Latest News

कलाका ‘त्रिवेणी’ दुर्गा गुरुङ

कला क्षेत्रका अब्बल प्रतिभा हुन्, दुर्गा गुरुङ । मुख्यतः संगीतकारको रुपमा परिचित रहे पनि उनमा राम्रो गायकी कला पनि छ । अझ उनको ‘बोल्ड’ परिचय बाँसुरी बादक । तीन खोलाको संगमलाई त्रिवेणी भनेजस्तै दुर्गामा संगीत संयोजन, गायन र बाँसुरी बादकको राम्रो ज्ञान । यी तिन्टै विषयलाई अँगाल्दैमा उनको जीवनको भरभराउँदो, जोसिलो समय लगभग कटिसक्यो । तर, सांगीतिक लगाब भने फिटिक्कै कम भएको छैन ।दुर्गा अचेल ‘आकाशै उज्यालो’, ‘भेनाले साली चिनेको’ जस्ता लोकप्रिय गीतहरु एरेन्ज गरी छायांकनको तयारीमा छन् । बहुप्रतिभाका धनी गुरुङसँग काठमाडौं महाराजगन्जमा एकबिहान भेट हुँदा एभरेष्टकर्मीले तत्कालका दिनचर्या मात्रै कोट्याइएन उनको सांगीतिक आरोह–अवरोह पनि केलाइए । २०५० सालदेखि बाँसुरी बादकको रुपमा कला क्षेत्रमा लागेका हुन् दुर्गा । तनहुँको भानु नगरपालिका पुख्र्यौली घरमा हुर्के–बढेका उनी प्रवेशिका परीक्षा दिनासाथ मामाघर कास्कीको पोखरा पुगे । एसएसलीको रिजल्ट नआउँदै उनी पोखरामा कल्चर प्रोग्राममा बाँसुरी बजाउने काम गर्थे । जब एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको खबर आयो तब उनी पोखराको पिएन क्याम्पसमा भर्ना भए । रम्न, रमाउन बानी परिसकेका दुर्गाले क्याम्पस भर्ना त भए तर पढाइलाई निरन्तरता दिन सकेनन् ।पढाइतिर भन्दा उनी पोखराको लेकसाइटतिर हुने कार्यक्रमहरुमा व्यस्त हुन थाले । ‘क्याम्पस भर्ना भए पनि पढाइतिर ध्यान गएन । बेलाबेलामा पोखराको लेकसाइडमा कल्चर प्रोग्राम हुँदारहेछन्’ उनले कुराकानीको सुरुवाती चरणमा भने, ‘पर्यटकहरुलाई मौलिक संस्कृति र बाजाहरु सारंगी, बाँसुरी, मादल बजाएर मनोरञ्जन दिलाउनतिर ध्यान गयो ।’ पछि मामाहरुको चिनजानले स्थानीय लालीगुराँस कल्चर सेन्टरका प्रोपाइटर ताराबहादुर गुरुङसँग भेट भयो । त्यहाँ उनले करिब दुई वर्ष काम पनि गरे । तर, साथीभाइले यत्तिका प्रतिभा भएका मान्छे काठमाडौं जानुपर्छ, अगाडि बढ्ने आधार नै त्यहीं हो भन्ने सल्लाह, सुझाव दिएपछि मावलीको बसाइँ टुटन् पुगे । २०५२ सालमा काठमाडौं हान्निएका उनी नारायण रायमाझीको रिमा रेकडिङ स्टुडियो बबरमहल पुगे । गाउँदेखि नै बाँसुरीे, मादल बजाउने, चुड्का (कौडा)लगायत मौलिक गीतबारे ज्ञान लिइसकेका उनीसँग रायमाझीले अन्तर्वार्ता लिएका थिए । रायमाझीको प्रश्नमा आफूले बाँसुरी, मादल, हार्मोनियम बजाउन सक्ने दुर्गा गुरुङले ढुक्कले भने । र, बजाएर देखाइदिए पनि । परीक्षणकै क्रममा दुर्गाले बाँसुरीको तिरीरी..