Latest News

तमु जातिको पहिचानयुक्त क्होइवो वेलायतमा पनि

शुक्रराज गुरुङ
जेष्ठ ३० गते,

तमु जातिको पहिचानयुक्त मौलिक क्होइवो एवं सामुदायिक भवन वेलायतमा पनि हुने भएको छ । जसमा निर्माण पक्षलाई स्वदेशबाटै सहयोगको ओइरो लागेको छ । तमु प्ये ल्हु संघ युकेले केन्द्रीय परिसरमा अवस्थित फ–लि–ना–क्होइवो धीँ जस्तै वनाउने भनि तिव्रगतिमा अगाडि वढिरहेको छ । जसमा निर्माण कार्यमा केही सहयोग हुनुका साथै संस्थालाई विश्वसामु चिनाउने भनि आफ्नो मौलिक संस्कार संस्कृति प्रति आस्थावन व्यक्तिहरु यस कार्यमा जुटिरहेको छ । यसै सिलसिलामा संस्थालाई विश्वसामु परिचित गराउनको लागि हालै जेष्ठ १५ गते (तदानुसार २९ मे) सम्पन्न सगरमाथा आधार शिविरबाट नाम्चेवजार सम्माको ४२.१९५ कि.मि. रहेको तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथान दौड प्रतियोगितामा संस्थागत प्रतिनिधित्व गर्दै तमु प्ये ल्हु संघ युकेका निर्वातमान अध्यक्ष सोम त्होर्जे तमु लगयात सदस्यहरु सूर्य थिम्चें तमु, अञ्जु ल्होँ तमु र बबिता प्हच्यु तमु सहभागी भएको थियो ।

त्यसैगरी सहभागी संस्थागत प्रतिनिधि टोली प्रति सम्मान तथा तमु प्ये ल्हु संघ युके क्होइवो तथा सामुदायिक भवन निर्माणार्थ बिबिध साँस्कृतिक कार्यक्रम यही जेष्ठ २० गते सम्पन्न गरिएको थियो । यसैक्रम प्रतियोगितामा सहभागी टोलीलाई सम्मान गर्नुका साथै स्थानीय नव निर्वाचित जनप्रतिनिधिहरु समेतलाई सम्मान गरिएको थियो भने वेलायतमा निर्माण हुँदै गरेको क्होइवो तथा सामुदायिक भवन निर्माणार्थ आर्थिक संकलन पनि गरिएको थियो ।

तमु प्ये ल्हु संघ युकेमा निर्माण हुन गईरहेको क्होइवो तथा सामुदायिक भवनको सहयोगार्थ बिबिध साँस्कृतिक कार्यक्रममा आर्थिक संकलन राम्रो नै भयो । जसमा २२ लाख ६ हजार ८ सय २२ रुपैयाँ संकलन भएको थियो भने खर्चतर्फ भने १ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ भएको थियो । त्यसैगरी खर्च कटौती गरि २० लाख १२ हजार १ सय ८६ रुपैयाँ भने वचत हुन सफल भएको छ । जो वचत रकम तमु प्ये ल्हु संघ युकेका सदस्य श्री शुशिल कुमार प्हच्यु तमुलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, महासचिव शान्ती पर्जु तमुस्यो, कार्यक्रम संयोजक पम बहादुर क्रोम्छें तमु, सह कोषअध्यक्ष कन्चन ल्हेगे तमुस्यो, निर्वातमान अध्यक्ष क्या. रुप बहादुर गरव्ज तमु, प्ये छ्या संकलन, लेखन एवं प्रकाशन संयोजक ले. ईन्द्र बहादुर केप्छैं तमु, सदस्य शेखर ल्हेंगे तमु एवं केन्द्रीय महिला समितिका अध्यक्ष पुष्पा तेल्मे तमुस्यो र कोषाध्यक्ष बुद्धिमाया लेम तमुस्यो, कास्की जिल्ला समितिको सचिब बिष्णु भुज्जा तमुस्यो समेतको उपस्थिति रहेको थियो ।रकम हस्तान्तरण कार्यक्रम लगत्तै तमु प्ये ल्हु संघ जिल्ला समिति ताप्लेजुङबाट अध्यक्ष युगराज ल्हेंगे तमुद्धारा यस शाखाको तर्फबाट रु. २५,०००/– सहयोग भनि खबर गर्नु भएको थियो भने लुम्ले ल्हेंगे भाई खलक परिवारबाट रु. २०,०००/– सहयोग भएको छ भने तमु प्ये ल्हु संघ उप–शाखा सिद्धार्थनगर भैरहवाबाट पनि रु. २१,०००/– सहयोग आएको कुरा संयोजक पम बहादुर क्रोम्छें तमुद्धारा जानकारी गराउँनु भएको थियो । यसरी नै अझै सहयोग आउने क्रम जारी नै रहि रहेको छ । बिबिध साँस्कृतिक उप समितिको बैठकको निर्णय अनुसार असार ५ गते सम्म खुल्ल रहने कुरा पनि जानकारी गराउनु भएको छ । कुनै पनि संघ–संस्था, समाज र व्यक्तिहरुले सहयोग गर्न चाहेमा सम्पर्क गर्न सक्नु हुनेछ । सहयोगको लागि संयोजक ९८४६०–२६६७५, कार्यालय सचिव ९८४६०–५१५७४ र ९८०५८–१५८५४ र अफिस फोन ०६१–५२५४०६ मा सम्पर्क गर्न सक्नु हुने छ ।

साथै हस्तान्तरण कार्यक्रमको वेला श्री शुशिल कुमार प्हच्यु तमुले तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिलाई आफ्नो परिवारको तर्फबाट भनि रु. ५,१५२/– रुपैयाँ सहयोग गर्नु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*