Latest News

जनकल्याण तमु समाज (थाक) को २६ औं वार्षिकोत्सव तथा साधारण सभा

हुम गुरुङ

पोखरा, १५ साउन

जनकल्याण तमु समाज (थाक) को अध्यक्षमा पुनः इन्द्रबहादु तमु चयन हुनुभएको छ । पोखरा १२ नहरमार्ग स्थित समाजको २६ औं वार्षिकोत्सव तथा साधारण सभाले सर्वसम्मत कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा चन्द्र बहादुर तमु, सचिवमा मिना तमु, सह–सचिवमा खोमबहादुर तमु, कोषाध्यक्षमा सु.गणेशबहादुर तमु चयन हुनुभएको छ ।                  त्यस्तै सदस्यहरुमा हरि बहादुर तमु, यज्ञ बहादुर तमु, बालकृष्ण तमु, बृल बहादुर तमु, तुलाराम तमु, नन्दकुमारी तमु, आशकुमारी तमु, सावित्रि तमु, रिता तमु, पुष्पा देवी तमु, हुकुमबहादुर तमु र बले बहादुर तमु चयन हुनुभएको छ । यसैगरी आमा समितिको अध्यक्षमा नन्दाकुमारी तमु चयन हुनुभएको छ । पुन ः अध्यक्षमा सर्वसम्मत चयन हुनु भएका इन्द्रबहादुर तमुले आफ्नो पुर्खाहरुको सांस्कृतिक धरोहरलाई बचाई राख्नन गुरुङ संस्कृतिको विकास तथा सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजको २६ औं वार्षिकोत्सवमा आर्थिक वर्षा २०७३ ÷ ०७४ को आयव्यय कोषाध्यक्ष सु. गणेशबहादुर तमुले प्रस्तुत गुर्नभएको थियो भने समाजका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुती गर मनोरञ्जन प्रदान गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*