Latest News

कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान

यम श्रीस मगर

कोरियाको सोल महानगरपालिका गभर्मेन्टले हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने मानार्थ नागरिकताको सम्मान विभिन्न देशका १८ नागरिकलाई प्रदान गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको सम्मान प्राप्त गरे |

बिसेष गरि सौल महानगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका क्षेत्रलाई बिशेष योगदान गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष मानार्थ नागरिकताको सम्मान प्रदान गरिन्छ| यस बर्ष विभिन्न १८ देशका १८ जना व्यक्तित्वहरुले उक्त सम्मान प्राप्त गरे |

नेपालको ताप्लेजुङ स्थायी घर भइ बिगत १६ बर्ष देखि कोरियामा सफल ब्यवसाय गर्दै आएका भिम गुरुङले सौल महानगरपालिका अन्तरगत नेपालीको शहर भनेर चिनिने तुन्देमुन शहरमा एभरेष्ट रेस्टुरेन्ट संचालन गर्दै आएका छन् |नेपाली खाना तथा संस्कृतिलाई कोरियालि समाजमा परिचय बनाउदै बिगत १६ बर्ष देखि व्यवसाय गर्दै आएका गुरुङले चेन रेस्टुरेन्टको रुपमा सौल भित्र ३ ओटा र सौलसिटि बाहिर ३ वटा रेस्टुरेन्ट गरि ६ वटा रेस्टुरेन्ट संचालन गर्दै आएका छन्| त्यसो त ट्राभल ,ट्रेडिंग र नेपालमा ब्लाकयाक कम्पनिको नेपाल डिस्त्रीब्यूटरस् र युएई [दुबई] मा ट्राभल कम्पनि समेत संचालन गरेका छन् |कोरियामा रहेका नेपाली समुदायमा त्यति नदेखिय पनि नेपाल सम्बन्धित कोरियालि संस्था संग आबद्द भएर समाज सेवा गरेका छन्| पर्वतारोही अमंगगिलको नाममा स्थापना भएको संस्था अमंगगिल हुमन फाउन्डेसन द्वारा नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्थामा पनि आबद्द छन् |त्यस्तै गरि डाक्टर हरुको संस्था जसले नेपालमा काम गर्छ त्यसमा पनि भोलुन्तियर भएर काम गर्छन|भिम गुरुङ आफैले पनि नेपालमा ब्ल्याक याक फाउन्डेसन स्थापना गरेका छन् शिक्षा स्वास्थ्य र बाताबरणमा काम गर्ने उद्देश्य राखेर सानातिना क्याम्पियनको काम गरेको बताउछन |

सभार : फोनिज कोरोया डट नेट fb_img_1477715246058fb_img_1477715229966img_1103