Latest News

ग्य्राण्ड मास्टर एनजे गुरुङले प्रस्तुत गरे गिनिज वर्ल्ड रेकर्डका लागि दावेदारी

आइतबार, १६ असोज, २०७३

लन्डन । ग्य्राण्ड मास्टर डा. एनजे गुरुङले मोस्ट नकल पुस अप वान मिनेट गिनिज वर्ल्ड रेकर्डका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । आइतबार २ अक्टोबर, २०१६ का दिन बिहान नर्थहोल्ट पार्क सोसियल क्लव, लन्डनमा उनले एक मिनेटमा ९४ पटक पुस अप गरे । हालसम्म गिनिजको मोस्ट नकल पुस अप वान मिनेट रेकर्डमा ८४ कायम छ । क्यानेडियन नागरिकले उक्त कीर्तिमान बनाएका हुन् । आइतबार तेक्वान्दोका आठौं डान गुरुङले बेलायती क्वालिफाइड अफिसियल, निर्णायक, नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न व्यवसायीक व्यक्तित्व र पत्रकारहरुको माझमा उनले नयाँ कीर्तिमानको दावेदारी प्रस्तुत गरेका हुन् । सम्भवतः दश देखि १२ हप्ताभित्र गिनिज वर्ल्ड रेकर्डले उनलाई विश्वकै पहिलो रेकर्ड होल्डरमा नाम अंकित गर्नेछ । एनआरएनए आइसीसी युरोप स्पोर्टस टाक्स फोर्सका संयोजक गुरुङ एनजे तेक्वान्दो एकेडेमी यूकेका संस्थापक समेत हुन् । उनी नोआ आर्क स्पोर्ट साइन्स युनिभर्सिटी बिल्डिङ्ग द गडस किङगडम मिसन नामक च्यारिटी संस्था दर्ता गरेर खेलकुद विकासमा खटिने अभियानमा छन् । भविष्यमा तेक्वान्दोबाट नेपाललाई ओलम्पिकमा सहभागिता गराउने उनको अठोट छ । एन्टा यूके अध्यक्ष समेत रहेका गुरुङले सन् २०१२ र २०१६ को ओलम्पिकका लागि संस्थामार्फत आर्थिक सहयोग गरेका थिए ।

साभार : नेपालीपत्र डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*