Latest News

गुरुङले गरे बुबाको नाममा विद्यालय भवन निर्माण

विगत दुई दशकदेखि जापानमा रहँदै ब्यबसाय सक्रिय रहनुभएका कास्की लेखनाथका खड़कसिह गुरुङ्ले आफ्ना बुबा जुमबहादुर गुरुङको स्मृतिमा दुई तले, दुई कोठे भवन निर्माणा गरी हस्तान्तरण गर्नुभएको छ ।

लेखनाथ महानगरपालिका वडा नम्बर २८, माझठाना रैकरस्थित श्री रत्न शोभा मावि परिसरमा सो भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको वैशाख २५ गते उद्घाटन तथाहस्तान्तरण गरिएको थियो ।

सो भवनको जुमबहादुर गुरुङकी धर्मपत्नी चिज कौरी गुरुङ्ले उद्घाटन तथा जस्मी गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

भवन निर्माण समितिका अध्यक्ष लिलबहादुर थापाका अनुसार भवन बनाउन २७ लाख ५० हजार खर्च भएको छ । १९ लाख ८२ हजार खड्कसिंह गुरुङले ब्यहोरेका हुनभने नपुग सात लाख ६७ हजार अन्य दाताबाट संकलन गरिएको हो ।गत साउन ५ गते बुबाकै स्मृति दिवसका दिन शिलान्यास भएको उक्त भवन १० महिनामै निर्माणकार्य सम्पन्न भएको थियो ।कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको आतिथ्यतामा विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष नारायणी पौडेल, प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले संयुक्त रुपमा भवनको तालाचाबी हस्तान्तरण गर्नुभएको हो ।सो भवन निर्माणका लागि १९ लाख ८२ हज़ार ४ सय ४९ र ७ लाख ६७ हज़ार ६ सय ६२ रुपैयॉ संकलन भएको र २७ लाख ५० हज़ार १ सय ११ रुपैयाँ ख़र्च भएकाले दुई लाख बीस हजार रुपैयाँ छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको छ ।

सोत=नेपाल जापान डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*