Latest News

गुरुङ चलचित्र “भ्रे” ( पाहुना)को डि. भि. डि. सार्वजनिक

सुमन गुरुङ, तमुमै ता डट् कम्

पोखरा ३ असोज

ब्रेज मेश्रो फिल्म प्रोडक्सन, घन्द्रुकको ब्यनरमा निर्मित “भ्रे” ( पाहुना) चलचित्रको डि भि डि देश बिदेशको सफल प्रदर्सन  पछी एक समरोह गरी सार्वजनिक गरिएको थियो । यस चलचित्रमा भएको लगनी रकमसंगै नाफा समेत कमाएको फिल्म प्रोसक्सनका ब्यवस्थापक अमृत गुरुङले बताउनु भएको थियो । २५ लाख लगानी रहेको यो चलचित्रले नाफा रकम गाउको बिकासको क्षेत्रमा सहयोग प्रदान गरेको कार्यक्रममा जानकारी दिइयो । हल सम्मा यो चलचित्रको नाफा रकम बाट नयाँपूल देखी घन्द्रुक ग्रामीण सडक खण्ड निर्माण लागि ५० हजार रुपैय , फुलिबंग झोलुङे पूल मर्मतको लागि १ लाख सहयोग गरिसकेको र छ लाख रुपैय रोधी क्लबको भावना निर्माणर्थ सहयोग गरिने फिल्म प्रोसक्सनका ब्यवस्थापकले जानकारी गराउनु भएको थियो । डि भि डि सार्वजनिक सार्वजनिक कार्यक्रममा निर्देशक माओत्से गुरुङले ब्रेज मेश्रो फिल्म प्रोसक्सन समाजलाई मार्ग दर्शन देखाउने र सहयोगी भावनाको उदेश्यले खोलिएको कम्पनी रहेछ र आफु यो चलचित्रमा काम गर्न पाउदा आफ्नो लागि खुशीको कुरा भएको भन्दै शुभकामना मन्तब्य ब्यक्त राख्नु भएको थियो । यस् चलचित्र लाई बैदेसिक रोजगारमा गएका घान्द्रुक गाउकै केही युवाहरु मिलेर निर्माण गरेका हुन । युक्तमान गुरुङ , मुन गुरुङ , सरद गुरुङ , स्वर्ग गुरुङ चलचित्रका लगानी कर्ता हुन । कार्यक्रममा फिल्मको कलाकार , प्राबिधिक तथा सहयोगीहरुलाई सम्मान समेत् गरिएको थियो । सर्बजनिक चलचित्रले पहिलो गुरुङ फिल्म अवर्डमा मोस्ट पपुलर , मोस्ट पपुलर एक्टर र सम्पादन बिघामा समेत् अवर्ड पाएको थियो । त्यस कार्यक्रममा म तमु राष्ट्रिय मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य सु. इमान बहादुर गुरुङ र चलचित्र पत्रकार संघका अध्यक्ष अमृत रेम रसैली पनि बोल्नु भएको थियो । यस कार्यक्रमको सभापति सु. नर बहादुर गुरुङ हुनु हुन्थ्यो भने चलचित्र पत्रकार संघ पोखराका सचिब सुशान्त घिमिरेले कार्यक्रमा सन्चालन गर्नु भएको थियो । bhrebhre-3

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*