Latest News

चलचित्रको माध्यमबाट पनि सामाजिक सेवा

तमुमै डट्कम पोखरा,११

यही  आउदो  मे ७ मा हङकङको  याउमा  ताइ कम्युनिटी  हलमा  प्रदर्सन हुँदैछ, चलचित्र “भेडी गोठले” । मिलन डि.जि .इन्टरनेसनल  प्रा.लि को  पहिलो  प्रस्तुतिको  रुपमा  रहेको  “भेडी गोठाले” को कार्यकारीणी  निर्माता  दुर्गा  गुरुङ  मिलन  हुनुहुन्छ भने  अन्य  ३    निर्माताहरुमा  बिक्रम  गुरुङ (मिलन)HK, बिजया  गुरुङ (मिलन)HK र देउकी  सिंन्जाली दिपिका (मिलन) हुन । लेखन / निर्देशन धेरै लामो समय देखी यस क्षेत्रमा  सकृया सुबाश गुरुङले गर्नुभएको छ । लमजुङको  ईलाम  पोखरी र भारते  डिन  गाँउमा  छायाङ्कन  गरिएको  यो  चलचित्रको  छायाङ्कन प्रकाश  गुरुङ(काश) को रहेको छ भने भने  सम्पादन राजन  पुवर को रहेको छ ।कलाकारहरुमा  राजेश  गुरुङ, अस्मि गुरुङ, खुशी गुरुङ, सनम गुरुङ, मेख गुरुङ,ध्वज गुरुङ  र गौरी  गुरुङ(मिलन) छन्  भने  अतिथि  कलाकारमा दुर्गा  गुरुङ (मिलन)  हुनुहुन्छ । उक्त चलचित्रको प्रदर्शन नितान्त  सामाजिक  उदेस्यका  साथ  आयोजना हुँदैछ ।

जसको लागि मिलन डि. जि. इन्टरनेशनल प्रा.लि.नेपालका अध्यक्ष एवम कार्यकारीणी निर्माता दुर्गा गुरुङ मिलनले हङकङ प्रदर्शनको सम्पूर्ण मुनाफा नेपालको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष स्थापना गरिने घोषणा गरिसक्नुभएको छ । यस चलचित्रको प्रदर्सन भब्य बनाउनको लागि नेपालबाट पाल्नु हुने नायिका अस्मी गुरुङ र मिस तमुस्यो निशा गुरुङबाट प्रतुती पस्कनेछन । यति राम्रो सामाजिक उदेस्यका साथ हुन लागेको प्रदर्शन कार्यक्रममा सहभागि हुने मौका जुर्दा ज्यादै गौरव महसुस भएको र सम्पूर्ण हङकङ बासि दर्शकहरुमा हार्दिक निमन्त्रणको आह्वान गर्नुभ्एको छ मिस तमुस्यो नेपालका बीजेता २०१६ निशा गुरुङ ।

दुर्गा गुरुङले बिगत लामो समयदेखी मिलन फाउन्डेसन मार्फत सामाजिक सेवा गर्दै आउनु भएको छ । मिलन फाउण्डेसन सस्थाका संस्थापक पनि दुर्गा गुरुङ नै हुन । मिलन फाउन्डेसनले नियमित रुपमा स्वास्थ्य शिविर सन्चालन, ब्रिद्धा आस्राममा सहयोग बितरण र खेलाडिहरुलाई खेलकुद सामाग्री बितरण गर्दै अाइ रहेको छ । वहाँको सामाजिक भावना देखी प्रभाबित “भेडी गोठाले” का निर्देशक सुबाश गुरुङ भन्नु हुन्छ यस चलचित्रको माध्यमा बाट पनि प्रतक्ष रुपमा सामाजिक सेवा हुँदा ज्यादै खुशी छु । त्यसैले पनि यो चलचित्र मेरो लागि बिशेष महत्व राख्छ ।

