Latest News

गायक आर.के. गुरुङको बिदाइ

एटा संवाददाता –

अल्डरसट । अत्यन्त सुरिलो स्वरका धनी गायक गायक रामकुमार (आर.के.) गुरुङको एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
उनलाई गत शुक्रबार २६ जनवरी बेलुकी अल्डरसटस्थित निरमाया रोंधी घरमा बिदाइ गरिएको हो । उनी तमु प्ये ल्हु संघ युकेको निमन्त्रणमा ३ महिनाअघि बेलायत आएका थिए ।
बेलायतका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिइसकेका गायक गुरुङलाई निरमाया रोधींघरलगायत उनका आफन्त र शुभचिन्तकहरुले बिदाइ गरेका थिए । संगीत सँगसँगै पर्यटन व्यवसाय समेत गर्दै आएका गुरुङले बेलायतवासी नेपाली संगीतप्रेमीहरुले आफूलाई माया गरेकोमा हृदयदेखि नै धन्यवाद भनेका थिए । उनले आफूलाई निमन्त्रणा गरेकोमा तमु प्ये ल्हु संघलाई विशेष धन्यवाद दिँदै विभिन्न संघसंस्था, आफन्तजन र संगीतप्रेमीहरुलाई धन्यवाद दिए ।
संगीतप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनलाई निरमाया रोंधी घरका सञ्चालन रेशम गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष मोहन गुरुङ, तमु प्ये ल्हु संघ युकेका निवर्तमान अध्यक्ष सोम त्होर्जे गुरुङ, तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, एभरेष्ट टाइम्सका सम्पादक हरिकुमार (काजी) गुरुङ, फोटो पत्रकार मिलन तमु, इभरग्रीन गु्रप बेजिङ्गस्टोक, स्थानीय नेपाली कलाकार, शुभचिन्तक, आफन्तजन र संगीतप्रेमीहरुले खादा लगाई बिदाइ गरेका थिए ।
साभार ; एभरेस्ट टाईमस