Latest News

चारभञ्ज्याङ तमु समाजमा स्वागत, सम्मान तथा समाजलाई ७१ हजार सहयोग

हुम तमु
पोखरा, २१ साउन
              पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले शनिवार स्वागत,सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ को वडा सदस्यमा निर्वाचित चारभञ्ज्याङकी चेली शान्ता तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई नै घलेक, खादा बुकी लगायतले समाजका अध्यक्ष प्रदिपकुमार तमु, आमा समिति अध्यक्ष डम्बरकुमारी तमु, सल्लाहकार तथा बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद तमुले सम्मान गर्नुभएको हो । कार्यक्रममा विदेशबाट घरबिदामा आउनु भएका चित्रबहादुर तमु, दिनेश तमु, विनोद तमु, भारतीय सेनाबाट सेवानिवृत्त रामबहादुर तमु र समाजका नयाँ सदस्य सुवेदार लालकाजी तमु लगायतलाई खादा र बुकेद्धारा समाजका निवर्तमान अध्यक्ष सुमे नारायणसिंह तमु, सल्लाहकार क्या.धर्मलाल तमु, सल्लाहकार कुलबहादुर तमु, सल्लाहकार हुमबहादुर तमु, आमा अध्यक्ष डम्बरकुमारी तमु लगायतले स्वागत गर्नुभएको थियो ।
              उक्त कार्यक्रममा समाजलाई प्रमुख अतिथि सान्ता तमुले १० हजार ५ सय, सु.लालकाजी तमुले १५ हजार १५५, रामबहादुर तमुले १५ हजार १०, चित्रबहादुर तमुले १५ हजार, दिनेश तमुले ११ हजार ५ र बिनोद तमुले ५ हजार ५ रुपैया सहयोग प्रदान गर्नुभएको थियो । समाजका अध्यक्ष प्रदिपकुमार तमुको अध्यक्षता, उपाध्यक्ष क्या.टेकबहादुर तमुले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि सान्ता तमु, सल्लाहकार तथा भवन निर्माण समितिका संयोजक क्या.धर्मलाल तमु, घरविदामा आउनु भएको विनोद तमु लगायतले मन्तव्य व्यक्त गर्नुहुदै समाजको एकता, क्रियाशिलता, भाषा, सँस्कार सँस्कृतिको संरक्षणका लागि चासो दिनुपर्नेमा जोड दिनुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*