Latest News

टौमाया गुरुङ दोस्रो म्युजिक भिडियोको शुभारम्भा कार्यक्रम सम्पन्

रोशनी गुरुङ, तमुमै ता डट् कम्

वालिङ, कार्तिक २०

तमू समाज कतारकी महिला विभाग प्रमुख एवं कलाकार टौमाया गुरुङको दोस्रो म्युजिक भिडियो स्याङजाको नानी चुलबुले बानी बोलको गीतको छायांकन शुभारम्भ गरिएको छ । विगत एकदशक देखि रोजगारको शीलशीलामा कतारमा रहनुभएकी टौमाया गुरुङले घर विदामा आउने बेला आफनो गाउँ समाज र जिल्लाको मौलिक कला, संस्कृति र सम्दाहरुलाई देश विदेशसम्म चिनाउने उद्देश्यले म्युजिक भिडियोको निर्माण गर्न लागेको शुभारम्भ कार्यक्रममा जानकारी दिनुभएको छ । स्याङजा सहयोग समाज कतारको संयोजन तथा स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङजाको सहयोगमा गितको भिडियो निर्माण हुने भएको हो । स्याङजाको वालिङ उद्योग वाणिज्य संघमा शनिबार म्युजिक भिडियोको छायाँकन शुभारम्भ गर्दै स्याङजाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु गीतमार्फत सारा जगतले देख्ने भएकाले यस्ता गीतहरुले यहाँको चिनारीमा थप टेवा पुग्ने बताउनु भयो । साथै उहाँले परदेशमा रहेर पनि जन्मभुमीको लागी यस्ता योगदान दिनु निकै प्रशंशनीय काम रहेको बताउनु भयो । कार्यक्रममा स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समिति स्याङजाका अध्यक्ष चन्द्र रोका, नेपाली काँगे्रसका क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, नेकपा एमालेका सचिवालय सदस्य दानबहादुर गुरुङ, नेकपा माओवादीका जिल्ला सदस्य ध्रुव गुरुङ, नेपाली कगे्रसका वालिङ नगरसभापति दिलिपप्रताप खाँण, वालिङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पदमराज पाण्डे, उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, स्याङजा सहयोग समाज साउदीका अध्यक्ष मोहन बिएसके, तमूसमाज कतारका पुर्व अध्यक्ष विमल गुरुङ, शिक्षक संघका क्षेत्रिय सचिव डण्डपानी पंगेनी, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य हुमबहादुर गुरुङलगायतले विदेशमा रहेर पसिना बगाईरहँदा पनि आफ्नो जन्मभुमिलाई माया गर्नु निकै प्रशसनीय कार्य भएको बताउनुभयो । स्याङजाको सिर्सीकोट जन्मस्थल रहेको टौमाया तमुस्योले आफ्नो स्वा. बुवा दलबहादुर गुरुङको स्मृतिमा गीतको रचना गरेका बताउनु भयो । यस उहाँकै रचना र परिकल्पनामा सिर्सीकोट गाउँको म्युजिक भिडियो मुलको चिसो पानीको पनि निर्माण सम्पन्न भई सकेको छ । एनआरएन कतारका कोषाध्यक्ष भेषराज पराजुलीको स्वागतसंगै शुरु भएको कार्यक्रम स्याङजा सहयोग समाज कतारका सल्लाहकार तथा तमू समाज कतारका प्रमुख संरक्षक बिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । म्युजिक भिडियोको छायांकन स्याङजाको विभिन्न पर्यटकीय एवं धार्मिक तथा साँस्कृतिक सम्पदाले महत्वपूर्ण रहेको स्थानहरुमा गरिने भएको छ । कार्यक्रममा तमू समाज कतारमा आबद्ध रहि हाल घर विदामा रहनु भएका पोखरा, काठमाडौ र चितवनबाट सदस्यहरुको सक्रिया सहभागिता रहेको थियो । कार्यक्रममा सिर्सीकोटमा रहेको जनहित फूलबारी युवा क्लबका कलाकारहरुबाट विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने गायिका इन्द्र गुरुङ र निशा गुरुङले आफनो गीत प्रस्तुत गर्नुभएको थियो ।

sirsikot-2

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*