आवाज घन्काइदिएपछि पहिलोपटक नै प्रभावित बनेका रायमाझीले आफ्नो स्टुडियोमा दुर्गा फिट हुने देखे । र, भोलिपल्टै काममा बोलाए ।पोखराबाट काठमाडौं तरेपछि लाजिम्पाट बस्न सुरु गरेका दुर्गा रिमामा काम गर्न राजी भए तर तलब, सुविधा र जागिरको विषयमा प्रस्ट हुनु नै थियो । नारायण रायमाझीले मासिक तलबमा कि ‘टेक’ व्यसिसमा भन्ने अप्सन दिए । उनले टेक व्यसिस नै रोजे । त्यतिबेला एउटा गीतको लागि अर्थात् ‘एक टेक’ बराबर ७५ रुपैयाँ पाइन्थ्यो । ५२ साल वरिपरि नै दुर्गाले बाँसुरी घन्काएबापत दिनमै २ हजारदेखि ३ हजारसम्म कमाउँथे । दुर्गाजस्ता बाँसुरी बादकको कमीले पनि त्यतिबेला पारिश्रमिक धेरै दिइन्थ्यो । सुरुको ज्यालामा बढाउँदै कालान्तरमा एक टेकको १ सय ५० सम्म पुर्‍याइएको सम्झन्छन् संगीतकार गुरुङ ।उनले उबेलाको आफ्नो आर्थिक अवस्था स्मरण गर्दै भने, ‘सायद त्यत्तिबेला म्युजिसियनमा बाइक चढ्ने मै पहिलो थिएँ ।’ प्राइभेट कम्पनीमै मालामाल भइरहेकोले उनलाई रेडियो नेपाल, राष्ट्रिय नाचघरलगायत संघ, संस्थाबाट सरकारी जागिरको लागि अफर आए तर ध्यान दिएनन् । उनले रिमामै करिब १० वर्ष बाँसुरी बादककै रुपमा काम गरे । त्यही कामले अहिलेसम्म सांगीतिक क्षेत्रका अधिकांशले बाँसुरी बादककै रुपमा चिन्ने गरेको प्रस्ट्याउँछन् उनी ।दुर्गाको युवाकालमा म्युजिक सेन्टरमा एनालग फम्र्याट थियो । त्यसकारण एउटाले बाँसुरी, अर्कोले तबला, हार्मोनियम बजाउनुपथ्र्यो । तर, समय फिर्दै गएपछि नेपालमा प्रविधि भित्रने क्रममा त्यसको प्रभाव र लाभ संगीत क्षेत्रमा पर्न गयो । डिजिटल फम्र्याट भित्रिइसकेपछि दुर्गाजस्तै प्रतिभावान् सबैलाई सजिलो भयो । एरेन्ज गर्ने, मादल, बाँसुरी भर्ने, गीत गाउने काम एक्लैले गर्न सक्ने बनाइदियो डिजिटलले । दुर्गाले सुरुमा काठमाडौं डिजिटल स्टुडियोबाट बाँसुरी, मादल र एरेन्ज गर्ने मौका पाए । त्यसपछि फिल्ममा पनि संगीत दिन पाएको उनले सुनाए । उनले संगीत गरेका गुरुङ फिल्म नै डेढ दर्जन पुगिसक्यो । गुरुङ चलचित्र ङोल्स्योबाट सुरु गरेर कासी, म्हीथेबा, ह्रोसैंम्ही, नादानासालगायत चलचित्रमा कम्पोज, संगीत संयोजन र केही चलचित्रका गीतमा स्वर पनि दिए । ‘आजी’ (सानिमा) र नेपाली भाषाको चलचित्र ‘जिउँदो लास’मा भने नायकको भूमिकासहित संगीत भरेको दुर्गाको भनाइ छ । जिउँदो लास चलचित्रको काठमाडौंमा प्रिमियर शो भइसकेको छ ।