Latest News

चिउली पार्चे तमु समाज चापापानी – १२ पोखराको ३२औ साधारण सभा तथा बिद्धयार्थी सम्मान कार्यक्रम

रिता गुरुङ
“तमुमै ता ” डट्कम

चिउली पार्चे तमु समाज चापापानी – १२ पोखराको ३२औ साधारण सभा तथा बिद्धयार्थी सम्मान कार्यक्रम २०७४ श्रावण १० गते मंगलबार सम्पन्न भएको थियो | सुब्दार श्री रण बहादुर गुरुङज्युको अध्यक्षता सचिब श्री डम्बर बहादुर गुरुङज्युले कार्यक्रम संचालन गर्नु भएको थियो | कार्यक्रममा प्रमुख अतिथि श्री रण बहादुर गुरुङज्युले गर्नुभएको थियो |

कार्यक्रममा सर्बप्रथम समाजका दिवंगत  भएका सदस्यहरु प्रति समबेदना तथा हार्दिक श्रदान्जली ज्ञापन गर्दै मौन धारण गरिएको थियो | उक्त कार्यक्रममा वडा अध्यक्ष श्री सुरज कुमार गुरुङ , एमाले जिल्ला उपसभापति  श्री मन बहादुर गुरुङ , मादी गाउँ पालिका वडा नं. नेपाली कांग्रेस कै क्षेत्रिय अध्यक्ष सुबदार श्री जग प्रसाद गुरुङ , ह्वाईट लोटसका प्रबन्धक निर्देशक श्री युग बहादुर गुरुङज्युले मन्तब्य भाषण गर्नुभएको थियो | सोही मन्तब्यको कार्यक्रममा वडा अध्यक्ष श्री सुरज कुमार गुरुङज्युले पोखरा सिक्लेस मर्मत सम्भारको लागि १ करोड बजेट छुट्ट्याएको कुरा पनि उल्लेख गर्नुभएको थियो | साथै पोखरा देखि सोदा हुदैँ खिलाङ्ग जोड्ने योजना गरिएको बताउनु भयो जुन बाटो पोखरा सिक्लेस जान  छोटो र सुबिधाजनक हुनेछ |             कार्यक्रममा कोषाध्यक्ष बाट समाजको आर्थिक आय / व्ययको बिबरण पनि पेश गर्नुभएको थियो | सोही कार्यक्रममा उक्त समाजको यसै वर्ष एस . ई . ई. उत्तीर्ण भएका बिद्धयार्थी भाइ बहिनीहरुलाई सम्मान गरिएको थियो |

उक्त कार्यक्रममा आमा समुह द्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो | अन्त्यमा अध्यक्ष सुब्दार श्री रण बहादुर गुरुङज्युले मन्तब्य भाषण साथै सभामा पाल्नुहुने सबै जनालाई धन्यबाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नु भएको थियो |

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*