Latest News

तमु धिं देहरादुन

 
   रिता गुरुङ
 “तमुमै ता ” डट्कम 
            इतिहासमा फर्केर हेर्दा खेरी भौगोलिक आधारमा देहरादुन जिल्ला नेपालकै भू-भाग थियो भनेर जानकारी छ | त्यसर्थ देहरादुनमा गोर्खालीहरु  धेरै मात्रामा  बसोबास गर्दै आएको छ | एउटै स्थानमा झुरुप्पै नबसेर सानो  ठुलो बस्ति गाउँघरमा सबै गोर्खाजाति बाहुन , क्षत्री , नेवार , ठकुरी , गुरुङ , मगर , राई , लिम्बु , कामि , दमै , सार्की र अन्य भारतीय जाति मिलेर बसेको छ | यस्तो सामाजिक परिस्थिति र परिवेश गर्दा कालान्तरमा यी सबै गोर्खा जातिहरुको आफ्नु स्वयंको मौलिक पहिचान दर्साउने तत्वहरु जस्तै भाषा , भेषभूषा , धर्म , सस्कृति , रितिरिवाज , बिस्तारै हराउदै गयो | मूलरुपमा सबै जातिलाई गोर्खा भनेर चिनिने भयो | धर्म संस्कारको नाउँमा सबै गोर्खालीहरुले मूलरुपमा हिन्दु धर्म नै आत्मसात गरे | आर्यमुलको गोर्खाहरूलाई त कुनै अफ्ठयारो भएन किनभने उनिहरुको त परापूर्वकाल देखि यहि हिन्दु धर्म थियो तर मंगोल मुलको गोर्खा जाति गुरुङ , मगर , राई , लिम्बु आदिको आफ्नो मौलिक जातिय पहिचान विलुप्त हुदै गयो | यसको पृष्ठभूमिमा एउटा ठुलो कारण बाहुन बाहेक कसैको आफ्नु जातिको धर्म गुरु अथवा पुरोहित उपलब्ध नहुनुको साथै अन्तर जातिय बिबाह पनि एउटा हो |            पछि यी जातिहरुले ढिलै भए पनि आफ्नु जातिय पहिचान कायम गर्ने उद्देस्यले गोर्खा उपजातीय समिति हरुको गठन गरि आ-आफ्नो जातिको भाषा , भेषभूषा , धर्म , सस्कृति ,रितिरिवाजहरुलाई जोगाउन प्रयास गर्न आरम्भ ग-यो | गुरुङ समाज देहरादुन को स्थापना जनवरी २००० मा इन्द्रपुरी फार्मा क्लेमेन्ट टाउन देहरादुन (उत्तराखण्ड ) मा भयो | आरम्भमा इन्द्रपुरी फार्मा गाउँ को मात्र तेरह जना गुरुङ हरु ले गुरुङ समाज नाम राखी एक आपस को दु:ख सुख मा मद्दत गर्ने उद्देश्य लिएर गुरुङ को सानो समुह गठित गरेको थियो | संस्थापक सदस्य हरु १ ) श्री टेक बहादुर गुरुङ – बरिष्ठ संरक्षक
२ ) स्वर्गीय श्रीमती धनमाया गुरुङ – बरिष्ठ सदस्य
३ ) स्वर्गीय श्री नरेन्द्र सिंह गुरुङ – संस्थापक अध्यक्ष
४ ) श्री टहल सिंह गुरुङ – बरिष्ठ उपाध्यक्ष एबं कोषाध्यक्ष ५
) श्री नन्द जंग गुरुङ – संस्थापक सचिब
६ ) श्री धन बहादुर गुरुङ – संस्थापक सल्लाहकार
७ ) स्वर्गीय श्री नव बहादुर गुरुङ
८ ) श्री बेल बहादुर गुरुङ
९ ) श्री कृष्ण बहादुर गुरुङ
१० ) श्रीमति मनसरी गुरुङ
११ ) श्रीमती देवकली गुरुङ
१२ ) श्री भिमराज गुरुङ
१३ ) श्री नेग बहादुर गुरुङ
