Latest News

जति उमेर उत्ति नै फिल्म

असार ४, २०७४

यतिबेला हेमन्त रानाको ‘चालीस कटेसी रमाउँला…’ गीत चर्चामा छ । चलचित्रकर्मी प्रितम गुरुङले भने ४० वर्षमै रोचक कीर्तिमान राखेका छन् । २४ वर्षको उमेरमा गुरुङ फिल्म ‘ङोल्स्यो’ (सोल्टिनी) को लेखन/निर्देशन गरेका प्रितमले ४० वर्षमा ४० वटै फिल्म निर्देशन गरेका छन् । उनको फिल्म यात्रा भने १९ वर्षको उमेरमै सुरु भएको थियो । २०५२ मा पहिलो गुरुङ भाषाको फिल्म ‘पातें’ (माइली) अभिनय गरेर उनले फिल्मी करिअर थालेका थिए । अहिले उनी गुरुङ समुदायको भिन्न सेलिब्रिटी बनेका छन् । लेखन र निर्देशनमा झन्डै साढे एक दशक बिताएका उनले मातृभाषी र मातृसंस्कृतिमाथि मात्रै फिल्म बनाएनन् । मगर र नेपाली भाषाका फिल्म लेखन र निर्देशन पनि गरे । उनको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘स्याङ्जाली ठिटो’ प्रदर्शनको तयारीमा छ । योसँगै उनले निर्देशन गरेको फिल्मको संख्या ४० पुगेको हो । सबै फिल्मको कथा उनी आफैंले लेखेका हुन् । केही महिनाअघि उनैले ‘रोधीं सिने अवार्ड’ समेत गरेका थिए । ‘फिल्म नै मेरो जीवन बन्यो,’ उनी भन्छन् ।
तनहुँको वसन्तपुरस्थित चन्दनी गाउँ पुख्र्यौली घर भएका प्रितमले २०४७ मै रोधीं परिवार बनाएका थिए । उनी सचिव रहेको त्यही रोधींले २०५१ को अन्त्यतिर भिडियो फिल्म बनाउने निर्णय गर्‍यो । अनि युवराज मास्की मगरको निर्देशनमा ‘पातें’ (माइली) फिल्म बन्यो । प्रितमले अभिनयको अवसर पाए । उक्त फिल्ममा खेम गुरुङ, सरु गुरुङ, अनु गुरुङलगायत कलाकार थिए । २०५५ मा नेपाल टेलिभिजनबाट ‘पातें’ प्रसारण भएपछि गुरुङ फिल्मले फडको मारेको उनी बताउँछन् । ‘त्यसपछि देशविदेशबाट फिल्म खेल्नुपर्छ, बनाउनुपर्छ भन्ने आवाज आयो । अनि फिल्म बनाउने जाँगर पलायो,’ उनले भने ।
साभार : इकान्तिपुर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*