Latest News

कास्कीको घ्याम्राङमा सैदादेवी मन्दिर,धर्मशाला तथा स्नान पोखरीको उद्घाटन र घ्याम्राङ गाउँ झिलिमिली

तमुमै ता डटकम, पुनम गुरुङ, माघ ८
कास्कीको नामर्जुङ गा बी स वडा न ८ र ९ घ्याम्रङ गाउँको लेक स्थित प्राकृतिक सुन्दरतामा अबस्थित “नब निर्मित भुमी” श्री सैदादेवी मन्दिर धर्मशाला तथा सैदादेवी स्नान पोखरीको समुद्घाटन शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
घ्याम्राङ गाउँमा निर्मित प्रतीक्षालय कार्यक्रमको प्रमुख अतिथी घ्याम्राङ गाउँकै निवासी समाजसेवी चिनिमाया गुरुङ्ले श्री सत्यदेवी आमा समुह र श्री सैदादेवी सरक्षण तथा ब्यबस्थापन समितिबाट ३ लाख् १६२ रुपैयाँ लागतमा निर्मित प्रतिक्षालयको रिबन काटेर उद्घाटन गरेको थीयो भने, बिधुतको केन्द्रिय प्रसारण लाईनको वीशेष अतिथी नेपाली काग्रस कास्की क्षत्र न १ का सभापति बिर्जमान तमुले स्विच अन गरेर उदघाटन गर्नुभएको थियो । घ्याम्राङ गाउँमा  बिधुतका लागि बीशेस पहल गर्नुभएका बिर्जमान तमुले मन्तब्य ब्यक्त गर्दै गाउँका बिकासका लागि गाउँबासी स्वम आफु सक्षम बनी अघी बढनुपनै र अबको दिनहरुमा नामर्जुङ गा बी स मा आफुले सकेको पहल गर्ने बताउनुभको छ ।

युवा प्रतिनिधी श्री सम्रक्षण युवा क्लबका बर्तमान सचिब सन्तोष तमुले मन्तब्य राख्दै सैदादेवी मन्दिर जानको लागि ४ घण्टा पैदल यात्र गर्नुपर्ने, मान्यजनहरुबाट देवीको शक्तीको बारेमा सुन्दा खासै विश्वास नभएको र स्वयम स्नान पोखरीमा पुगेर पानीमा मुख जुठो गरी खादा अचानक हावापानी भएको हुँदा सैदादेवीको शक्ती साच्चीकै अपरमपार रहेको बताउदै मन्दिर सरक्षण र सम्ब्रदनका लागि हामी गाउँका युवाहरुले महतोपूर्ण भूमिका खेल्ने चौ भन्ने विश्वास दिनुभको छ ।

युवा समाजसेवी कुमङ्सिङ तमुले बाटोका लागि हामी गाउँलेहरु आँफै अग्रसर हुनुपर्नी गाउँबासीलाई आग्रह गर्नुभएको थियो । सैदादेवी ब्यबस्थापनका कोषअध्यक्ष बिषन तमुले नबनिर्मित मन्दिर,धर्मशाला स्नान पोखरी र प्रतिक्षालयका लागि १२ लाख १४ हजार ७९७ रुपैया आम्दानी भएकोमा १ लाख  ४५ हजार ६८७ खर्च भई २ लाख 69 हजार १४० रुपैया बचत रहेको आय वय प्रतीबेदन प्रस्तुत गर्नुभएको थियो ।

वडा न ८ का बर्तमान अध्यक्ष आश ब तमुले कबिता सुनाएर घरएलु शब्दमा आफ्ना मिठा शब्द ब्यक्त गनुभको थियो । सैदादेवी मन्दिरको लागि सहयोग गर्नी चन्ददाता लगायत  प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगीहरुलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
उपस्थित पाहुना पत्रकार लगायत गाउँमा पहीलो पटक बस गूडाएर यातायातमा सुबिधा दिने ब्यक्तिवहरुलाई मायाको चिनो प्रदान गरेको थियो । बिशेष अतीथीलाई भाङ्रग्रा लगायत मायाको चिनोबाट सम्मान गरेको थियो ।
चन्ददाता तथा युवा क्लबका मेरुद्न्ड राम तमुले आफ्नो गाउँठाउको लागि सक्दो सहयोग गरी गाउँको लागि डकुमेन्ड तथा म्युजिक भीडीयो बनाउने योजना रहेको प्रतिबद्द्ता जाहेर गर्नुभको छ ।

कार्यक्रममा सैदादेवी सम्बन्धित रचित गीत गाउँका आमा र बाबा टोलीबाट गाउँनुभको थियो । घ्याम्राङ गाउँमा गुरुङ्हरुको लोपोन्मुख हुन लागेको घाटुको केही झलकहरुका साथसाथै सस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
अझैपनी यस गाउँमा छयाडु नाच जिबिकै रहेको पाईन्छ ।

कार्यक्रमको संचालक सम्रक्षण युवा क्लबका सचिब सन्तोष तमु र पूर्व अद्द्यक्ष देवन तमुले गर्नुभको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*