        प्रत्येक वर्ष १५ पुषको दिनमा सबै गुरुङ परिवार भेला भई ल्होसार मनाउन आरम्भ गरियो |
                 त्यस गाउँमा कुनै गुरुङको मृत्यु हुदा मृत्यु संस्कार बाहुन द्वारा गरे पनि चोक्याउने दिनमा गुरुङ रीति अनुसार ” रुपा ” लगाई स्याई स्याई गर्ने परम्परा आरम्भ गरियो | सन् २००० सालको ल्होसारमा श्री तिलकराज गुरुङलाई महासचिब नियुक्त गरियो | उहाँले सुझाब दिएर ‘गुरुङ समाज ‘ को नाम ‘तमु धिं ‘ (गुरुङ समाज) समिति देहरादुन राखियो | बिस्तारै यो इन्द्रपुरी फार्मा गाउँ देखि बाहिरको गुरुङहरुको पनि सदस्य बनि यसको संस्था बढ्दै गयो | यहाँ गुरुङ जातिको संख्या  कति होला भनि कुनै सरकारी आंकडा त उपलब्ध छैन तर जिल्लामा लगभग २५००-३००० जति गुरुङहरुहोला भन्ने अनुमान गरिएको छ |
लेफ़्टिनेण्ट जनरल श्री शक्ति गुरुङ , पी.बी. एस. एम. , यु वाई एस एम , बी एस एम ( सेना निर्बृत ) भारतीय सेनामा सर्बोच्च पदमा पुग्ने पहिलो गोर्खा तमु हुनुहुन्छ  ब्रिगेडियर पूर्णसिंह गुरुङ देहरादुनको प्रख्यात समाजसेवी र समितिको वरिष्ठ संरक्षक हुनुहुञ्छ | वहाँको छोरा लेफ़्टिनेण्ट गौतम गुरुङ कलिलै उमेरमा कारगिल युद्धमा शहिद हुनुभएको थियो | ब्रिगेडियर गुरुङले छोराको नाममा ‘शहिद लेफ़्टिनेण्ट गौतम गुरुङ मेमोरियल ट्रस्ट ‘ द्वारा गोर्खा युवाहरुलाई खेलकुद क्षेत्रमा अघि बढ्नुमा मद्दत पु-याउने र गरिब गोर्खा छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरि मद्दत गरि रहनु भएको छ | वर्तमान समिति संग सदस्यता लिएको गुरुङहरुको संख्या ५०० जति छ | गुरुङहरु समितिमा शामिल नहुनुको ठुलो कारण गुरुङहरुले अन्तरजातिय बिबाह गरेको र कसैलाई आफ्नो मूलथर थाहा नहुनु हो |
तमु धिं को सदस्य चार प्रकारको छ |
१ ) सामान्य सदस्य
२ ) आजीवन सदस्य
३ ) संरक्षक सदस्य
४ ) मुख्य संरक्षक
       गुरुङहरुको धर्म गुरु पच्यु , क्लेप्र्ही अथवा लमहरु उपलब्ध नहुनुले पूर्णरुपले गुरुङहरुको धार्मिक रीतिरिवाज अनुसरण गर्नुसकेको छैन फेरी पनि देहरादुनमा गुरुङहरुले बिस्तारै छोरा छोरीको बिबाहमा बाहुन नबोलाएर आफ्नै गुरुङ पद्दतिले बिबाह गर्न आरम्भ गरेको छ | मृत्यु संस्कारमा पनि बिस्तारै भोटे लामा द्वारा गर्नुलाएको छ | समय समयमा सदस्यहरुको सभा आयोजित गरि गुरुङ भाषा , भेषभूषा , धर्म , संस्कृति ,रीतिरिवाज र परम्पराहरुको जानकारी प्रदान गरिन्छ | तमु धिंको उद्देस्य गुरुङहरुको भाषा , भेषभूषा , धर्म , संस्कृति , रीतिरिवाज र परम्पराहरुको प्रचार प्रसार र सम्बर्धन गर्नु  हो | क्लेप्र्ही , पच्यु , लामा द्वारा संस्कार गराउने र गैर गुरुङ सित