Latest News

गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमीको छैटौँ शाखा चिप्लेढुङ्गामा,शाखा विस्तारको अवसरमा निःशुल्क सौन्दर्य शिविरको आयोजना

उमा आलेमगर
पोखरा, २३ भदौँ

 

गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमी प्रा.लि. को छैटौँ शाखा पोखरामा चिप्लेढुङ्गामा विस्तार गरिएको छ । शाखाको शुक्रबार एक कार्यक्रमकाबीच महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जिसीले उद्घाटन गरिन् ।

पोखराको चिप्लेढुङ्गामा( पोखरा ट्रेड मलको अगाडी ) विस्तार गरिएको शाखाको उद्घाटन पनि बोल्दै जिसीले हिंसाको प्रमुख कारण महिला परनिर्भरता भएको बताईन् । जबसम्म महिला आत्मनिर्भर हुन सक्दैन, तबसम्म हिंसा काम नहुने उनलेको भनाई थियो । त्यसैले सिप सिकेरआत्मनिर्भर हुन उनले सम्पूर्ण महिलामा आग्रह गरिन् ।

एक फरक प्रसङ्गमा उनले सौन्दर्य महिलाको गहना भएको बताई् । सौन्दर्यले महिलालाई स्मार्ट बनाइराख्ने भएकोले सौन्दर्य हुनु र सौन्दर्य कला शिक्षा आजको आवश्यकता भएको औँल्याईन् । साथै उनले गुरुङको छैटौँ विस्तारको उत्तरोत्तर प्रगतीको कामना गरिन् ।

छैटौँ शाखा विस्तारको अवसरमा एकेडेमीले शुक्रबारबाट पोखरामा दुई दिवसीय निःशुल्क सौन्दर्य शिविरको आयोजना गरेको छ । यो शिविर पोखरामै पहिलो पटक भएको आयोजकको दाबी छ ।

उक्त शिविरमा छाला विशेषज्ञ डा. सरस्वती शर्मा र सौन्दर्य विशेषज्ञ चिनु गुरुङले छाला र कपाल सम्बन्धी निःशुल्क जाँचको साथै परामर्श पनि प्रदान गर्ने छन् । शिविरको अन्य आकर्षणहरुमा छाला सम्बन्धी परामर्श, कपालका विभिन्न समस्या सम्बन्धी परामर्श, निःशुल्क छाला परिक्षण, शिविर अवधिभर फेसियल र हेयर ट्रिटमेण्टमा ५० प्रतिशत छुट र शिविर अवधिभर ब्यूटिसियन तालिम सम्बन्धी भर्नामा २० प्रतिशत छुट व्यवस्था भएको गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमी प्रा.लि. का सौन्दर्य विशेषज्ञ चिनु गुरुङले जानकारी दिईन् ।

शिविर शनिबारसम्म चल्ने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*