संगीतकार, रचनाकार नेपथ्यकै भूमिकामा रहन्छन् ताकि गायकगायिकाजस्तो प्रचारमा आउन पाउँदैनन् । प्रतिभा भए पनि कामको प्रकृतिले दुर्गा भित्रभित्रै व्यस्त रहे । डिजिटलको लाभका कारणले एउटै व्यक्तिले धेरै काम गर्न सक्ने भएपछि स्टुडियो पनि बगे्रल्ती खुल्न थाले । नत्र पहिले हरेक विधाका मान्छे हायर गर्दा स्टुडियो चलाउने सारो पथ्र्यो । जुन बेला लोकदोहोरीको एकदमै मार्केट थियो दुर्गा सम्झन्छन्, ‘त्यतिबेला ५ हजारभन्दा बढी गीतमा एरेन्ज गरेँ हुलाँ । बाँसुरी बजाको त कत्ति हो कत्ति ?’चलायमान व्यक्ति एकै प्रकृतिको काममा अल्झिराख्ने हुँदैनन् । नभन्दै दुर्गालाई पनि भित्री काम गर्दागर्दै दिक्दारी बढ्दै गएछ । त्यसबेला दोहोरीको मार्केट विस्तारै ओरालो लाग्नेक्रम थियो । ‘दोहोरी डाउन हुँदै गयो । ह््याङ पनि भयो । वरिष्ठ सर्जक रेशम गुरुङलगायतसँग मिलेर दोहोरी साँझ व्यवसायितर लागेँ’ उनले जीवनको फड्को स्मरण गर्दै भने, ‘गीतकार एवं अभिनेता दाइ रेशम गुरुङले दोभान दोहोरी साँझ सुरु गर्नुभयो ०५७ तिर । ०६१ तिर म पनि जोडिएँ ।’ दोहोरी साँझ रात्रीकालीन व्यवसाय भएकाले उनी ३ वर्षजति त्यतै केन्द्रित भएँ । जसकारण बाँसुरी बजाउनेदेखि संगीत भर्ने र गायनमा ब्रेक लाग्न पुग्यो ।समय बित्दै जाँदा डिजिटल प्रविधि त भित्रिए नै लोकदोहोरीको क्यासेट, सिडी बिक्री हुन कम कम हुँदै गए । यस्तो अवस्थामा कलाकारहरुको आम्दानी घट्दै जानु स्वाभाविक नै रह्यो । त्यसपछि परदेशमा रहेका नेपालीहरुले कार्यक्रम आयोजना गर्दै कलाकारहरुलाई निमन्त्रण गर्ने परिपाटी बाक्लिन थाल्यो । यही मेसोमा संगीतकार र बाँसुरी बादकको रुपमा चिनिएका दुर्गालाई पनि गीत गाउने सल्लाह विदेशबाट मिल्यो । ‘गीत गाएमा विदेश तान्छौं, बाँसुरी बजाउनेलाई ल्याउन सकिन्न’ उनले ती दिन सम्झे, ‘बेल्जियमबाट श्रीमती (नन्दशोभा गुरुङ)ले पनि त्यही सल्लाह दिएकी थिइन् ।’ त्यसपछि सुमधुर स्वरका दुर्गा विस्तारै एरेन्ज, संगीतका अलावा ०६२ तिर भोकल दिन थाले । दुर्गाले गाएको ‘रेली बसमा आउँछु यानी माया’ बोलको गीत सुपरडुपर भए । गुरुङ गीत गाए पनि आफ्नो समुदायमा मात्र सीमित हुने भयो । लोकपप सबै नेपाली जनमानसमा पुग्छ । उनले भने, ‘यानीमायाबाट दुर्गा गुरुङ गायक भनेर नेपालीले चिने ।’ बढीजसो कौडा गीत गाएका उनी चलचित्र र लोकपप पनि गाउँछन् ।