा ब्यस्ता रहनुहुने रहने उहाँ सामाजिक काममा लाग्ने प्रेरण कहाँबाट कसरी पाउनुभयो भन्दा यसो भन्नुहुन्छ “मेरो बाबा मणिलाल गुरुङ तत्कालीन पञ्चायत व्यवस्थाको ल्वाङ घलेलको प्रधानपञ्च हुनुहुन्थ्यो । करिब २०÷२५ वर्ष प्रधानपञ्च भएर काम गर्नुभएका बाबु मनिलाल दिनरात जनताको र गाउँको लागि काम गर्ने बानीहरुबाट म प्रभावित भएर सामाजिक काममा लागेको हुँ ।” समाजमा समर्पित भएर काम गरे वापत अहिले ल्वाङ घलेल सेतिघट्टा वडा नं ७ मा अवस्थित उच्च माध्यमिक विद्यालय वहाँकै बाबुको नाम मणिलाल गुरुङको नाममा नामकरण गरिएको छ भने हेम्जा मिलनचोकबाट लाहाचोक, घाचोक, रिभान, धिताल हुँदै ल्वाङ घलेलसम्मको ग्रामीण मार्गलाई मणिलाल ग्रामिण मार्ग नामकरण भइसकेको अवस्था छ । यसरी समाजमा गरिने दुःखले समाजको रुपान्तरण हुने तथा समाज संवृद्धि हुनुका साथै मानिसको सोंचाइको स्तर पनि विकसित हुने भएकोले सामाजिक काममा लागेको उहाँ बताउनुहुन्छ । image
उहाँ तमू धी यु.के. जातीय संस्था भएपनि जातीय सङ्कीर्णता र त्यसको घेराबाट माथि उठेर पोखरा रंगशालामा पर्खाल लगाएको अनि भूकम्प पीडितलाई पुनर्बासको लागि १ करोड भन्दा बढी रकम गैह्र आवसीय नेपाली अन्तर्राष्ट्रिय संघ मार्फत् पठाएको बताउनु हुन्छ । अब तमू धी यु.के.ले विशुद्ध गुरुङ गाउँमा एउटा विद्यालय भवन निर्माण गर्न लागेको बताउनु हुन्छ अध्यक्ष सुर्जे । बेलायतमा गोर्खा कप त्यहाँका नेपालीहरुले सञ्चालन गर्ने सबैभन्दा ठूलो कार्यक्रम हो । जहाँ १४÷५ हजार नेपालीहरु सहभागी हुन्छन् । हङकङ र युरोपबाट पनि नेपाली फुटबल टिम सहभागी हुन्छन् । यो कार्यक्रम बेलायतबासी नेपालीहरुको एउटा महत्वपूर्ण चाडको रुपमा विकसित भइरहेको र बेलायतको स्थानीय प्रशासनले आप्mनो कार्यक्रममा मान्यता दिएको कार्यक्रम हो । नेपाली मेलामा बेलायतको सबै जातजाति जनजातिहरुको संस्कृति झल्किने ¥याली झाँकी र नृत्य प्रर्दशन गर्दै आइरहेको छ । यसले कार्यक्रमलाई अझ रोचक बनाउने गरेको छ । नेपाली राजदुतावास बेलायतले पनि नेपाली भाषा, संस्कृति संरक्षण र संबद्र्धन गर्नको लागि एम्वेष्डर कप प्रायोजन गरिएको छ । जुन तमू धीं यु.के.ले आयोजना गर्दै आइरहेको छ । नेपाली मेलामा सहभागी उत्कृष्ट समूहलाई यो पुरस्कार दिइन्छ । यसरी तमू धीं यु.के.ले आप्mनो दायरा फराकिलो पारेर काम गरिरहेको सुनाउने रामचन्द्र गरिब तथा जेहेन्दार तमू विद्यार्थीहरुलाई नेपालमा तमू साँस्कृतिक प्रतिष्ठान नेपाल मार्फत् सहयोग गरिरहेको बताउनु हुन्छ । अहिले तमू धीं यु.के.ले नेपाली समुदायमा विषेश योगदान पु¥याउने गुरुङहरुलाई सम्मान गर्ने परम्परा बसालिएको र तमू भाषा संस्कृति एवं संस्कारलाई जगेर्ना गर्ने प्रत्येक कर्म विज्ञहरुलाई राखेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आएको उहाँ बताउनु हुन्छ ।
सहारा युके, रसमुर नेपाली कम्युनिटी यु.के.मा आबद्ध उहाँ सामाजिक काम भनेपछि हुरुक्क हुनुहुन्छ । मनले आँटे समय मिलाउन सकिने बताउने रामचन्द्र निकट भविष्यमा विद्यालय भवन निर्माण गर्नका लागि लागिपर्नुभएको छ ।image

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*