Latest News

घर जाने टिकेट लिसकेका टुक प्रसाद ईतिहात टावरको ४२ औ तल्लावाट खसेर मृत्यु

लम्जुङको बाजोखेत , भाचोक घर भई युएईको अवुधावी शहर स्थित मिजार्मी कम्पनीमा कार्यरत २९ वर्षीय टुक प्रसाद गुरुङको आइतबार विहान करीब ०८:३० बजे आबुधाबीको कर्निस मा अबस्थित ईतिहात टावर को ४२ औ तल्लामा काम गर्ने क्रममा रोप चुडिएर खस्दा घटना स्थलमै मृत्यु भएको छ ।
टुक प्रसाद ११ महिना अघि मात्र युएई आएका थिए उनी आउने अक्टोबर महिना घर जाने तयारीमा टिकेट समेत बुक गरेर बसेका थिए !
उनका घरमा एउटी ६ बर्सकी छोरी र आफू युएई आएको ६ महिनामा जन्मेका ५ महिने छोरा छन । त्येहि दुधे नावालकको मुख हेर्ने धोकोले युएई आएका बर्स दिन नबित्दै घर जाने निर्णय गरेका थिए ।
उनले काम गर्दै आएको मेजार्मी कम्पनी दुबईमा रहेको र काम गर्ने साईट आबुधाबी थिए !
युएईको यश मेजार्मी कम्पनीमा यो घट्ना करीब २५ बर्सपछी भएको कम्पनीले दाबी गरेका छन !
अहिले उनको डेथबडी हस्पिटलमा राखिएको छ । कम्पनीले एक हप्ता भित्र उनको डेथबडी नेपाल पठाउने तयारी गरीरहेको भन्दै मृतक टुक प्रसाद सँगै एउटै कम्पनीमा काम गर्ने करन गुरुङले जानाकारी दिएका छन ।

साभार : प्रवासी डट अनलाईन

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*