Latest News

कास्कीको नौचु न्हेजमा पैगीलामा पारीवारद्वरा छ्योर्ते उद्घाटन

तमुमै ता डट्कम
पुनम तमु फागुन २०

कास्की जिल्ला नामाजुङ्गः गा. वि. स वडा नं ५ मा पर्ने ताङ्तिङ् गाउँको नौचु न्हेज छयोतै प्राण प्रतिष्ठान पूजा तथा अनावरण तथा अभिननंदन कार्यक्रम शुक्रबार एक कार्यक्रम बिच भब्य रुपमा सम्पन्न  भएको छ ।

कार्यक्रममा भु.पू माननीय राष्ट्रिय पंचायत सदस्य श्री नन्दजंग तमु, भू.पु माननीय राष्ट्रिय सभाका सदस्य संसद मेजर दीपक बहादुर तमु र ९६ बर्सिय बयोबृद्ध समाजसेवी जमदार पदम् बहादुर तमु तिनैजना कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।

छयोतै(देउराली)को पैगीलामा परिवारका जेष्ठ सदस्य कास्की आटीघर निवासी ९६ वषिय जमदार पदम् बहादुर तथा नामाजुङ्गः गा.वि. स ५ ताङ्तिङ् पंडित टोल निवासी भू.पू माननियद्धय नन्दजंग तमु र मेजर दीपक बहादुर तमुले संयुक्त रुपमा रिबन काटेर तथा ब्यानर अनवरण गरेर उदघाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्नुहुदै प्रमुख अतिथि भू.पू माननीय नन्दजंग तमुले पैगीलामा परिवारले आफ्नो पुर्ख्यौली न्हेजको संरक्षणको लागि गरेको कामबाट प्रभावीत भएको भन्दै यस कार्यक्रमले यत्रतत्र छरिएर रहेको ब्यक्तित्वहरुमा हौसलापूर्वक भेट भएको हुदा अबको दिनमा सहयोग सदभाव र मित्रता सबैमा हुनुपनै बताउनुभएको छ ।

यस्तै अर्का प्रमुख अतिथि भु.पू सांसद मेजर दीपक बहादुर तमुले पैगी लामाहरुको ऐतिहासिक दिन बनेको र यसले सबैमा खुशी ल्याएको हुदा संसारको कुनै ठाउँमा पुगेतापनि “बाज्ये पैगु नौचु फिजुको” आशिर्बाद लीन बंचित नहुने बताउनुभएको छ ।

यस्तै अर्का प्रमुख अतिथि बयोबृद्ध जमदार पदम् बहादुर तमुले पैगी लामाको कार्यक्रममा पैगी लामा परिवारमात्र नभई धेरैको सहभागीताले कार्यक्रम भब्य भएको भन्दै सबैमा अझ राम्रो प्रगतिहोस भन्ने आशिर्बाद ब्यक्त गर्नुभयो र  वहालाई गुरुङ जातिको पोशाक बक्खु ओडाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा बौद्ध अघौ सदनका प्रमुख लामा गुरु थुप्तेन  यस्से शीरलामा तमु लगायत अन्य लामाहरुबाट प्राण प्रतिष्ठान पूजा गरिएको थियो ।


समुंद्री सतहबाट २२ सय मिटरको उचाइमा रहेको नौचु डॉडामा “नौचु फिज्यु” को नाउँमा बर्सेनी पूजा गर्दै आइरहेको र हाम्रो पुख्यौली नौचुमा नै बसेको हुदा यहाबाट तान्चोक,काठमांडू,अर्मला लगायतका ठाउँहरुमा छरीएर गएको हुनाले नौचु पैंगीलामा बाउबाजेहरुको आफनो पितृका स्मृतिमा नौजु नेज देउराली छयोतै (देउराली)  बनाउनको लागि साढ़े ९ लाख रकम सहयोग प्राप्त भएको  छयोतै (देउराली) बनाउनको लागी ८ लाख ५० हजारको लागतमा निर्माण  भइसकेको र अझपनी यो कामलाई निरंतरता दियो भने अब आउने नया पुस्ताले  बुझ्न सक्छ भन्ने उदेश्यले यो काम गरेको छयोतै निर्माण समितिका अध्यक्ष प्रेमप्रसाद तमुले जानकारी दिनुभयो ।


नेपालको दुर्गम गाउँ र पिछडीएको समुदायमा जन्मेर हुर्केर पनि वि. स .२०५८  साल अषाढ़ १३ गते समपन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सांसद पदमा निर्वाचित हुंन सफल भई राष्ट्रको  नीति निर्माण गनै विधायक जस्तो गरीमामय पद र ओहोंदामा पुगेर देश र जनताको सेवा गरी परिवारको शिर उच्च बनाएकोले “नौचु पैगीलम” परिवार केन्द्रीय समितिको तर्फबाट  सु-स्वास्थ्य दीर्घायु एवं उतरोतर उन्नती सहित मेजर दीपक बहादुर तमुलाई दोसल्ला,फेटा,खाता, र ताम्र – पत्रद्वारा  अभीनंन्दन गरिएको थियो ।


त्यसैगरी नेपालको दुर्गम गाउँ र पिछडीएको समुदायमा जन्मेर हुर्केर पनि २०२१ साल मंसिर २१ गते समपन्न भएको निर्वाचनमा राष्ट्रिय पञ्चायतको सदस्य पदमा निर्वाचन हुंन सफल भई राष्ट्रको  नीति नियम गर्ने र विधायक जस्तो गरीमामय पद र ओहोंदामा पुगेर देश र जनताको सेवा गरी परिवारको शिर उच्च बनाएकोले “नौचु पैगीलम” परिवार केन्द्रीय समितिको तर्फबाट  सु-स्वास्थ्य दीर्घायु एवं उतरोतर  उन्नती कामना सहित भु.पू माननीय नन्दजंग तमुलाई दोसल्ला,फेटा,खाता,र ताम्र-पत्रद्वारा अभीनंन्दन गरिएको थियो ।

कार्यक्रममा  रिभानचौर,बिजयपुर,स्याङ्जा,आटीघर,सार्दीखोला ,पर्वत,धम्पुस लगायत अन्य स्थानहरुबाट ६ सय पैगीलामाहरुको हाराहारीका  साथ् पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

छयोतै (देउराली) निर्माण समितिका  उपाध्यक्ष  वेद्  बहादुर  तमु (श्याम) ले स्वागत मन्तब्य भएको कार्यक्रम निर्माण समितिका सचिव तथा हिमालय मा.वि.ताङतिङका प्रधानध्यापक प्रकाश तमु र् नौचु पैगी लम परिवारका केन्द्रिय समितिका सचिब श्री देवीराज तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो  ।

भने,नेपाल पैगीलामा परिवार केन्द्रिय अध्क्षय मेजर बालसिंह गुरुङको अध्यक्षतामा कार्यक्रम भब्य रुपमा समपन्न भएको थियो ।