संगीत संयोजनबाहेक गायकीमा हात हालिसकेपछि दुर्गालाई धमाधम विदेशबाट निम्तो आउन थाले, सांगीतिक कार्यक्रमका लागि । फलस्वरुप उनले युरोपसहित सिंगापुर मलेसिया, कतार, हङकङ घुम्ने मौका पाए । सन् २००० मा कतार, २०१२ मा युरोपमा तीन महिना घुमे भने स्वीट्जरल्यान्ड, बेल्जियम, पोल्यान्ड, जर्मनलगायत देश पुगे । ०१३ मा युरोप नै दोहो¥याए भने ०१६ मा हङकङ प्रस्थान गरेका थिए ।संगीतकार एवं गायक दुर्गाको सवालमा उनी धेरै स्वअध्ययन र गुरुबाट कम सिकाइले खारिएका व्यक्ति हुन् । ‘गुरुबिनाको चेला हुँदैन’ भन्ने धारणा आममान्छेमा रहेको भन्दै उनी प्रविधिको विकासले गुरु–चेलाको सम्बन्ध बिगारेको टिप्पणी गर्छन् । पहिले गीत बजाउने माध्यम रेडियो नेपालबाहेक थिएनन् । रेडियोमा कहिले, कतिबेला गीत बज्छ भन्ने ख्याल गरिरहन्थे दुर्गा । सम्झन्छन्, ‘नारायण गोपालका भन्दा शम्भू राईका गीतहरु बढी बज्थे रेडियो नेपालमा ।’ उनलाई बढी मात्रामा चलचित्रका गीत मन पथ्र्यो । गीत सुनेर मनोरञ्जन त लिन्थे नै सँगै उनले बाँसुरीको सुरताल फलो गरेर आफ्नो बाँसुरीबाट बजाउन कोसिस गरिहाल्थे । आफ्नै प्रयासले मजाले बाँसुरी धुन निकाल्न सिपालु गुरुङको पोखरासम्म पुग्दा बाँसुरीका गुरु थिएनन् । तैपनि कल्चर गीत टपक्क टिपेर अन्दाधुन्द बाँसुरी बजाउँथे । उनी भन्छन्, ‘सुरमा थियो कि बेसुरमा मलाई नै थाहा हुँदैन थियो ।’ उनको बुझाईमा संगीत भनेको साधना हो ।उनले औपचारिक क्लासका लागि प्रेम राना औतारीको स्वरसुधा इन्स्टिच्युट कमलादी केही महिना धाएका रहेछन् । एउटा क्लासमा २०/२५ जना विद्यार्थी हुन्थे, औतारीले सिकाउनुहुन्थ्यो । ‘बाँसुरी सिकाउँदा, सिकाउँदा डेढ महिनापछि मलाई नै जिम्मा दिएर उहाँ (औतारी) हिँडिदिनुभयो, म पर्फेक्ट भएर होला’ संगीतकार दुर्गाले टेबुलमा रहेको तातो मिल्क कफि सुरुप्प तान्दै पुराना दिन खोतले, ‘केही महिना गरेपछि सोचे म त सिक्न पो आएको, सिकाउन आएजस्तो भो । यसरी त प्रगति नहुने भो ।’ भनिन्छ, सिकाइ कहिल्यै पूरा हुँदैन । बाँसुरीलाई औपचारिक सिकाइको फम्र्याटमा ढाल्न भौतारिरहेका उनी फेरि स्पेसल्ली क्लासिकलका गुरु खोज्दै हिँडे । कताकताबाट जीवन आलेलाई भेट्ने चानस उनलाई मिल्यो । क्लासिकल बाँसुरी बादक आले त्यतिबेला पाटनमा बस्नुहुन्थ्यो रे । ‘त्यो दाइसँग गएर गु्रपिङमा होइन, स्पेसल क्लास लिन चाहन्छु भनेँ । तर, उहाँले पहिले आनाकानी गर्नुभयो, पछि बल्लबल्ल रिक्वेस्ट गर्दा सिकाउनुभयो’ दुर्गाले जीवन भोगाई सुनाए, ‘दुई/तीन महिनापछि निरन्तरता दिन सकिनँ । मैले सुरताल सबै जानिसकेको रहेछु । रागहरु साधन गर्ने भन्ने भयो ।’