Latest News

टेलिमेडिसिन सञ्चालनार्थ हङकङ अध्यक्षद्धारा १ लाख अक्षयकोष

हुम तमु
पोखरा, २५
चारभञ्ज्याङ भेकका ग्रामीण जनतालाई निशुल्क, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चारभञ्ज्याङ तमु समाजद्धारा ठानामौला खाल्टेमा स्थापना गरी सञ्चालित टेलिमेडिसिनको दिगोपनाका लागि चारभञ्ज्याङ तमु समाज हङकङकी अध्यक्ष अनिता तमुले एक लाख रुपैया अक्षयकोष प्रदान गर्नुभएको छ ।
चारभञ्ज्याङ तमु समाज युकेको अगुवाईमा जनस्तरबाट सञ्चालित टेलिमेडिसिनको दिगोपन र गुणस्तरीय सेवाका लागि चारभञ्ज्याङका सदस्यहरु अक्षयकोषदाता बन्दै उक्त रकमको व्याजबाट औषधि र प्राविधीक, कर्मचारीलाई तलव प्रदान गर्दै आइरहेकोमा अध्यक्ष तमु अक्षयकोषादाता बन्नुभएको हो ।
टेलिमेडिसिन सञ्चलनार्थ एक करोड अक्षयकोष स्थापनाले पनि मासिक खर्च नपुग्ने भएकाले चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिले कोष २ करोड पुर्याउने निर्णय गर्ने वित्तिकै हङकङ अध्यक्ष तमुले एक लाख कोषमा प्रदान गर्नुभएको हो । 
बुधवार सम्पन्न अन्र्तराष्ट्रिय समन्वय समितिको बैठकले टेलिमडिसिनलाई थप गुणस्तरीय र दिगोपनका लागि अक्षयकोष २ करोड पुर्याउने, स्थानीय तह र सरकारसँग सहयोग माग गर्ने, चारभञ्ज्याङ गाँउहरुमा चारभञ्ज्याङ तमु समाज युकेको पहलमा विगतदेखि वर्षेनी गरिदै आएको निशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन सहयोग गर्ने, चारभञ्ज्याङको विकास तथा दुख प्रकोप, सुखमा आइसिसीसँग समन्वय गरेर मात्र गतिविधी बढाउने, आइसिसिको प्रवक्ता एनवी(युवन) तमु युके बसोवास तथा व्यस्तताले उक्त पदमा डिवी तमुलाई मनोनयन गर्ने निर्णय गरेको महासचिव हुमबहादुर तमुले जानकारी दिनुभयो ।
बैठकको अध्यक्षता गर्नुभएका आइसिसिका अध्यक्ष क्या.चन्द्रप्रसाद तमु, संरक्षक क्या.देउबहादुर तमु, प्रमुख संरक्षक गणेशबहादुर तमु, संरक्षक क्या.धर्मलाल तमु, चारभञ्ज्याङ सेवा केन्द्रका अध्यक्ष कुलबहादुर तमु, हङकङ अध्यक्ष अनिता तमु, पोखरा अध्यक्ष प्रदिप तमु, काठमाडौं प्रतिनिधी सुमे लालकाजी तमु, आमा अध्यक्ष डम्बरकुमारी तमु, पोखराका सचिव माओत्सेतुङ तमु छलफलमा सहभागी हुनु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*