Latest News

गुरुङ भाषा बर्णविन्यास पुनरावलोकन कार्यशाला गोष्ठी सम्पन्न

हुम तमु
पोखरा, १४ साउन
मातृभाषा केन्द्र नेपाल र तमु धिं नेपालको आयोजनामा शनिवार पोखरामा गुरुङ भाषा बर्ण विन्यास पुनरावलोकन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गुरुङ भाषाको लेखनशैलीलाई स्तरीकरण बनाउन, गुरुङ भाषीहरु विच लेखाईमा एक रुपता ल्याउन, सजिलो गरी लेखपढ गर्न, औपचारिक वा अनौपचारिक शिक्षामा पठन पाठन गर्न सक्ने बनाउन, उच्चारणको सही प्रतिनीधित्वको सहजताका लागि कार्यशाला गोष्ठी गरिएको हो । 
गोष्ठीमा सिल इन्टरनेशनल नेपालका परामर्शदाता, भाषाविद र सहजकर्ता दिवाकरमान श्रेष्ठले शुद्ध लेखन शैलीका मान्यताहरु, वर्ण निर्धारण प्रक्रिया, व्यञ्जन वर्णहरु, स्वर वर्णहरु, गुरुङ वर्णमाला, आगन्तुक शब्दहरुको लेखनशैली, विभक्ति र निपातको प्रयोग, संयुक्त शब्दाहरु, बिराम चिन्हहरुको प्रयोग लगायतका विषगत छलफल गराउनु भएको थियो । 
कार्यक्रमका सहभागी लमजुङ, तनहु, कास्की, पर्वत, स्याङजाका प्रतिनीधिहरु,तमु धिं नेपालका पदाधिकारी कार्यसमिति, क्षेत्रीय तमु समाजका प्रतिनीधिहरुले विभिन्न सुझाव दिएका थिए । गोष्ठीमा यसभन्दा अघि काठमाडौंमा मातृभाषा केन्द्र नेपाल र सिल इन्टरनेशनल नेपालद्धारा आयोजित कार्यशालाबाट तयार पारिएको गुरुङ भाषाको लेखन शैली पुस्तिका बारे समेत छलफल गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*