दुर्गालाई बाँसुरीमा सुरताल खोज्न जति मेहनत र कष्ट पर्‍यो, त्यो भन्दौ गाह्रो बाँसुरी खोज्न । कुन स्केलको, कुन कहाँ पाइन्छ भन्ने थाहा नै थिएन उनलाई । ‘मधेसीले बेच्न हिँड्ने बाँसुरी किन्दै, फाल्दै गरेर यत्ति पैसा फालँे कि’ उनले भने, ‘किन्ने ठाउँमा राम्रो, घर आएर बजाउँदा मन नपर्ने ।’ त्यत्तिमात्रै होइन, बाँसुरी धुन भर्न अडियो क्यासेट किनेर वाकमेन चलाउँदा ब्याट्री किन्दाको हैरानी पनि सुनाए ।दुई दशकको सांगीतिक कर्ममा कहिले तीता, कहिले मीठा अनुभव संगालेका छन् संगीतकार दुर्गाले । स्टुडियोमा रेकर्ड गर्नु र काम गर्नेभन्दा प्रत्यक्ष (लाइभ) कार्यक्रममा प्रस्तुति दिन निकै अप्ठेरो हुन्छ । आफूले बाँसुरी बजाउने भए पनि अरुको पर्फमेन्स थाहा हुन्थ्यो, कसले टाइमिङ बिगार्‍यो, कसले सपार्‍यो । उनले तीतो यथार्थ भोगाई ओकले, ‘मैले घमण्ड गरेको होइन कि टाइमिङको सीक्वेन्स नमिल्दा चाहिँ दर्शकको अगाडि गिल्टी फिल हुन्थ्यो ।’ अझ स्पष्ट गराउँदै उनले भने, ‘साथीभाइले रमाइलो त गरेका छन् तर आफू कहाँनिर छु भन्ने थाहा हुन्थेन । सबै नराम्रो त भन्न मिल्दैन ।’ उनका समकालीनले त्यतिबेला सोल्टी, याक एन्ड यति, तारागाउँमा रहेका हयात होटलमा निरन्तर जस्तै लाइभ कार्यक्रम गरेका थिए । टिमले गरेको गल्तीले असहज मात्रै हुन्थेन दुर्गालाई अविष्मरणीय पीडा समेत बनेको छ । उनी भन्छन्, ‘कार्यक्रमको पीडा भनेको सुरताल कम्बिनेसन नमिल्ने, त्यो पनि लाइभमा । नगरौं कसैले पनि नगर्ने, गरौं सबै पर्फेक्ट नहुने । त्यो पीडा त बिर्सनै नसक्ने हुन्थ्यो ।’ कार्यक्रमको समयमा मन मिल्ने साथीभन्दा पनि कामको सिक्वेन्स मिल्ने साथीको जरुरत पर्ने उनको बुझाइ छ । त्यसो भएमा अडियन्सलाई भन्दा काम गर्नेलाई नै आनन्द हुने गर्छ ।हरेक मान्छेले कुनै पनि क्षेत्रमा रातारात प्रगति गर्ने सोच बनाएका हुन्छन् । तर, सोचे जसरी अघि बढ्ने वातावरण नमिलेको गुनासो प्रशस्तै सुनिन्छ । संगीतकार दुर्गा भने आफूले संगीत क्षेत्रमा एकदमै छिटोछिटो स्टेप चालेको दाबी गर्छन् । आफ्नो प्रगतिमा ईष्या गर्ने पनि भेटिएका छैनन् उनले । ‘म कसैलाई प्याच्च भन्दिनँ । ग्रुपमा सहकार्य गरेर अघि बढ्दै आएको छु’ । गर्विलो पारामा भने, ‘अहिलेसम्म दूश्मन कमाइएको छैन, मसँग संगत गर्नेले दुर्गा यस्तो, उस्तो भनेर खोट लाको पनि पाछैन ।’ नेपालीमा प्रशिद्ध भनाइ छ, ‘आफू भलो त जगतै भलो’ कलाकार दुर्गालाई वेल्जियममा रहेकी संगिनीले जति मद्दत गरिरहेकी छिन् त्यस्तै परिवारमा आमाबुवा, दाजुभाइ, दिदीबहिनीको सपोर्ट मिलिरहेको छ । बुवा इन्डियन आर्मी भएकाले उनी भारतमा जन्मेका हुन् । सानोमा तनहुँको कालिका माविमा पढ्दा उनी अध्ययनशील विद्यार्थीमा गनिन्थे । विद्यालय शिक्षाको तुलना गर्दै परिवारले पनि यसले पछि पढाइबाट केही गर्ला भन्ने अपेक्षा राखेको भए पनि त्यसो हुन नसकेकोमा उनलाई असहज फिल हुन्छ कहिलेकाहीं । तर, संगीतमा लागेर उनलाई पश्चताप भने कत्ति पनि छैन । ‘अलि धेरै पढेको भए सरकारी जागिर खाइन्थ्यो होला, त्यसरी कसैले चिन्दैनथे । मेरो इन्ट्रेस्ट नै संगीतमा भएकोले यतै लागेँ । सन्तोषै मानिरहेको छु ।’ अझ सम्हालिँदै दुर्गा भन्दै थिए, दामले कसैलाई नि पुग्दैन । दामले पुग्यो भन्ने मान्छे पनि भेटिएको छैन । कमाएको मान्छेले बरु दान दिन्छन्, पुग्यो भन्दैनन् । उनलाई खर्च चलाउन खासै अप्ठेरो परेको छैन रे, सन्तुष्टि मानिरहन्छन् ।मंगोलिन अनुहारमा मगर, गुरुङ, राई, लिम्बूलगायत समुदायमा लाहुरे बन्ने टे«न छ । दुर्गाले पनि युवावस्थामा केही समय शारीरिक व्यायम गरे पनि । तर, लहलहैमा लाहुरे बन्ने त भनियो, उचाई कति चाहिन्छ भन्ने ख्याल नहुँदा उनलाई अप्ठेरो आइलाग्यो । तुलनात्मक रुपमा कद कम होला कि भनेर उनी भर्तीको प्रक्रियामा भने पसेनन् । अहिलेसम्म संगीत नै भनेर लागिरहेका गुरुङ पढाईलाई निरन्तरता दिन पाएको भए हुन्थ्यो भन्ने महसुस चाहिँ गर्छन् अचेल । कारण आफूभन्दा जुनियर रुपमा संगीतमै काम गरेका राजेश थापा राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)का महाप्रबन्धक बनेकाले । ‘हामी समकालीन साथी हौं, राजेशजी नाचेर, गाएर हिँड्ने । उनले एमालेतिर लाग्नु भो र पढाइ सँगसँगै लगेछन्’ उनले फेहरिस्त बताए, ‘उनी पहिले मेरो अन्डरमा काम गर्थे, किबोर्ड बजाउँथे, फोटो खिच्थे ।’ राजेश थापा महाप्रबन्धक बन्दा दुर्गालाई लाग्ने गर्छ, सर्टिफिकेट बनाए भने एउटा न एउटा ठाउँ पाइदोरहेछ ।सांगीतिक अभियानमा अहोरात्र लागिराखेका गुरुङ अधिकारवाला संघ, संस्थामा पनि आवद्ध छन् । उनका अनुसार गुरुङ कलाकार संघमा केन्द्रीय सदस्य, गुरुङ फिल्म एशोसिएसन (जिफान) पोखरामा संलग्नता छ । कुनै बेला वरिष्ठ संगीतकार सुरेश अधिकारीसँग मिलेर राष्ट्रिय कला मन्दिर पनि खोलिएको थियो, जुन अहिले निस्कृय अवस्थामा छ ।लाहुरे परिवारमा माइलो भएर जन्मेका दुर्गाको प्रेम विवाह हो । ५० सालमा पोखरा मामाघर पुगेका उनले लालीगुराँस कल्चर सेन्टरमा स्याङ्जाली नन्दशोभा गुरुङलाई भेटेका थिए ।

साभार ; एभरेस्ट टाईमस