Latest News

क्होला सोथरलाई डकुमेन्ट्रीको माध्यमबाट विश्वसामु चिनाउने इच्छा छ मिस तमूस्यो निसाको

रोशनी गुरुङ÷पोखरा
पढाइमा जेहेन्दार तथा निडर स्वभावकी निशा आफ्ना १९ जना प्रतियोगिलाई पछि पार्दै यस वर्षको मिस तमूस्यो हुन सफल भईन । नेपाल तमू विद्यार्थी छोंज धीं गत असोज ८ गते पोखरा सभागृहमा आयोजना गरेको भव्य समारोहका बीच पाँचौ मिस तमूस्योको उपाधि जित्न सफल पोखरा काजी पोखरी निवासी १८ वर्षीय निसा स्याङ्जा जिल्लाको माझकोट शिवालय २ राम्चेका भिमबहादुर गुरुङ र दुरमाया गुरुङकी सुपुत्री हुन् । हाल पोखरामा स्थायी बसोबास गर्ने निशा पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा बि.बि.ए. अध्ययनरत छिन ।
“मिस तमूस्योको उपाधी जितेपछि एकदमै खुशी लाग्यो, मलाई पत्यार नै लागेको थिएन कि म मिस तमूस्यो हुन्छु भनेर किन कि भन्दा पनि धेरै ट्यालेन्ट साथीहरु हुनुहुन्थ्यो । उदघोषकले मेरो नाम घोषणा गर्दा पनि मलाई विश्वास नै लागेको थिएन । साँचै नै नसोचेको कुराले मलाई धेरै खुशी दियो” उनले भनिन । निशा कक्षामा सधै प्रथम हुन्थी, विद्यालय भरीमा पनि छात्रा तर्फ उनी नै प्रथम स्थानमा थिए, कलेजमा पुगेपछि पनि उनी कलेजको टप विद्यार्थी बन्न सफल भए । सानै देखि नाँचनमा रुचि राख्ने निशाले स्कूल पढदा नै एक वर्षको नृत्य प्रशिक्षण लिएकी थिईन । हाल उनी नृत्यृ निर्देशक पनि हुन । स्कूलमा हुने कार्यक्रममा धेरै पटक निशाले पुरस्कार जितेकी छिन । सानैदेखि मिस तमूस्योमा भाग लिने रहर थियो उनको त्यसैले कलेजमा आएपछि आफनो पढाइसँगै यो प्रतियोगितामा भाग लिन पुगे । “जब प्रतियोगिताको लागि म छनौट भए त्यसपछि त्यहाँ प्रदान गरिएको तालिमले मलाई धेरै आत्मा विश्वास बढायो जसले गर्दा मलाई यस प्रतियोगितामा बिजेता बन्न सघायो” उनले भनिन । पढाई पुरा गरेपछि बैंकमा म्यानेजर हुने रहर छ उनको । त्यसको आलवा समाजमा शिक्षाको महत्वलाई बढाउन “आफु शिक्षित बनौ र अरुलाई शिक्षित बनाऔं” भन्ने अभियान चलाउने सोच बनाएकी छिन । समाज बदाल्नको लागि शिक्षा अपरिहर्य छ । त्यसैले सबैलाई शिक्षित बन्न प्रेरित गर्ने खालको कार्यक्रमहरु सञ्चालन गर्ने इच्छा छ, । यसको शुरुवात मैले आप्mनै गाउँको विद्यालयबाटै गर्ने सोच बनाएको छु । यसको पहिलो प्रयास स्वरुप मैले आफुले मिस तमूस्योको पुरस्कारबाट प्राप्त गरेको रकमबाट गाउँको विद्यालयमा पढने बालबालिकाहरुलाई स्टेशनरी सामग्री तथा सुइटर वितरण गरिसकेको छु निशाले भनिन् ।
त्यसभन्दा पनि महत्वपूर्ण योजना अहिले निशासँग छ उनले आफनो मिस तमूस्योकै कार्यकालमा तमू जातिको ऐतिहासिक थलो क्होला सोंथरको बारेमा अध्ययन र अनुसन्धान गरेर वृत्तचित्र बनाउने र यसलाई देश विदेशमा चिनाउने योजना छ निशाको । उनको यस योजनामा मिस तमूस्योको प्रतियोतिामा सहभागी भएका १९ जना प्रतियोगिहरुले साथ दिने पक्क भएको छि । युवाहरुलाई लाहुरे बन्न भन्दा पढनमा जोड दिने निशा देशको प्रशासनिक क्षेत्रमा तमू जातिको उपस्थिती बढाउनु पर्र्ने बताउँछिन । छोरीलाई पढेर आफ्ने उद्देश्य पुरा गर्न दिएमा आफनो र समाजको लागि धेरै गर्न सक्ने निशााको भनाई छ ।
अहिले हाम्रो संस्कृतिहरु हराउँदै गएको छ भन्ने कुरामा निशा सहमत छैनन किन कि अहिले समय प्रचार प्रसारको छ अलिकति पहल ग¥यो भने यसको महत्व झनै बढछ । यो धेरै मानिसहरु शिक्षित छन सबै जसो मानिसहरु इन्टरनेटको पहुँचमा छन त्यस्तो बेलामा संस्कृतिहरु हराउँदैनन झनै यसको महत्व बढेर जान्छ तर यसको लागि संस्कृति र संस्कार बुझने अग्रजहरुले पहल गर्न जरुरी छ निशाले भनिन ।

मिस तमूस्यो हुनुभन्दा पहिला सामान्य निसा थिए अहिले सबैले चिन्ने भई सकेपछि अलि बढी जिम्मेवारी महशुस हुने रहेछ । मिस तमूस्यो भएपछि विभिन्न ठाउँमा सम्मान कार्यक्रममा सहभागि भए । यसबाट मैले समाजमा हुने गतिविधिहरु बढी थाहा पाए । तमू संघ संस्थाहरुको बारेमा जान्ने मौका पाए जसबाट धेरै कुराहरु सिक्दै छु । समाजमा एउटा परिचय बनाई सकेपछि अब मैले आफु मात्र होइन अरुलाई पनि परिर्वतन गर्नुपर्छ जस्तो लाग्छ निशाले भनिन ।  तस्विर जित गुरुङ (कार्टुनिष्ट÷फोटोग्राफर, सदस्य तमू (गुरुङ सञ्चारकर्मी संघ कास्की)

1 Comment

Leave a Reply

Your email address will not be published.


*