Latest News

गोरखाका गुरुङको जापानमा निधन

८ अगष्ट, टोकियो –
     उच्च शिक्षा अध्ययनका लागि जापान आएका गोरखा गण्डकी गाउँपालिका-७ चुर्लिङका डम्बरबहादुर गुरुङको निधन भएको छ । २०१५ को अपि्रल सेसनमा विद्यार्थी भिसामा जापान आएका गुरुङ आज बिहान आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए ।२६ वर्षीय गुरुङ कोबेस्थित कोबे आर्ट सेन्मोन गाक्कोमा अध्ययनरत थिए ।
      सोमबार राति १० बजे कामबाट फर्किएपछि खाना खाएर सुतेका गुरुङ बिहान ६ः३० बजेतिर एक्कासी चिच्याएपछि के भयो भन्दै साथी पुग्दा अचेत अवस्थामा भेटिएका थिए । लगत्तै उपचारका लागि कोबेस्थित च्युओ सिमिन अस्पतालमा पुर्‍याएपनि डाक्टरहरुले करिव ९ बजेतिर गुरुङलाई मृत घोषणा गरे ।उनी अध्ययनरत विद्यालयले गुरुङको आसमायिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।विद्यालयले मृतक गुरुङ कुनै त्यस्तो बिरामी नपरेको तर आज एक्कासी घटेको यो दुखद घटनाले अचम्मित भएको बताएको छ । गुरुङको मृत्युको कारण भने प्रहरीले पोस्मार्टमपछि मात्र भन्न सकिने बताएको छ ।
      साभार :  ईगोरखा डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*