Latest News

चिउली पार्चे युवा समिती पोखराद्वारा देवी जंग र केश सम्मानित

बेल गुरुङ
पोखरा, १ असोज –
चिउली पार्चे तमु समाज युवा समिती पोखराले आईतवार (आज) एक कार्यक्रमका बिच क्लवका सक्रिय दुई युवाहरु देवी जंग गुरुङ र केश गुरुङलाई सम्मान गरेको छ । देवी जंग गुरुङलाई नेपाल सरकारका माननीय कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीको सल्लाहकारमा नियुक्त हुनु भएकोमा र केश गुरुङलाई माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रको १६ औं वार्षिकोत्सवमा सम्मानित हुनु भएकोमा सम्मान प्रदान गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ चापापानी स्थित समाजको भवनमा समाजका उपाध्यक्ष wo2 बल बहादुर गुरुङको प्रमुख अतिथ्यमा उहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजका उपाध्यक्ष wo2 गुरुङले समाजका युवाहरुलाई सम्मान गर्न पाउदा निकै खुशी लागेको बताउदै सम्मानित व्यक्तित्वहरुलाई भावी दिनमा पनि प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व देवी जंग गुरुङले सम्मानका लागि युवा समिति प्रति आभार व्यक्त गर्दै आफ्नो अनुभव सुनाउनुका साथै काहुखोला सिक्लेस ग्रामिण सडक पिच गर्ने, ढाड्बेशी खोलामाथि पक्कि पुल निर्माण गर्ने लगायतका कार्ययोजना प्रक्रियागत रुपमा अगाडी बढाइएको जानकारी गराउनुभयो । उहाले समाज र क्लवको सहयोगका लागि आफु सदा तत्पर रहेको पनि बताउनुभयो ।
यसै गरी अर्का सम्मानित व्यक्तित्व केश गुरुङले युवा समिति प्रति आभार व्यक्त गर्दै समाज र क्लवसंग सहकार्य गर्न आफु सधै तयार रहेको बताउनुभयो । उहाले भन्नुभयो “मैले क्लवका लागि केहि गरेको रहेछु भन्ने कुरा आजको यो सम्मानले थाहा भयो, आगामी दिनमा पनि मेरो तर्फबाट क्लवलाई हरसम्भव सहयोग गर्न प्रतिवद्द छु” ।
कार्यक्रममा बोल्दै विशेष अतिथि समाज आमा समितिका अध्यक्ष पदम शोभा गुरुङले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गर्दै समाजले यस्ता होनाहार युवाहरु पाउदा गर्वको महसुस गरेको बताउनुभयो । यसै गरि युवा समिति अन्तर्गतको खेलकुद विभाग प्रमुख दिलिप गुरुङले सम्मानित व्यक्तित्वहरुलाई भावी दिनमा पनि यसै गरि प्रगतिको बाटोमा अघि बढन शुभकामना व्यक्त गर्नुभयो ।
तमु समाज युवा समिति पोखराका अध्यक्ष पिम प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धि गुरुङले गर्नु भएको कार्यक्रमको संचालन सचिव डिवी गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई युवा समितिका सदस्यहरुले पनि फुल गुछा दिएर बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।
साभार : रेडियो गोर्खाली डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*