Latest News

ङोलो ङोल्स्यो ग्रुप द्वारा क्यान्सर पिडित प्रिया गुरुङलाइ रकम हस्तानत्रण

रिता गुरुङ
“तमुमै ता ” डट्कम

असार ३ गते सनिबारको दिन  ङोलो ङोल्स्यो ग्रुप द्वारा क्यान्सर पिडित प्रिया गुरुङलाइ सहयोग स्वरुप  रकम हस्तान्त्रण गरियो | स्थाई घर गोर्खा हाल लेखनाथ पोखरा नगरपालिका रत्नचोक (जनप्रिय क्याम्पस ) नजिक बसोबास गरिरहेकी १९ बर्षीय प्रिया गुरुङ अहिले इंडियाको अस्पतालमा उपचार गराइरहेकी छिन | उनि क्यान्सर जस्तो ठुलो रोगले ग्रसित छिन |त्यस रोगलाई उपचारको  लागि धेरै खर्च लाग्ने डाक्टरहरुले बताएको छ | प्रिया गुरुङको आर्थिक स्थिति सारै नाजुक रहेको छ | उनीलाई अहिले ठुलो आर्थिक सहयोगको आवश्यकता परेको हुनाले सोहि कुरालाइ मध्यनजर गरि ङोलो ङस्ल्स्यो ग्रुपले पनि प्रिया गुरुङको लागि सबै ग्रुपको मेम्बरहरुले आर्थिक संकलन गरेको थियो | गित संगीतमा रुचि राखी स्मूल सन्जालमा  आबद्द भै देश बिदेशमा रहेका गुरुङहरुले  आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने साथै गुरुङहरु कसैलाई आपद विपद परेको बेला धेरै थोरै सहयोग गर्ने हेतुले एउटा ग्रुपको स्थापना गरेको छ | जसलाई “हामी गुरुङ एक हौ ” भन्ने मूल नारा सहित  ङोलो ङोल्स्यो ग्रुप ( एन. एन. जी. ) भनि नाम राखिएको छ | जसको सहयोग  सुरुवात प्रिया गुरुङबाट सुरु गरिएको छ | ङोलो ङोल्स्योका मेम्बरहरुले उहाँको लागि हृदय खोलि सक्दो आर्थिक सहयोग तथा सु-स्वास्थ्यको कामना  गरिएको छ | सोहि रकम ङोलो ङोल्स्यो ग्रुपका केहि लिडर तथा मेम्बरहरु प्रिया गुरुङको घरमै गई उहाँको परिवारलाई ३ गते सनिबारको दिन उनको आमा र बैनीलाइ भेटघाट गरि नगद रु. २०,१,१११|- (दुइ लाख एक हजार एक सय एघार ) रुपैया रकम हस्तान्त्रण थियो | सो रकम प्राप्त गर्दा प्रियाको आमाले गहभरि आँसु  गरि सबै जना ङोलो ङोल्स्यो ग्रुपलाइ छोरी प्रियाको लागि यति ठुलो सहयोग गरिदिनुभएकोमा सबैलाई धेरै धेरै धन्यबाद दिनुभएको थियो |