Latest News

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको प्रथम महाधिवेशन पोखरामा शुरु

हुम तमु, पोखरा, २ पुस,

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको दोश्रो राष्ट्रिय भेला तथा प्रथम महाधिवेशन पोखरामा शनिवार देखि शुरु भएको छ । लखनचोकबाट  बृहत शान्ति पदयात्रा शुरु भई पोखरारंगशाला गेट, बुद्धचोक हुदै पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा पुगेर परिणत भएको समारोहलाई श्रम तथा रोजगार मन्त्री सुर्यमान तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।udghatan

प्रमुख अतिथि मन्त्री गुरुङले धर्म निरपेक्षताको विरुद्ध षडयन्त्र भए सबै धर्मावलम्बी उठ्नुपर्ने बताउनुभयो । धर्म निरपेक्षता भनेको सबै धर्मलाई समानता हो ता पनि समाजमा फेरि पनि धर्मका नाममा विभेद निम्त्याउन षडयन्त्रहरु भईरहेकाले धर्म निरपेक्षताका विरुद्ध हुने गतिविधीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । धर्म निरपेक्षतााले राष्ट्रिय एकता, सद्भाव कायम गर्ने बताउनुहुदै संसांर कै उत्कृष्ठ धर्म बुद्ध धर्म भएको दावी गर्नुभयो ।

उहाँले अर्को प्रसंगतमा बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई नेपाल सरकारले केही दिनमा नै अनलाईन सुचना, सेवाको व्यवस्था गर्ने उद्घोष गर्नुभयो । नेपालमा रोजगारको अवस्था नभएकाले बैदेशिक रोजगारीमा जानेहरुलाई सत्य तथ्य सुचना प्रदान गर्दै कसैबाट नठगिउन भन्दै अनलाइन सेवा प्रदान गर्न लागेको बताउनुभयो ।yatra
नेपाल सरकार स्थानिय विकास मन्त्रालय अन्र्तगतको बौद्ध दर्शन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले विविधताको मुलुकमा सबै विविधताको  सम्मान हुनुपर्ने बताउनुभयो । विविधता राष्ट्र सम्पत्ति भएकाले सबै विविधतालाई समानता प्रदान गर्नु राज्यको दायित्व हो भन्नुहुदै हरेक परिवर्तनहरुलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । विगतको एकात्मक शासन प्रणालीले नेपाली समाजमा रहेका समस्याहरु संवैधानिक रुपमै समाधान गर्नुपर्ने उहाँको भनाई थियो ।

आनी याङचेन डोल्माले शुभकामना व्यक्त गर्नुभयो अहिंसा, दया, करुणा, समानता नै धर्म हो भन्नुहुदै आधुनिकताको नाममा देशमा दाडापन बढेकोले गाँउ गाँउमा बुद्ध दर्शनको जरुरत रहेको बताउनुभयो । बुद्धिष्टहरुले पश्चशीललाई व्यवहारमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुहुदै आमा र गुरुको महिमाको चर्चा गर्नुभयो । विज्ञानका पिता समेत रहनु भएका अल्बर्ट आइन्टाइनले आफुलाई  धर्म मान्न बाध्य बनाइए बुद्ध धर्म मान्ने विचार प्रस्तुत गर्नुले पनि बुद्ध धर्म विज्ञान संगत ढंगले पनि सर्वोत्कृष्ठ भएको बताउनुभयो । कार्यक्रममा आनी याङचेनले कर्णप्रिय भजन प्रस्तुत गरे सबैलाई मन्त्रमुग्ध गराउनुभएको थियो ।

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका संस्थापक अध्यक्ष आचार्य शिरलामा गुरुङ संस्थाको आवाश्यकता र भेला एवं महाधिवेशनको औचित्वबारे प्रष्ट पार्नुहुदै गुरुङ लामाहरुको एकता, दक्ष लामाहरुको उत्पादन, गुरुङ लामाहरुका मुत्यु संस्कारमा देखिएको विविधताको एकरुपता, बौद्ध दर्शनमा अध्ययन गरेका लामाहरुलाई गुम्बामा व्यवस्थापन, तालिमहरु व्यवस्था, गुरुङ लामो आफ्नै भवन निर्माण, गुरुङ लामाहरुको पुरानो ग्रन्थ संकलन गरी लेखन गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

sir-lama

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका संस्थापक अध्यक्ष आचार्य शिरलामा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि शेरबहादुर गुरुङ, तमु धिं युकेका महासचिव हरी गुरुङ, अखिल भारत बौद्ध सिक्किम परिवारका प्रविण गुरुङ,तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषदका प्रचार सचिव मनोज गुरुङ, गुरुङ लामा बौद्ध धर्म समाजका पुर्वाञ्चल प्रमुख लामा रत्नकुमार गुरुङ, काठमाडौं प्रमुख एव समाज सहकोषाध्यक्ष लामा गमबहादुर गुरुङ, चितनका प्रमुख लामा रुक्षा गुरुङ, पोखराका प्रमुख लामा गुप्ती गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने स्वागत कोशी क्षेत्रीय उपाध्यक्ष लामा गणेश गुरुङ र संचालन महासचिव आचार्य दशरथ गुरुङले गर्नुभएको थियो ।

सिक्किमबाट आउनु भएका अवतारी लामा साङ्गे ह्याङतेङ ग्याछो रिम्पार्छे र कर्म वाङछु रिम्पाछेको विशेष उपस्थिती रहेको कार्यक्रममा ८० वर्ष भन्दा माथिका १६ जना बयोबृद्ध लामाहरु र सहयोगदाताहरुलाई सम्मानपत्र र खादाद्धारा सम्मान गरिएको थियो ।samman
संस्थापक अध्यक्ष आचार्य शिरलामा गुरुङले शुभमंगल पाठ गर्नुभएको कार्यक्रममा लामाहरुको अत्यन्तै मौलिक बज्र नृत्य(छ्याम)हरु सेर्केम, सेङ्गे र लाक्मा प्रस्तुत गरिएको थियो । यसरी नै गुरुङ विविध साँस्कृतिक प्रस्तुति गरिएको थियो ।

nachदेशैभर करिब ३ सय लामा प्रतिनीधिहरुको सहभागीता रहेको अधिवेशनको उद्घाटन कार्यक्रममा बौद्ध धर्मावलम्बीहरुको बृहत सहभागीता रहेको थियो । अधिवेशन अन्र्तगत आइतवार विहान देखि बन्द सत्र शुरु भई धर्म प्रवचन, बज्र नृत्य(छ्याम) हुने  र ४ गते आगामी नेतृत्व चयन, लामाहरुको संहिता निर्माण र रिम्पार्छेबाट अभिषेक(वाङ) प्रदान गरिने कार्यक्रम रहेको छ ।

audione

1 Comment

Leave a Reply

Your email address will not be published.


*