Latest News

गुरुङ(तमु) लामा बौद्ध समाजको अध्यक्षमा आचार्य शिर लामा गुरुङ गुरुङ लामाहरुद्धारा गरिने कर्मकाण्डमा एकरुपता आउने

हुम तमु

पोखरा, ४ पुस

 

गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको दोस्रो राष्ट्रिय भेला एवं प्रथम महाधिवेशन आगामी तीन वर्षका लागि संस्थापक अध्यक्ष बौद्ध आचार्य शिर लामा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्र्दै सोमबार सम्पन्न भएको  छ ।

पोखरा १० बौद्ध अर्घौं सदनमा सम्पन्न महाधिवेशनले समाजको वरिष्ठ उपाध्यक्ष एवं कोशी क्षेत्रीय संयोजकमा लामा गणेश गुरुङ, उपाध्यक्ष एंव पोखरा क्षेत्रीय संयोजकमा लामा गुप्ती गुरुङ,  उपाध्यक्ष एवं चितवन क्षेत्रीय संयोजकमा रक्षे गुरुङ र उपाध्यक्ष्मा लामा साङ्गे लेग्देन गुरुङ निर्विरोध चष्न हुनुभएको छ । । समाजको महासचिवमा लोपेन बौद्ध आचार्य दशरथ गुरुङ, कार्यालय सचिव एवं काठमाडौं क्षेत्रीय संयोजकमा लोपेन बौद्ध आचार्य रनबहादुर गुरुङ, कोषाध्यक्षद्वयमा लोपेन बौद्ध आचार्य छेवान गुरुङ र लोपेन बौद्ध आचार्य सन्तोष गुरुङ, सहकोषाध्यक्षमा लामा गमबहादुर गुरुङ चयन हुनुभएको छ ।

यसरी नै महाधिवेशनले प्रचारप्रसार सचिवमा गञ्जसिंह गुरुङ र लोखराज गुरुङ, पूजापाठ संयोजकमा पेमा गुरुङ, व्यवस्थापन संयोजकमा प्रेम लामा र अमृत गुरुङ(घान्द्रुक) चयन हुनुभएको छ ।सदस्यहरुमा हेमबहादुर गुरुङ, आचार्य रुपचन गुरुङ, डिल्ली गुरुङ, राजबहादुर गुरुङ, किसान घले, भद्रबहादुर गुरुङ, तेज गुरुङ, हर्कजंग घले, रत्नकुमार गुरुङ, शेरजंग गुरुङ र ओमबहादुर गुरुङ चयन हुनुभयो । यसैगरी, प्राविधिक समितिमा तीन जना सन्दिप गुरुङ, दीपेन गुरुङ र सुजन गुरुङ चयन हुन भएकोे निर्वाचन मण्डलका अध्यक्ष अधिवक्ता सूर्यबहादुर गुरुङले घोषणा गर्नुभयो भने टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे गुरुङले खादा लगाएका आशिर्वाद प्रदान गर्नुभएको थियो । यसरी नै निर्वाचन मण्डका संयोजक अधिवक्ता गुरुङले निर्वाचित भएको प्रमाण पत्र वितरण गर्नुभएको थियो । उक्त निर्वाचन मण्डलको सदस्यहरुमा नवबुद्ध गुरुङ सेवा समिति  सुकेधाराका कृष्णबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, बौद्ध गुम्बा पुर्वाञ्चल धरानका सचिव यम गुरुङ र एसपी. राजेन्द्र गुरुङ रहनु भएको थियो ।

पुननिर्वाचित अध्यक्ष आचार्य शिर लामा गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुृहुदै गाँउ गाँउमा प्रशिक्षणलाई आफ्नो प्राथमिकता रहने बताउनुहुदै बौद्ध धर्मवालम्वी गुरुङ समुदायमा मृत्यु पश्चातको कर्मकाण्डमा एकरुपता ल्याउनका लागि भेला तथा महाधिवेशनले निष्कर्ष निकालेको बताउनुहुदै जन्मदेखि मृत्यु सम्मको गुरुङ लामाहरुको कर्मकाण्डीय विविधतालाई महाधिवेशनको निर्णयले अन्त्य गर्ने बताउनुभयो । कर्मकाण्डमा अनेकताले तमु समुदायमा केही समस्याहरु भए पनि अब क्रमिक रुपमा हट्दै जाने विश्वास व्यक्त गर्नुहुदै गुरुङ लामाहरुको एकताका लागि तमु समुदाय, संघ संस्थाको पनि साथ आवाश्यक रहेको बताउनुभयो ।

बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुृहुदै तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले लामा गुरुहरुको भेलाबाट तयार गरिएको कर्मकाण्डिय संहिता तमु संघ संस्था विच छलफलमा ल्याउन सुझाव दिनुभयो । तमु समाजका अगुवाहरु विच उक्त कर्मकाण्डीय संहिता छलफल नगरी समाजमा लगिए लामाहरुलाई समस्या पर्न सक्ने बताउनुभयो । उहाँले तमुहरुको एकता, युवाहरुको क्रियाशीलता, नेपालमै रहेर केही भविष्य निर्माण गर्ने सपना नदेख्दा र तमुवान प्राप्ति नगरेसम्म तमुहरुले पुर्ण रुपले अधिकार नपाउने बताउनुभयो । एकता नभएकै कारण, तमुहरुमा सचेतनाको अभावले गर्दा नेपालमै दोश्रो दर्जाको नागरिक बन्नुपरेको बताउनुभयो ।

महाधिवेशनको अन्त्यमा सिक्कीमबाट आउनु भएको टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछे गुरुङले अभिषेक(वाङ) प्रदान गर्दा भक्तजनको भिड लागेको थियो ।

कार्यक्रममा लामा बज्र नृत्य(छ्याम) र विविध साँस्कृतिक कार्यक्रम प्रस्तुतिसँगै सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

महाधिवेशनमा नेपालभर लगायत भारतको दार्जिलिङ, सिक्कीम, देहरादुन लगायतका स्थानबाट करिब ३ सय लामाहरुको सहभागिता रहेकोे प्रचारप्रसार सँयोजक अमृत गुरुङ (लामा)ले जानकारी दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*