Latest News

तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, आमा अध्यक्ष प्रेमकुमारी तमु चारभञ्ज्याङ तमु समाजमा अभिनन्दित चारभञ्ज्याङलाई अध्यक्ष ज्ञाम तमुबाट ३ लाख ४० हजार सहयोग मुछेत्र, मिनबहादुर, ले.कुसाङ र चन्द्रबहादुर तमु सम्मानित

हुम तमु
पोखरा, ९ माघ
तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु र आमा अध्यक्ष प्रेमकुमारी तमु चारभञ्ज्याङ तमु समाज पोखराद्धारा अभिनन्दित हुनुभएको छ ।
तमु धिं युकेको नवौं कार्यसमितिमा सर्वसम्मत भए पश्चात नेपाल आउनु भएका ज्ञाम तमु सहितको तमु धिं युके, एनआरएन युके, सहारा युके, सहारा एफ सी, फोक्स्टोन नेप्लिज कम्युनिटी लगायतका संस्थाका अध्यक्षसहितको टोली नेपाल आगमनको क्रममा पोखरा ९ नयाँबजार सिद्ध मार्गस्थित चारभञ्ज्याङ तमु समाजमा आयोजित अभिनन्दन तथा स्वागत कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका संस्थापक सल्लाहकार समेत रहनु भएका तमु युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु र उहाँकी धर्मपत्नी तमु धिं युकेका आमा अध्यक्ष प्रेमकुमारी तमुलाई अभिनन्दन पत्र, भाङ्ग्रा, घलेक, फेटा र खादाबाट अभिनन्दन गरिएको हो । उहाँहरुलाई चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष सुमे नारायणसिह तमु, सल्लाहकार प्रमुख शिक्षाविद गणेशबहादुर तमु र आमा अध्यक्ष डम्बरकुमारी तमुले अभिनन्दन गर्नुभएको हो । चारभञ्ज्याङको संस्थापक सल्लाहकार, अत्यन्तै क्षमतावान, सामाजिक अगुवा ज्ञाम तमु अत्यन्तै प्रभावशाली संस्था तमु धिं युकेको सर्वसम्मत अध्यक्ष हुनु भएको र उहाँकी धर्मपत्नी प्रेमकुमारी तमुले आमा अध्यक्षको जिम्मेवारी सम्हालेको चारभञ्ज्याबासीको प्रतिष्ठा अभिवृद्धि भएको भन्दै उहाँहरुलाई अभिनन्दन गरेको हो ।
यसरी नै साहारा एफ सी युकेको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका चारभञ्ज्याङ तमु समाज पोखराकै सदस्य परिवारका ले.कुसाङ तमु र धर्म पत्नी पञ्चकुमारी तमु, एनआरएन युकेका अध्यक्ष मुछेत्र तमु र धर्म पत्नी लक्ष्मी तमु, फोक्स्टोन नेप्लिज कम्युनिटीका अध्यक्ष चारभञ्ज्याङका ज्वाई चन्द्रबहादुर तमु, सहारा युेका नवनिर्वाचित अध्यक्ष िमिनबहादुर तमुलाई कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष सुवेदार मेजर नारायणसिंह तमु र आमा अध्यक्ष डम्बरकुमारी तमुले भाङ्ग्रा, फेटा, घलेक र खादाद्धारा सम्मान गरिएको थियो ।
यसरी नै तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुको आमा चिजकुमारी तमुलाई पनि पछ्यौरा र खादाबाट आमा अध्यक्ष डम्बरकुमारी तमुले सम्मान व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा प्रमुख आतिथ्यको मन्तव्य व्यक्त गर्नुहुदै चारभञ्ज्याङबासीहरुको एकता, क्रियाशीलता र आर्शिवादले नै युकेको सबै भन्दा प्रभावशाली संस्था तमु धिं युकेमा सर्वसम्मत अधयक्षमा निर्वाचित भएको बताउनुभयो । उहाँले चारभञ्ज्याङ तमु समाजको क्रियाशीलताले विभिन्न दाता र युकेबासीको सहयोगमा चारभञ्ज्याङमा सञ्चालन भएको टेलि मेडिसिन सेन्टरले आज चारभञ्ज्याङलाई बेलायतको राजदरबारमा प्रवेश गराएको छ भने नेपालमा गणेशबहादुर तमु लगायतका अग्रजहरुले चारभञ्ज्याङलाई हरेक क्षेत्रमा चिनाएको भन्दै गर्व गर्नुभयो । उहाँले चारभञ्ज्याङबासीलाई सामाजिक सेवामा समर्पित हुने आग्रह गर्नुहुदै तमु धिं युकेले भुकम्प पीडितका बेला गरेको सहयोग, अनाथ बालबालिकालाई पठनपाठन, गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति लगायत युकेमा हुने नेपाली मेला, गोर्खा कप र ल्होछार मुख्य कार्यक्रमको रुपमा गर्दै आएको जानकारी गराउनुभयो । आफुहरुलाई चारभञ्ज्याङ तमु समाजले गरेको अभिनन्दनले थप सामाजिक सेवामा जुट्ने प्रेरणा दिएको उहाँको भनाई थियो ।