   यस्तै सामाजिक उदेस्यका साथ ” भेडी गोठाले ” चलचित्रको प्रथम प्रदर्शन बेसिसहरमा फाल्गुन ७ मा प्रदर्शन भएको थियो । तमु प्ये ल्हु संघ बेसिसहरको कोहइबो धीँ निर्माण सहयोगार्थ प्रदर्शन गरिएको उक्त प्रदर्सनबाट रु. १३५००० बचत गर्न सफल भएको थियो ।उक्त सम्पूर्ण रकम तमु प्ये ल्हु संघ बेसिसहरलाई हस्तान्तरण गरिएको जानकारी कार्यक्रम संयोजक खुशी गुरुङले जानकारी दिनुभयो । सामाजिक कार्यलाई यती ठुलो सहयोग पाउदा खुशी हुँदै तमु प्ये ल्हु संघ बेसिसहरका अध्यक्ष क्या. मिल बहादुर गुरुङ भन्नुहुन्छ,कार्यकारीणी निर्माता दुर्गा गुरुङले आम्दानीको शतप्रतिशत सहयोग दिने बाचन दिनुभएपछी हामी सबै उत्साही भयौ र लाग्यौ । धेरै पटक गुरुङ चलचित्रको प्रदर्शनको आयोजना गरियो तर पहिलो पटक हो, पूर्ण रुपमा सामाजिक भावनाले सम्पूर्ण आम्दानी हाम्रो संस्थालाई प्रदान गरिएको त्यसैले दुर्गा गुरुङ मिलनप्रती हाम्रो संस्था धेरै आभारी छ ।

दुर्गा गुरुङले बिगत लामो समयदेखी मिलन फाउन्डेसन नेपाल मार्फत सामाजिक सेवा गर्दै आउनुभएको छ । मिलन फाउण्डेसन नेपालका संस्थापक पनि दुर्गा गुरुङ नै हुन । मिलन फाउन्डेसन नेपालले नेपालको बिभिन्न क्षेत्रमा नियमित रुपमा स्वास्थ्य शिविर सन्चालन, बृद्धा आश्रममा सहयोग बितरण र खेलाडिहरुलाई खेलकुद सामाग्री बितरण गर्दै अाइरहेको छ ।

वहाँको सामाजिक भावना देखी प्रभाबित “भेडी गोठाले” का निर्देशक सुबाश गुरुङ भन्नु हुन्छ यस चलचित्रको माध्यमबाट पनि प्रत्यक्ष रुपमा सामाजिक सेवा हुँदा ज्यादै खुशी छु । त्यसैले पनि यो चलचित्र मेरो लागि बिशेष महत्व राख्छ । दुर्गा गुरुङ पनि सम्पूर्ण हङकङ बासीहरुलाई आफ्नो यो सामाजिक अभियानलाई खुलेर सहयोग गर्न साथै नितान्त मौलिक चलचित्रको मज्जा लिन  आव्हान   गर्नुभयो । दुर्गा  गुरुङ  भन्नुहुन्छ,चलचित्र निर्माणले गर्दा  हाम्रा  कलाकार र प्राबिधिकलाई  रोजगारको  अवसर  मिल्छ  भने  चलचित्रमा  कैद  गर्न सकिन्छ  प्रदर्शनबाट भएको मुनाफाले  सामाजिक सेवा पनि  गर्न  पाइने  हुनाले ” भेडी  गोठाले ” निर्माणमा हात  हालेको  हुँ । चलचित्रको निर्माणले हाम्रा  सस्कृति, सम्पदा  आदिलाई  स्रब्य द्रिस्य  दस्ताबेजको रुपमा संग्रहित गरी हाम्रा  भाबी  पुस्ताको  लागि  जगेर्ना  गरेर  राख्ने हुनाले  मलाई  सबैभन्दा  बढी सन्तुस्टी  यसमा नै  मिलेको बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*