Latest News

कोल्माबहाकोट तमु समाजको अध्यक्षमा पूर्णबहादुर तमु

हुम तमु

पोखरा, शनिबार, १४ गते ।

कोल्मा बहाकोट तमु समाज तमु धिं नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा पूर्णबहादुर तमु चयन हुनुभएको छ ।
अध्यक्षको जिम्मेवारीसँगै अध्यक्ष तमुले समाजलाई परिवर्तन गर्न आफू प्रयासरत रहेको बताउँदै समाजका पुराना कार्ययोजनालाई पूरा गर्ने बताउँनु भयो ।
पोखरा–१० ईन्द्रमार्गस्थित कोल्मा बहाकोट तमु समाजको २४ औँ वाषिकोत्सव तथा साधारण सभाले शनिबार नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै समाजको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुवेदार भोजबहादुर तमु, महिला उपाध्यक्षमा श्रीमती सिताकुमारी तमु, सचिवमा सुवेदार लालबहादुर तमु, महिला सहसचिवमा श्रीमती कमला तमु, त्यस्तै कोषाध्यक्षमा सुवेदार लिलबहादुर तमु, सह कोषाध्यक्षमा पुर्णबहादुर तमु, क्वाटर मास्टरमा धनप्रसाद तमु तथा सहायक क्वाटर मास्टरमा ताराबहादुर तमु निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिले सर्वसम्मत तवरबाट कार्य समिति चयन गराएको थियो भने समाजका निवर्तमान अध्यक्ष क्याप्टेन वीरबहादुर तमु लगायतको कार्यसमितिलाई विदाई गरेको थियो ।
नयाँ कार्यसमिति चयन प्रक्रियाको निर्वाचन समितिमा समाजका पूर्व अध्यक्षहरु सुवेदार गुप्तबहादुर तमु, तेजबहादुर तमु, शोभावती तमु, त्यस्तै पदम बहादुर तमु तथा जोगमाया तमु रहनु भएको थियो ।
समाजका निवर्तमान अध्यक्ष क्याप्टेन बीरबहादुर तमुको अध्यक्षतामा सम्पन्न कोल्मा बहाकोट तमु समाजको २४ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि नरबहादुर तमुले समाज मिलेर बनाउँन आग्रह गर्नु भएको उक्त साधरण सभामा उपाध्यक्ष पुर्ण बहादुर तमुले सम्पूर्ण समाजका सदस्यलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।
सुवेदार भोजबहादुर तमुले संचालन गरेको सो कार्यक्रममा सचिवको प्रतिवदेन सुवेदार भोजबहादुर तमु, आर्थिक प्रतिवेदन क्याप्टेन दानबहादुर तमु, धार्मिक प्रतिवेदन सुवेदार लालबहादुर तमु तथा खेलकूद प्रतिवेदन पुर्णबहादुर तमुले प्रस्तुत गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*