बिबाह सम्बन्ध नगरेर आपासमा गुरुङहरु बीच सम्बन्ध स्थापित गर्नु प्रेरित गर्नु पनि तमु धिं को एउटा ठुलो उद्देश्य हो | देहरादुनमा बसोबास गर्ने गुरुङहरु पनि मुलरुपमा नेपाल सित सम्बन्ध राख्ने गुरुङ हरु नै हो | आफ्नु धर्म संस्कारलाई माया गर्ने गुरुङहरुलाई अहिले पनि नेपाल गएर आफ्नु मृतकहरुको अर्घु गर्ने  गर्छन | आज सम्म मात्र एक परिवारले नेपाल देखि लामाहरु बोलाएर अर्घु गरेको छ |
       वर्ष २००६ मा वार्षिक आम सभामा नयाँ कार्यकारिणी गठन गरियो जो यस प्रकार छ :
१ – श्री मोहन प्रसाद गुरुङ -अध्यक्ष
२ – स्वर्गीय खेम बिक्रम गुरुङ – बरिष्ठ उपाध्यक्ष
३ – श्री प्रेम बहादुर गुरुङ – कोषाध्यक्ष
४ – श्री तिलकराज गुरुङ – महासचिब
५ – श्री गेस बहादुर गुरुङ – प्रचार सचिब
६ – श्री जब्बर सिंह गुरुङ – मिडिया प्रभारी
७ – एडवोकेड लाल बहादुर गुरुङ – कानुनी सल्लाहकार
८ – ब्रिगेडियर पी. एस गुरुङ , वाई एस एम – बरिष्ठ संरक्षक
९ – स्वर्गीय मेजर शेर बहादुर गुरुङ – बरिष्ठ सल्लाहकार
          जुलाई २००७ मा समितिलाई उत्तराखण्ड सरकार सित पंजीकृत गराइयो | साथै समितिको कोष स्थापना गरी बैंकमा एकाउण्ट खोलियो | समितिको कोष देखि सदस्यहरुलाई आर्थिक मद्दत पनि उपलब्ध गराइन्छ | सदस्यहरुको नानीहरुलाई शैक्षिक क्षेत्रमा राम्रो प्रदर्शनको लागि प्रोत्साहनको लागि पुरस्कार पनि प्रदान गरिन्छ | यसै गरी वर्ष २०१० मा गठित नयाँ कार्यकारिणी निम्न प्रकारले छ |                                     १ – मोहन प्रसाद गुरुङ – अध्यक्ष ( दोस्रो कार्यकाल )
२ – श्रीमति दुर्गा गुरुङ – वरिष्ठ उपाध्यक्ष
३ – श्री तिलकराज गुरुङ – महासचिब
४ – श्री खेम बहादुर गुरुङ – सहसचिब
५ – श्री शंकर कुमार गुरुङ – कोषाध्यक्ष
६ – श्री सुमन गुरुङ -सह-कोषाध्यक्ष
७ – श्री गेस बहादुर गुरुङ – प्रचार सचिब
           यसरी हाल सम्ममा तमु धिं देहरादुन ले विभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ | यो वर्ष पनि “तमु धी” देहरादुनको १८ औ बार्षिक साधारण सभा तथा अधिबेशन गत मे २३ मा सरस्वती शिशु शिक्षा सदन एकेडेमी भारतीय वन्यजीव संस्थान मार्ग चोइला चंद्रवनी देहरादुनमा भएको थियो | उक्त सभाको स्वागत तथा संचालन महासचिब श्री रामसिंह गुरुङज्युले गर्नुभएको थियो | श्री नर बहादुर गुरुङज्युको अध्यक्षतामा बिशेष अथिति लेफ़्टिनेण्ट कर्णल जी. बि. गुरुङज्युले गर्नु भएको थियो । उक्त सभामा ब्रिगेडियड श्री पूर्ण सिंह गुरुङज्यु मुख्य अथिति रहनु भएको थियो । कार्यक्रममा संस्थाका दिवंगत भएका