Latest News

गुरुङ भाषामा आधारित चलचित्र मारय ट पोखरामा भब्य प्रदर्शन

पुनम तमु

तमुमै ता डटकम
पोखरा,१३ शनिबार

मूक्ति मनोज फिल्मस प्रोडक्सनको ब्यानरमा  निर्माण भएको  गुरुङ भाषामा आधारित चलचित्र मारय ट हङकङ र युकेपछिको अपारसफलतापछि  पोखरामा २०७४ जेस्ठ १३ गते शनिबार भब्य रुपमा प्रदर्शन भएको छ । फिल्म बिहान ८ बजे ,११बजे,दिउसो २ बजे र ५ बजे गरी  ४ सो गरिएको थियो । जसमा दर्शकहरुको  राम्रो उपस्थिति रहेको थियो ।

गुरुङ भित्र रहेको बिभिन्न सँस्कार सँस्कृतिहरु तथा भाषाहरु र प्ये ता ल्हु ता बिस्तारै लोप भैरहेकोले यसलाई जग्रेना गर्नुपर्छ भन्ने फिल्मको उदेश्य रहेको  र गाउँघरको पर्यटन प्रबंधनदेखि लिएर गाउँमा रहेको सबै कुराहरुको खोज निति गरी अझै राम्रो गरेर दर्शकमाझ देखाउने योजना रहेको फिल्मको निर्देशक मनोज गुरुङले बताउनुभएको छ र फिल्म हेर्न आउनुभएको सम्पूर्ण दर्शकबिनहरूमा धन्यवाद ब्यक्त गर्दै प्रतिक्रियाको लागि आग्रह समेत गर्नुभएको थीयो ।

यस फिल्म लम्जुङ जिल्लाको गुरुङहरुको घना बस्ति रहेको पर्यटकीय गाउँ  भुजुंङमा छायांकन गरिएको हो ।
फिल्मले युकेमा प्रदर्शन भई  च्यारिटी शो बाट उठेको ५० प्रतिशत रकम तमु प्ये ल्हु संघ युकेको सामुदायीक भवनको लागी सहयोग गरिसकेको छ र यस चलचित्र, नेपाल चलचित्र बिकास बोर्ड मातृभाषा प्रबधन समितिले वषैपिच्छे  आयोजना गर्दै आएको आदिवासी जनजाति मातृभाषि चलचित्र प्रोत्साहन पुरुस्कारबाट सम्मानित भैसकेको छ ।


फिल्ममा साजन गुरुङ, कमल गुरुङ, निस्ता गुरुङ, बिमा गुरुङ र जेनी गुरुङको मुख्य भूमिका छ । यस्तै, कोषबहादुर गुरुङ, केयरसिंह गुरुङ, मनी सरब्ज गुरुङ, गेमप्रसाद गुरुङ, चन्द्र गुरुङ, राजबहादुर गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।
गीतकार केयर सिं गुरुङ रहेको फिल्ममा संगीत मनोज गुरुङको र स्वर मनोज गुरुङ र मौसमी गुरुङको रहेको छ भने छायांकन/सम्पादन खिम बहादुर गुरुङ रहेकोमा निर्देशक मनोज गुरुङले गर्नुभएको  छ ।  फिल्मलाई मनोज तमु,रक्षा तमु,राम तमु,मन बहादुर तमु,काशी तमु र मनोज तमुले लगानी रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*