Latest News

चितवनमा दुई महीने भाषा कक्षा सञ्चालन

पुनम तमु
तमुमै ता डटकम
पोखरा,१६ शनिबार

नेपाल तमु बिधार्थी छोज धी जिल्ला कार्य समितिको आयोजनामा यही बैशाख १४ गते दुई महीने तमु(गुरुङ्ग) भाषा कक्षा सञ्चालन कार्यक्रमको उदघाटन एक कार्यक्रम बिच भब्य रुपमा समपन्न भएको छ ।
चितवानमा बसोवास गर्ने हरेक बर्गका मानिसहरुलाई केहि हद सम्म भाषा सम्बन्धी केहि जानकारी प्राप्त रहोस भन्ने हेतुले हरेक बर्ष चितवनको ठाउँ ठाउँमा भाषा कक्षा संञ्चालन गर्दै अाइ रहेकोछ । यो बर्ष टसी छोलिङ बौद्ध गुम्बा रत्ननगर चितवानमा आयोजना गर्न लागेका बिधार्थी छोज धी जिल्लाका अध्यक्ष गौरब गुरुङले बताऊनुभएको छ ।
स्थानीय बासिन्दाहरुलाई भाषा कक्षाबाट धेरै नै भाषा सम्बन्धी ज्ञान र मोह होस् भनी भाषा कक्षा सञ्चालन गर्नुभएको छ । तमु भाषा कक्षा सञ्चालनका उदघाटनबाट त्यहाँका वासिनदाहरुमा निकै उत्सुकता बढेको थियो । गुरुङ्ग समुदायमा जन्मेर गुरुङ भाषा जान्नु एकदमै आवश्यक रहेको र चितवन बासिले जून उत्साह जागृत गरी भाषा कक्षा सञ्चालन गर्न लागिरहेको छ, सम्पूर्णलाई धन्यवाद भन्दै हामी गुरुङ जातिको  पहिचानको आधार र सम्पति भनेको नै भाषा हो, यदि भाषा सिक्नमा हामीले इच्छा जागृत गयौ भने सफलता पाऊँन पछि नपर्ने भाब ब्यक्त गर्नुभएको छ कार्यक्रममा प्रमुख अतिथि तमु हूयुला छोज धी गुरुङ्ग राष्ट्रिय परिषद  चितवनका जिल्ला अध्यक्ष गणेश बहादुर तमूले । साथै कार्यक्रमको पूर्ण सफलताको कामना सहित तमु ह्यूला छोज धी पिठुवा इकाईका अध्यक्ष तथा भाषा कक्षा संचालनका ब्यवस्थापन समितिका संयोजक बुद्धि गुरुङ्ग, नेपाल तमु बिधार्थी छोज धी केन्द्रीय उपाध्यक्ष बीमस गुरुङ्ग, नेपाल तमु बिधार्थी छोज धी जिल्ला कार्य समितिका सदस्य किस्ण बहादुर गुरुङ, ह्वाइट लोटस स्टूडीयोका निर्देशक युग गुरुङ्ग, तमुमै ता कार्यक्रमको प्रस्तोता पुनम गुरुङ्ग लगायत ब्यक्तिहरुले शुभकामाना ब्यक्त गर्नुभएको थियो । भने दुई महीने तमु(गुरुङ) भाषा कक्षाका शिक्षक हिरा गुरुङ्ग र पुनम गुरुङ्गले अबको दुई महीने भित्र चितवन बासीलाई हामीले सकेको भाषा सिकाउने र पढन आउनेहरुले मन लगाएर पढ़न आग्रह गर्नुभएको छ ।
नेपाल तमु बिधार्थी छोज धी जिल्ला कार्य समिति चितवानका अध्यक्ष गौरब गुरुङ्गको अध्यक्षतामा सम्पनन भएको कार्यक्रममा स्वागत मन्तब्य पिठुवा टाडी तमु सामाजका पूर्व अध्यक्ष एक बहादुर गुरुङ्गले राख्नुभएको थियो l

फोटो : नेत्र गुरुङ