Latest News

तमु ट्हो ह्युल हङकङले बैशाख पूर्णिमा भब्य रुपमा मनायो

पुनम तमु
तमुमै ता डटकम
हङकङ

हङकङ २१ में २०१७
हङकङको परिवेशमा तमुहरुको हक हित र तमु समुदायको निम्ती काम गर्न पहिलो पटक १९१८ मा स्थापना भएको संस्था तमु ट्हो ह्युल हङकङले २१ मे २०१७ का दिन बैशाख पूर्णिमा भब्य रुपमा मंकी हिलमा बिबिध कार्यक्रमका गरी सम्पन्न गरेको छ ।


“प्ये म्हस्या छ्या म्हमु छ्या म्हस्या ल्हु म्हमु ल्हु म्हस्या म्ही म्हमु”अर्थात शास्त्र हराए संस्कृति हराउछ संस्कृति हराए संस्कार हराउछ संस्कार हराए मानब अस्तित्व नै हराउछ भन्ने उद्देश्यले हरेक बर्ष झै यस वर्षपनी तमु ट्हो ह्यूल हङकङले भब्य रुपमा बैशाख पूर्णिमा मनाएको छ ।पानसमा बत्ती बालेर साथै रिबन काटेर प्रमुख अतिथि संस्थाका सल्लाहकार अर्जुन कुमार तथा तमु ट्हो ह्यूलाका अध्यक्ष गणेश गुरुङबाट बैशाख पूर्णिमाको कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

हङकङका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा समाजसेवी र संस्थाका सल्लाहकारहरुलाई डयासमा आसिन गर्नुभएको थियो ।
कार्यक्रमको बिशेष अतिथिको रुपमा एन आर एन हङकङको महासचिब निरनजङ्ग गुरुङ्,तमु प्ये ल्हु संघ हङकङ शाखाका अध्यक्ष मन बहादुर गुरुङ्,ब्रिटिश गोर्खा भु.पु संघ हङकङका अध्यक्ष श्री यम प्रताप गुरुङ् हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा तामाङ घेदुङ संघ हङकङको अध्यक्ष श्रीमती सरस्वती घिसिङ्,प्रदेश नं १ गुरुङ् समाजका प्रतिनिधि उपेन्द्र फोरङ्गी,नेवार समाज हङकङका प्रतिनिधि रीना कनौजिया,लमजुङ सेवा समिती हङकङका अध्यक्ष होम बहादुर गुरुङ्ग(सरोज),स्याङ्जा जनसेवा समिती हङकङका प्रतिनिधि तिर्थ गुरुङ्,घान्द्रुक समाज हङकङका अध्यक्ष राम बहादुर गुरुङ्,पर्वत पैयु खोला समाज हङकङका सचिब एकप्रसाद गुरुङ्,तमु टहो ह्यूल हङकङका महिला बिभागका संयोजक कबिता गुरुङ्,पर्वत क्लब हङकङका प्रतिनिधि इन्द्र गुरुङ्,तनहूँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङ्,मर्दी खोला सेवा समिती हङकङका अध्यक्ष रक्षा गुरुङ्,आर्थर डॉडॉखर्क सेवा समिती हङकङका प्रतिनिधी रेनुका गुरुङ्,सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ् लगायतका ब्यक्तिहरु रहनुभएको थियो ।कार्यक्रममा मौसम प्रतिकुल भएपनि सहभागीहरुको उपस्थित संतोषजनक नै रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर गुरुङ्,प्रदेश नं १ गुरुङ् समाज हङकङका उपाध्यक्ष श्री कुमार गुरुङ्,जिफाह हङकङका दोस्रो कार्यकालको लागी पूर्ण अध्यक्ष हुनुभएका रोशन गुरुङ्,हङकङ ब्यापार संघको उपाध्यक्ष तथा तमु ट्हो ह्यूला महिला बिभागको संयोजक कबिता गुरुङ्,NCWU मा पूर्ण अध्यक्ष हुनुभएको होम घले,जिफाह हङकङको महासचिबमा  निर्वाचित सुबास गुरुङ्,कलाकार नौजंग गुरुङ् जस्ता ७ जना ब्यक्तित्वोहरुलाई तमु ट्हो ह्यूल हङकङको लोगो भएको खाताबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरु जस्तै संस्थाकै सल्लाहकार टिकादेवी गुरुङ्,तमु ट्हो ह्यूल हङकङका भु.पू अध्यक्ष तथा वर्तमान सल्लाहकार सुरेज गुरुङ,तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर तमु,प्रमुख अतिथि अर्जुन कुमार गुरुंङ लगायत अन्य बक्ताहरुबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।कार्यक्रममा थप मनोरन्जनको लागि धेरै सांस्कृतिक कार्यक्रमका साथै घाटु,झोड़ा नृत्यले कार्यक्रमको अझ शोभा बढाएको थियो ।
स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कुमार गुरुङ् तथा कार्यक्रमको संचालन संस्थाका सचिब झम बहादुर गुरुङले गर्नुभएको थियो भने तमु ट्हो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*