Latest News

डढुवा दुर्छा लमजुङ तमु समाजको १८औ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

तमुमैं ताँ
२०७५-३-२ पोखरा

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० को जनप्रिय टोलमा रहेको श्री डढुवा दुर्छा लमजुङ तमु समाजले शनिवार १८औ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तमु प्ये ल्हुं संघ केन्द्रिय समितिका सल्लाहकार तथा प्ये छ्या लेखन एवम् प्रकाशन समितिका संयोजक ले. श्री ईन्द्रबहादुर केप्छैं तमुले पानसमा दिप प्रज्वलन गरि १८औ वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि ले. ईन्द्रबहादुर तमुले तमुहरुको ईतिहास, संस्कार संस्कृती, चाडपर्व लगायत प्ये ताँ ल्हु ताँको महत्वको वारेमा प्रस्टयाउनु भएको थियो । आफ्नो संस्कार प्रति सर्वप्रथम आमाहरु सजग हुनु पर्ने र आफ्नो नानीवावुहरुलाई प्ये ताँ ल्हु ताँ वारे जानकारी गराउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

वार्षिकोत्सवको अवसरमा सदस्य नं. ४५ का श्री कुमबहादुर तमुकी छोरीको दुवै मृगौला खराव भई उपचार गरिरहेकोले समाजको तर्फ वाट वहाँलाई रु. ३५,००० पैतिस हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा २५ जना सदस्यहरुलाई सदस्यता पदोन्नतीको सदस्यताको प्रमाण पत्र समेत प्रदान गरिएको थियो । समाजका स.नं. ५७ का श्री देउमाया तमुको सुपुत्र मिनप्रसाद तमु वैदेशिक रोजगार वाट नेपाल आउनु भएको अवसरमा वहाँ लगायत आमा देउमाया तमु, श्रीमती तृष्णा तमुलाई तमु संस्कार अनुसार स्याई स्याई गरिएको थियो ।

समाजका अध्यक्ष सु.मे. श्री भीमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा समाजका आमा समितिका अध्यक्ष दिलमाया तमु, समाजका सल्लाहकार क्या. मिनबहादुर तमु, लमजुङ समाजका अध्यक्ष सु. भक्तबहादुर तमु, तनहुँ तमु समाजका सचिव मिनबहादुर तमु र तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीका अध्यक्ष उमबहादुर तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । समाजका प्रथम उपाध्यक्ष चि.ई. धनवहादुर तमुले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव कृपाकुमार तमुले गर्नु भएको थियो ।

समाजका अध्यक्ष सु.मे. भीमबहादुर तमुको अध्यक्षतामा भएको दोश्रो शत्रको कार्यक्रममा समाजका सचिव कृपाकुमार तमुले आ.व. २०७४/०७५ को प्रगती प्रतिवेदन तथा आ.व. २०७५/०७६ को भावी कार्य योजना, कोषाध्यक्ष रुद्रवहादुर तमुले आ.व. २०७४/०७५ को आर्थिक आय व्यय तथा आ.व. २०७५/०७६ को अनुमानित आय व्यय प्रतिवेदन, आमा समितिका सचिव पुतलीदेवी तमुले आ.व. २०७४/०७५ को आमा समितिको प्रगती तथा आ.व. ०७५/०७६ को भावी कार्ययोजनाको प्रतिवेदन र आमा समितिका कोषाध्यक्ष विष्णु तमुले आ.व. २०७४/०७५ को आर्थिक आय व्यय तथा आ.व. ०७५/०७६ को अनुमानित आय व्यय प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुत प्रतिवेदन माथि वृहत छलफल गरि सर्वसम्मत वाट पारित गरिएको थियो । साथै उक्त साधारण सभावाट विभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरिएको थियो ।