Latest News

तमु धिं नेपाल, ताङतिङ शाखा अध्यक्षमा क्षेत्र गुरुङ

हुम तमु
पोखरा, २ चैत्र
तमुहरुको पुरानो साझा सामाजिक संस्था तमु धिं नेपालको संगठन विस्तार अभियान अन्र्तगत बुधवार कास्कीको ताङतिङ गाँउमा ताङतिङ युवा क्लवका अध्यक्ष समेत रहनु भएका क्षेत्रबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय ताङतिङ गाँउ शाखा गठन भएको छ ।
ताङतिङमा सम्पन्न बृहत भेलाले उपाध्यक्षमा खिम गुरुङ, सचिवमा इश्वर गुरुङ र कोषाध्यक्षमा पसमाया गुरुङ चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा विशाल गुरुङ, नैना गुरुङ, टौ गुरुङ, रेशम गुरुङ, तिर्थकुमारी गुरुङ, पुर्णसुब्बा गुरुङ, चिनीमाया गुरुङ, बिलकुमार गुरुङ, श्रीप्रसाद गुरुङ, गौमाया गुरुङ, मुहानकुमारी गुरुङ, खिमकुमारी गुरुङ, धनमाया गुरुङ, विष्णुकुमारी गुरुङ, ओमकुमारी गुरुङ, उमेश गुरुङ र बालासिंह गुरुङ रहनु भएको छ ।


यसरी नै ताङतिङ शाखाको सल्लाहकारहरुमा ओमप्रकाश गुरुङ, गुमानधोज गुरुङ, रतनसिंह गुरुङ, सुवेदार डिल्लीजंग गुरुङ र सुमे श्रीप्रसाद गुरुङ रहनु भएको छ ।
नवगठित कार्यसमितिलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो भने प्रतिवद्धता व्यक्त गर्नुहुदै नवनिर्वाचित अध्यक्ष क्षेत्रबहादुर गुरुङले तमुहरुको एकता, मौलिकता र हकाधिकारका लागि आफुहरु क्रियाशील रहने बताउनुहुदै तमु धिं नेपालको मार्गनिर्देश अनुसार अघि बढ्ने बताउनुभयो ।
दुघपोखरी तमु समाज पोखराका अध्यक्ष सुवेदार मेजर टोकबहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमुहरुको एकता, मौलिकता संरक्षण र अधिकार प्राप्तिका लागि गाँउ गााउका तमुहरु संगठित हुनुपर्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधीको विकाससँगै तमुहरु हिड्न सक्नु पर्दछ भन्नुहुदै हाम्रो मौलिक संस्कार सँस्कृतिको मर्मलाई आत्मसात गर्दै समय सापेक्षा जरुरी रहेको बताउनुभयो ।

