Latest News

खेन्पो शिरलामा गुरुङको पदस्थापन

पोखरा,५ जेठ
बौद्ध शिक्षामा केही समय अघी विधावारिधी वा पिएचडी (खेन्पो) उपाधी प्राप्त गर्न सफल बौद्ध अर्घौ सदनका प्रमुख लामा थुप्तेन येशे शिरलामा गुरुङलाई शुक्रबार बिशेष कार्यक्रमका विच खेन्पो “ठ्रीतेन”(पदास्थापना) तथा सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । दक्षिण भारत मैसुर ञिङमा नम्डो्लिङ्ग गुम्बा तथा उच्च बौद्ध शिक्षा अध्ययन संस्थानका प्रमुख गुरु परमपूज्य सातौ अवतार तथा शरण  नायक एच ई खेन्टूल ग्यङखङ रिन्पोछेको प्रमुख उपस्थितिमा  बिहिबार धार्मिक प्रवचन र ‘शिहठो वाङ्ग’ अभिषेक प्रदान गरि शक्रबार आचार्य खेन्पो शिरलामा गुरुङलाई “खेन्पो”उपाधीको टोपी र खादा लगाई ठि्तेन (पदास्थापना) गरिएको हो ।सदन गुम्बाको आयोजनामा सम्पन्न यस ” शिह्ठो वाङ” अभिषेक र ठि्तेन (पदास्थापना) तथा सम्मान कार्यक्रम बौद्ध दर्शनमा विधावारिधि गर्नुभई गुरुङ समुदायको इतिहासमा लामा बुद्ध धर्मबाट पहिलो “खेन्पो” उपाधी प्राप्त गर्न सफल हुनुभएका “खेन्पो”  थुप्तेन येसे शिरलामा गुरुङलाई बधाई तथा सम्मान लामागुरुजनहरुका साथै हजारौको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो । यसरी हर्ष र उल्लासका साथ बधाई तथा सम्मानका लागि उपस्थिति हुनुभएका सम्पूर्ण सहभागीहरुलाई सम्बोधन गर्नुहुदै प्रमुख गुरु परमपूज्य सातौ अवतार तथा शरण नायक एच ई खेन्टूल ग्यङखङ रिन्पोछेले खेन्पो थुब्तेन येशे शिरलामा गुरुङ बौद्ध शिक्षा अध्ययनको समयमा अत्यन्तै लगनशिलता र सहनशिलताका साथ कठोर परिश्रम गरी बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरे पश्चात छोटो समयमा नै आफ्नो समाज र स्वदेश तथा विदेशमा कुशलताका साथ बौद्ध धर्मको बारेमा प्रचार प्रसार गर्ने र शिक्षा दिक्षा दिन सक्षम र योग्य भएकोले “खेन्पो” जस्तो महान उपाधी ग्रहण गर्न सफल हुनुभएको बताउनुभयो । पोखरामा बृहत समारोहका बीच यसरी सार्वजनिक रुपमा “खेन्पो” घोषित गरि ” ठि्तेन” (पदस्थापना) तथा सम्मान गर्न पाउँदा आफु ज्यादै हर्षित र गौरमिबत भएको ब्यक्त गर्नुभयो ।  सदनका अध्यक्ष क्या०भूवनसिं गुरुङ्को  अध्यक्षतामा सम्पन्न शिहठो वाङ अभिषेक र ठि्तेन (पदस्थापना) तथा सम्मान कार्यक्रम सदनका सचिब मोती प्रसाद गुरुङले संचालन गर्नुभएको थियो ।