तमु धिं युकेको संस्थापक अध्यक्ष मिनप्रसाद तमुले तमु धिं युके स्थापनाका बेला जातिय संस्था खोल्न थाल्यो भनेर आलोचना भईरहेको बेला गोर्खा सैनिकमै कार्यरत ज्ञाम तमुबाट साथ पाएको बताउनुहुदै युकेमा चारभञ्ज्याङको भुमिका उदाहरणीय भएको बताउनुभयो । उहाँले चारभञ्ज्याङको छोरा तमु धिं युकेको अध्यक्ष हुदाँ चारभञ्ज्याङबासी मात्रै होइन देश विदेशका तमु अत्यन्तै हर्षित छ भन्नुहुदै चारभञ्ज्यावासीलाई बधाई ज्ञापन गर्नुभयो ।
साहारा युकेका अध्यक्ष मिनबहादुर तमुले चारभञ्ज्याङको स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुदै बोली भन्दा काममा आफुहरुले जोडदिने गरेको बताउनुभयो ।
चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष सुवेदार मेजर नारायणसिंह तमुको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रमुख गणेशबहादुर तमुले धन्यवाद एवं आर्शिवचन मन्तव्य, चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रि समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद तमुले स्वागत मन्तव्य र चारभञ्ज्याङ आइसिसीका महासचिव हुमबहादुर तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, उहाँको धर्मपत्नी आमा अध्यक्ष प्रेमकुमारी तमु, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, तमु धिंका प्रमुख सल्लाहकार डा.चन्द्रबहादुर तमु, तमु धिंका पुर्व अध्यक्ष तथा एनआरएन युकेका अध्यक्ष मुछेत्र तमु, धर्मपत्नी लक्ष्मी तमु, सहारा युकेका अध्यक्ष मिनबहादुर तमु, सहाराका प्रमुख सल्लाहकार सामाजिक अभियन्ता महेस तमु, सहारा एफ सी का अध्यक्ष ले.कुसाङ तमु र धर्मपत्नी पञ्चकुमारी तमु, फोक्स्टोन नेप्लिज कम्युनिटीका अध्यक्ष चन्द्रबहादुर तमु, तमु धिं युकेका सल्लाहकार टेकबहादुर तमु, इन्स्पेक्टर खेम तमु, ज्ञानराज तमु, अशोक तमु, भोज तमु राम तमु, नरेश तमुको युके टोलीलाई चारभञ्ज्याङ तमु समाजका सदस्यहरुले बाटैबाट फूलमालाले स्वागत गरेका थिए भने आमा समुह, चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समिति, ज्ञानुबाबा आवाशीय उच्च माविका लगायतका संस्थाबाट खादा लगाएर अतिथिहरुलाई स्वागत गरिएको थियो ।
चारभञ्ज्याङ तमु समाज पोखराले युकेबाट आएको टोलीलाई अभिनन्दन तथा स्वागतसँगै दिवा भोजको समेत व्यवस्था गरेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले चारभञ्ज्याङ तमु समाज पोखराको भवन भित्रको बाटो सिढी निर्माणका लागि ३ लाख ४० हजार सहयोग हस्तान्तरण गर्नुभएको थियो भने फोक्स्टोन नेप्लिज कम्युनिटी युकेका अध्यक्ष चन्द्रबहादुर तमुले २१ हजार, तमु धिंका सल्लाहकार टेकबहादुर तमुले १० हजार र रामसिंह घलेले १० हजार ५ रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रम अघि नयाँबजार प्रदर्शनी मार्गस्थित आफ्नै घर सविता निवासमा तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमुले पोखराका सामाजिक संंघ संस्थाका अगुवाहरुलाई भेटघाट एवं खाजा पार्टी प्रदान गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*