तमुहरुको सँस्कृति विकास भएको क्होला सोथरको संरक्षण र विकासका लागि क्लोला सोथरसम्मको बाटो निर्माणका लागि राज्यसँग पहल गर्ने बताउनुहुदै विभिन्न राजनीतिक दलमा रहेको तमु नेता कार्यकर्ताहरुले पनि राजनीतिक दवाव जरुरी रहेको अध्यक्ष तमुको भनाई थियो । यसै विच उहाँले बाजे पैगु नौजे पैचुु सिमेभुमे पुजाका लागि अध्यक्षकोष स्थापनार्थ ५० हजार कर्म तमुले प्रदान गर्नुभएको भने उक्त अभियानमा विशेष अतिथि तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले १० हजार, द्धितिय उपाध्यक्ष हुमबहादुर गुरुङले ५ हजार, सचिव अधिवक्ता जुनाकुमारी गुरुङले ५ हजार, आमा समुहकी केन्द्रीय अध्यक्ष हरिमाया गुरुङले ५ हजार, दुघपोखरी तमु समाजकै मञ्जु गुरुङले ५ हजार गरी ८० हजार हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङ, द्धितिय उपाध्यक्ष हुमबहादुर गुरुङ, सचिव अधिवक्ता जुनाकुमारी गुरुङ, आमा समुहकी केन्द्रीय अध्यक्ष हरिमाया गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको एकता, समृद्धि र अधिकारका लागि सबै जुट्नका लागि तमु धिं नेपालले गाँउ गाउमा शाखा विस्तार अभियान सञ्चालन गरेको बताउनुभया । उहाँहरुले ताङतिङ गाँउको ऐतिहासिकता, एकता, प्राकृतिक मनोरम र आतिथ्यताको बर्णन गर्नुहुदै ताङतिङ आगमन कहिल्यै भुल्न नसकिने बताउनुभएको थियो ।
कार्यक्रममा नामार्जुङ गाविसका पुर्व प्रधानपञ्च, समाजसेवी देवीजंग गुरुङले तमु धिं नेपालकी अध्यक्ष कर्म तमु ताङतिङ आगमन ताङतिङको लागि शौभाग्य हो भन्नुहुदै विकासको क्रमसँगै गाउमा मोटर बाटो पुग्नाले सबै सम्भव भएको बताउनुभयो । उहाँले ताङतिङ सबै ढंगले भरिपुर्ण र ऐतिहासिक गाँउ भएको प्रष्ट्याउनुहुदै गाँउबाट धेरै बसाई सरेकाले भुमिपुजाका लागि खर्च अभावका कारण अक्षयकोषका लागि आफुहरु जुटेको बताउनुभयो ।
एमाले नामार्जुङ अध्यक्ष एक्काजंग गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै सबै तमु संघ संस्थाको एकता र क्होला सोथरको संरक्षण तथा जानो बाटोको लागि पहल गरिदिन तमु धिं अध्यक्ष कर्म तमुलाई आग्रह गर्नुभएको थियो ।
नेपाली काँग्रेसका गाँउ इकाइ सभापति गगनसिंह गुरुङले ताङतिङको विकासका लागि सबैको साथ र तमुहरुको समृद्धिका लागि तमु धिं नेपालको भुमिकाको प्रसंशा गर्नुभयो ।
कार्यक्रममा दुधपोखरी तमु समाजका वरिष्ठ महिला सल्लाहकार, नारी दिवसमा वितरण गरिने असल नारी अक्षयकोषदाता मञ्जु गुरुङ, स्वास्थ्य केन्द्रकी प्रमुख कर्नु गुरुङ, ताङतिङ युवा क्लवका अध्यक्ष क्षेत्रबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकास गुरुङले स्वागत मन्तव्य र तमु धिं नेपालका कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसैविच मञ्जु गुरुङ स्थापित र १०७ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा असल नारीको सम्मानबाट सम्मानपत्र र ५ हजार रुपैयाबाट प्रमुख अतिथि कर्म तमु, अक्षयकोषदाता मञ्जु गुरुङ र विशेष अतिथि हरिमाया गुरुङ लगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रममा भुपू सरोकार समिति ताङतिङका अध्यक्ष सु.जसबहादुर गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो ।
ताङतिङमा पहिलो पटक पुग्नु भएकी तमु धिं नेपालको अध्यक्ष कर्म तमु लगायतको समुहलाई फूल, मालाले आमाहरु, बाबा, युवा एवं विद्यार्थीहरुले भव्य स्वागत गरेको थियो ।


यसैविच सिमेभुमे पुजाका लागि स्थापना गरिने अक्षयकोषमा बुधवारको भेलाको अवसरमै संकलन भएको ५ लाख ५८ हजार ७१७ रुपैया प्रमुख अतिथि कर्म तमु र कार्यक्रमको अध्यक्षता गर्नुभएका दुधपोखरी तमु समाजका अध्यक्ष सुमे टोकबहादुर गुरुङले गाँउका समाजसेवी रतनसिंह गुरुङलाई हस्तान्तरण गरिएको थियो । उक्त अक्षयकोषको व्याजबाट वार्षिक रुपमा गरिने पुजाको खर्च व्यवस्थापन गर्ने समाजसेवी पुर्व प्रधानपञ्च देवीजंग गुरुङले बताउनुभयो ।