Latest News

काहुखोला सिक्लेस सडकलाई ५० लाख स्वीकृत,

कास्कीको सबैभन्दा लामो सडक ( करिब ४० किमि ) को स्तरोन्नतिको लागि अर्थ मन्त्रालयबाट तत्काल ५० लाख रुपैया स्वीकृत भएको छ ।

भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय मार्फत सिक्लेसको सडकको लागि उक्त रकम स्वीकृत भएको हो ।

सिक्लेस युवा क्लबको आयोजनामा आयोजित सिक्लेस मेलामा क्लबको निमन्त्रणा र नेपाली कांग्रेस महासमिति सदस्य एबम मकाउ जनसम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर गुरुङको समन्वयमा काग्रेस सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा सिक्लेसमा निमन्त्रणा गरेको थियो ।

उक्त अवसरमा गाउलेले सभापति देउवालाई पोखरादेखि सिक्लेससम्मको सडकमा कालोपत्रे, सिक्लेस मनाङ ट्रेकिङ रुट र सिक्लेसलाइ पर्यटन गाउ घोषणाको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
गाउलेका माग प्रति सकरात्मक भइ सभापति देउवाले तत्काल पोखरा सिक्लेस सडकमा कालोपत्रे कार्य आवश्यक रहेको भन्दै आवश्यक कागजपत्र आफुलाई उपलब्ध गराउनु भनेपछि सडक उपभोक्ता समितिको नेतृत्व र समाजसेवी लेख बहादुर गुरुङको समन्वयमा सडक डिभिजन कार्यालय पोखरा, जिबिस कास्की हुदै योजना आयोग भइ भौतिक मन्त्रालयले अर्थलाई रकम स्वीकृतको लागि प्रकिया अगाडि बढाएको थियो ।

यस कार्यका लागी अतुलनिय सहयोग गर्नु हुने समाजसेबी नेपाली जनसम्पर्क समिति मकाउका उपसभापती लेख ब.तमु,बाटो समिति अध्यक्ष गोलमान तमु ,ब.उपाध्यक्ष शेर ब.तमु,सदस्य बिशाल तमु,लिलकाजि तमु, तमु, समाजसेबी देउ ब तमु , सु जंग प्रसाद तमुब्रिजमान तमु,रस कु तमुस्यो, जापान तमु,प्रेम तमु,मा.जिबन परियार,मा.तेज कुमारी पाैडेल,मा.आर्जुन जाेशी,.भोैतिक पुर्बधार तथा यातयात मन्त्री मा.रमेश लेखक, नेपाली काग्रेसका जिल्ला सभापती कृष्ण केसी , काग्रेस क्षेत्र न १ का सभापति बृजमान तमु, उपत्यका नगर विकास अध्यक्ष प्रकाशमोहन खनाल, ने.क.पा (मआेबादी केन्द्र )का पोलिट ब्युरो सदस्य कास्की जिल्ला इन्चार्ज राजकाजि तमु (करण), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लाल ब तमु, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लाल ब तमु, सडक डिभिजन कार्यलय पोखरा डिई प्रेम प्रकाश खत्री,कास्की LDO बलराम ढकाल, ,भाैतिक मान्त्रालयका सचिब धन ब.तामाङ, अधिक्रित राजेश उप्रती, अर्थ मन्त्रालयका प्रेस बिज्ञ पत्रकार त्रिभुवन पाैडेल, स्थानिय बिकास मन्त्रालयका सुमन गिरी लागायत सम्पुर्ण सहयोगी हरु लाई धन्यबाद |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*