Latest News

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको प्रथम महाधिवेशन पोखरामा हुने

हुम तमु

पोखरा, २६ मंसिर

गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको दोश्रो राष्ट्रिय भेला तथा प्रथम महाधिवेशन पोखरामा हुने भएको छ । पोखरा उपमहानगरपालिका वडा नं. १० रामघाटस्थित बौद्ध अर्घौँ सदनमा पुसको २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय भेला तथा महाधिवेशनको नेपाल सकारको श्रम तथा रोजगार मन्त्री सुर्यमान तमुले गर्नुहुने आईतबार पोखरामा पत्रकार सम्मेलन गरी समाजका अध्यक्ष आचार्य सिर तमुले जानकारी दिनुभयो ।
पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौको सुकेधारास्थित नवबुद्ध गुरुङ सेवा समितिको परिसरमा २०७० सालमा सम्पन्न गरिसकेको समाजले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा छरिएर रहेका तमु जातिको पुख्र्यौली बौद्ध धर्म दर्शन, महायानी कर्मकाण्ड, र बौद्धिष्ट ज्योतिषलाई सदुपयोगका साथ तमु जातिय मौलिक एवं क्षेत्रीय संस्कार सँस्कृतिलाई समयानुकुल अगाल्दै एकरुपता ल्याउने उद्धेश्य राखेको छ ।
तिनदिनसम्म चल्ने सम्मेलनमा गुरुङ बौद्धिष्टहरुमा विभिन्न कर्मकाण्डिय सँस्कारलाई एकरुपता गर्न गराउन बृहत छलफल गरिने समाजका केन्द्रीय अध्यक्ष आचार्य सिर लामाले बताउनुभयो । बौद्ध दर्शनमा आचार्य गरेका गुरुहरुले पनि आफ्नो अस्तित्व देखाउन नपाईरहेको भन्दै यो विषयमा पनि सम्मेलनको क्रममा गम्भिर छलफल हुने बताउनुभयो । समाजले लामा उत्पादन, प्रशिक्षण, बौद्ध दर्शनको प्रचार, गुम्बाको व्यवस्थापन, तमु जातिय मौलिक संस्कारको संरक्षण समेत गर्न पहल गर्ने बताइउको छ । हामीले बौद्ध दर्शन र तमु संस्कारको मर्मलाई आत्मसाथ गर्दै महाधिवेशनबाट संहिता तयार गछौं, अध्यक्ष आचार्य सिर तमुले भन्नुभयो ।
पोखरामा हुने तीन दिने यो सम्मेलनमा नेपालका विभिन्न स्थानसँगै भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादुन लगाएतका स्थानबाट गुरुङ लामाहरुले सहभागिता जनाउँदैछन् । गुरुङ समुदायभित्र रहेका ९ सय भन्दा बढि गुरुङ लामाहरु मध्ये ३ सय जनाको सहभागिता यो सम्मेलनमा हुनेछ । त्यस्तै अवतारी लामा रिम्पोछेको पनि यो सम्मेलनमा विशेष सहभागिता रहनेछ ।
सम्मेलनको क्रममा शान्तिपुर्ण पदयात्रा, बज्र नृत्य, पुजापाठ र प्रवचन पनि दिईने सम्मेलनका प्रचारप्रसार सँयोजक लामा अमृत गुरुङ लामाले जानकारी दिनुभयो । त्यो सँगै अन्तिम दिन पुसको ४ गते संस्थाको पहिलो अधिवेशन हुनेछ । जसले नयाँ कार्यसमिति चयन गर्नेछ ।
पुजापाठको क्रममा भक्तजनहरुबाट दिईने दानबाटै सम्मेलनको खर्च धान्ने आयोजकको लक्ष्य छ । दानबाट आएको रकमबाट खर्च कटाएर संस्थाले आफ्नै भवन निर्माणका लागि कोष खडा गर्ने योजना बनाएको छ । नेपालमा ५३ सय भन्दा बढी गुम्बामा ५० हजार बढी लामाहरु रहे पनि तमु लामाहरु तथा समाजको मातहतमा रहेका करिब ७५ भन्दा बढि गुम्बाहरुको उचित व्यवस्थापन र लोपोन्मुख लामा ग्रन्थको संकलनका लागि पनि रकम छुट्टाईने आयोजकले बताएको छ । गुरुङ समुदायमा लामा परम्परा करिब १ हजार वर्ष भन्दा पुरानो छ । महाधिवेशनकै अवधिमा ८० वर्ष पुगेका १६ जना जेष्ठ लामाहरुलाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । लामा अमृत तमुले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा समाजका कोषाध्यक्ष आचार्य कृष्ण तमुको समेत उपस्थिती रहेको थियो ।
महाधिवेशन अन्र्तगत मंसिर २९ गते सरसफाई, ३० र पुस १ गते बज्र धर्मपाला(महाकाल) पुजा, २ गते विहान लखनचोकबाट शान्ति पदयात्रा, दिउसो उद्घाटन, बज्र नृत्य(छ्याम) प्रदर्शन, तमु मौलिक साँस्कृतिक नृत्य, ३ गते बन्द सत्र, धर्म प्रवचन, बज्र नृत्य(छ्याम), ४ गते नेतृत्व चयन, बज्र नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष आचार्य सिर तमुले जानकारी दिनुभयो । महाधिवेशनको तयारी करिब करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*