Latest News

कोल्माबहाकोट तमु समाजद्धारा खेन्पो सिर लामा गुरुङ र डिन डा. गुरुङ सम्मानित

हुम तमु
पोखरा, १३ जेठ
कोल्माबहाकोट तमु समाज पोखराले शनिवार विशेष कार्यक्रम आयोजना गरी खेन्पो सिर लामा गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. नरेन्द्र विक्रम गुरुङलाई सम्मान गरेको छ ।
दक्षिण भारतको मैसुरस्थित बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शनमा हालै विद्यावारिधी वा खेन्पो उपाधि हासिल गर्नुभएका बौद्ध अर्घौं सदन गुम्बा रामघाटका प्रमुख लामा खेन्पो सिर लामा गुरुङ र नेपाल सरकारबाट हालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त समाजका संरक्षक वरिष्ठ सर्जन नरेन्द्र विक्रम गुरुङलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० इन्द्रमार्गस्थित कोल्माबहाकोट तमु समाजमा आयोजित कार्यक्रम सम्मान गरिएको हो ।सम्मानति खेन्पो थुप्तेन ऐसे सिर लामा गुरुङले समाजलाई धन्यवाद दिनुहुदै बौद्ध धर्म विधी अनुसार गुरुङ लामाहरुले गरिदै आएको पितृ संस्कारमा एकरुपता ल्याउन प्रयास भईरहेको जानकारी दिनुभयो । संस्कारगत एकरुपताका लागि समाज समाजमा अन्तरक्रिया जरुरी रहेको बताउनुहुदै गुरुङ लामाहरु ढ्याङग्रो ठोक्नेहरु मात्रै होइन बौद्ध दर्शनको व्याख्याता बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुरुङ लामाहरुले धार्मिक दर्शनसँगै मौलिकता संरक्षणमा ध्यान दिनुपर्दछ भन्नुहुदे तमुहरुले शिक्षामा विशेष जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले सम्मानित खेन्पो सिर लामा गुरुङबाट आर्शिवाद(वाङ) ग्रहण गरेका थिए ।यसरी नै सम्मानित अर्का डिन डा. नरेन्द्र विक्रम गुरुङले आफुहरुलाई सम्मान गरेकोमा कोल्माबहाकोट तमु समाज पोखरा परिवारलाई धन्यवाद व्यक्त गर्नुहुदै जनताको स्वास्थ्य सेवा र सुविधाका लागि आफु सधै प्रतिवद्ध रहने बताउनुभयो ।
कार्यृक्रममा समाजका धार्मिक संयोजक जोगमाया गुरुङले कार्यक्रमको उद्धेश्यका बारेमा जानकारी गराउनुहुदै बौद्ध दर्शनमा पहिलो खेन्पो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पहिलो डिनलाई स्वागत सम्मान गर्नु पाउनु समाजकालागि शौभाग्य रहेको बताउनुभयो ।
समाजका अधयक्ष क्या.बीरबहादुर गुरुङले सम्मानित व्यक्तित्वद्धयलाई बधाई र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका सचिव सुवेदार भोजबहादुर गुरुङले गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*