Latest News

तमु धिं नेपालको विभिन्न निर्णय बहुउद्धेश्यीय भवन निर्माणको तयारी गरिदै

हुम तमु,पोखरा, २ कार्तिक

तमु धिं नेपालको गत असोज १७ गते सम्पन्न ३२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय सदस्यहरुको चयनका लागि कार्तिक ५ गतेभित्र क्षेत्रीय समाजहरुलाई इच्छुक  तमु धिं नेपालका आजीवन सदस्यहरु मध्येबाट सिफारिस गरी पठाउन आग्रह गर्ने निर्णय गरेको छ ।

यसरी नै तमु धिं नेपालको वार्षिक प्रकाशन तमु सुँ प्रकासनार्थ  द्धितिय उपाध्यक्ष हुमबहादुर तमुको संयोजकत्वमा महासचिव गिरीप्रसाद तमु, सचिव जुनाकुमारी तमु, सहसचिव दुर्गाबहादुर तमु र निवर्तमान वरिष्ठ सल्लाहकार सन्तबहादुर तमु सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ । ल्होछार अगावै प्रकासन गरिने तमु सुँको विज्ञापन व्यवस्थाका लागि अध्यक्ष कर्म तमु, प्रथम उपाध्यक्ष सरस्वती तमु, सहकोषाध्यक्ष सुवेदार तुलबहादुर तमु र निवर्तमान कार्यसमिति सदस्य नारायण तमु रहेको उपसमिति गठन गर्ने निर्णय गरिएको छ ।

यसरी नै भुकम्प पीडितको राहतका लागि द्धितिय उपाध्यक्ष हुमबहादुर तमुको संयोजकत्वमा महासचिव गिरीप्रसाद तमु, सहसचिव दुर्गाबहादुर तमु र सहकोषाध्यक्ष सुवेदार तुलबहादुर तमु रहेको उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले तमु धिं नेपालको भुकम्प राहतकोषमा संकलित राहत वितरणका लागि तत्काल पहल गर्ने बताइएको छ ।

यसैगरी तमु धि नेपालमा बहुउद्धेश्यीय भवन निर्माणका लागि तत्काल पहलका लागि गुरुयोजना उपसमितिलाई बैठकका लागि आग्रह गर्ने र विगतदेखि पोखरामा गरिदै आएको संयुक्र ल्होछार÷ल्होसारलाई निरन्तरताका लागि गतवर्षको संयोजक संस्था तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदलाई बैठक आव्हानका लागि पत्रचार गर्ने निर्णय गरेको छ ।

यस्तै गरी तमु धिं नेपालको वेभ साइटलाई व्यवस्थित सञ्चालनका लागि महासचिव गिरीप्रसाद तमुको संयोजकत्वमा प्रथम उपाध्यक्ष सरस्वती तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमुलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने तमु धिं नेपालको आजीवन सदस्यता शुल्क बृद्धि गरी १० हजार रुपैया निर्धारण गर्ने र अधिवेशन समपन्न गर्न जिम्मेवारी वहन गर्ने निर्वाचन समिति तथा सहयोगीहरुलाई धन्यवाद दिने बैठकले निर्णय गरेको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*