सदस्यहरु प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै मौन धारण गरिएको थियो । महासचिब क्याप्टेन रामसिंह गुरुङज्युको स्वागत मन्तब्य पश्च्यात औपचारिक रुपमा अगाडी बढेको कार्यक्रममा संस्थाको विभिन्न क्रियाकलाप सहितको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष क्याप्टेन श्री शंकर कुमार गुरुङले आर्थिक वर्ष २०१६/१७ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सभाका मुख्य अथिति ब्रिगेडियड पूर्णसिंह गुरुङज्युले आफ्नो भाषा , भेषभुषा , धर्म , संस्कार र संस्कृति जगेर्ना गर्दै देहरादुनका सम्पूर्ण गुरुङहरुका बीच एकता कायम गर्न ” तमु धी ” देहरादुनले अनुकरणिय योगदान गरेको कुरा ब्यक्त गर्नुभएको थियो । अध्यक्ष श्री नरहरि गुरुङज्युले आफ्नो कार्यकालको समिक्षा गर्दै कार्य समितिको सबै सदस्यहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो भने मौजुद वर्तमान संबिधानमा समयानुसार केहि शंसोधन गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो । सभाका मुख्य अतिथिबाट आफ्नो अध्यक्षतामा गरिएको ल्होसार कार्यक्रममा सहयोग गरेको सहयोगीहरुलाई धन्यबाद दिदै खादाले सम्मान गर्नुभएको थियो । यसै गरी यो बर्ष पनि बर्तमान कार्यसमिति बिघटन गरि नयाँ कार्यसमिति चयन गरिएको थियो ।
       जो यसप्रकार रहेको छ ;
१ – श्री बसन्त कुमार गुरुङ – अध्यक्ष
२ – श्री त्रिलोक गुरुङ – वरिष्ठ उपाध्यक्ष
३ – श्री धन बहादुर गुरुङ – सह उपाध्यक्ष
४ – श्री तिलकराज गुरुङ – महासचिब
५ – श्री ओम प्रकाश गुरुङ – सह-सचिब
६ – श्री शंकर कुमार गुरुङ – कोषाध्यक्ष
७ – श्री मन बहादुर गुरुङ – सह-कोषाध्यक्ष
८ – श्री कृष्ण गुरुङ – सदस्य
९ – श्री नर बहादुर गुरुङ – सदस्य
१० – श्री मोहन प्रसाद गुरुङ  – वरिष्ठ सल्लाहकार
११ – श्री नन्द जंग गुरुङ -संस्थापक सचिव
१२ – श्री गंगा बहादुर गुरुङ – मिडिया प्रभारी
       शाखा अध्यक्षहरु
१ – श्री रमन गुरुङ – इन्द्रपुरी फार्म
२ – श्री बिर बहादुर गुरुङ – नईबस्ती तिब्बती कालोनि
३ – श्री नर बहादुर गुरुङ – मोहब्बेवाला
४ – श्री टिकाराम गुरुङ – चंद्रबनी
५ – श्री यमराम गुरुङ – गढी – डाकरा
६ – श्री खेम बहादुर गुरुङ – श्यामपुर ठाकुरपुर
७ – श्री प्रेमसिंह गुरुङ – सेलाकुई
८ – श्री सुरेश गुरुङ – नयाँ गांव अनारवाला जोहरीगांव
९ – श्री नन्दकाशी गुरुङ – गल्जुबाडी इन्द्रानगर
१० – श्री डम्बर बहादुर गुरुङ – रायपुर

११ – श्री राज बहादुर गुरुङ – जैतनवाला जामुनवाला

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*