Latest News

तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु सहितको टोलीलाई तमु धिंमा भव्य स्वागत

हुम तमु

पोखरा, ५ माघ

तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु सहितको घर विदामा नेपाल आउनु भएका तमु धिं युकेको समुहलाई बुधवार तमु धिं नेपालले भव्य रुपले स्वागत गरेको छ ।

पोखरा ९ नयाँ बजारस्थित तमु धिं नेपालमा आगमनकै क्रममा स्वागतद्धारदेखि नै खादा र फूलले आमन्त्रित अतिथिहरुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, प्रथम उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती तमु, सल्लाहकार संयोज गणेशबहादुर तमु, आमा अध्यक्ष हरिमाया तमु लगायत पदाधिकारी, कार्यसमिति र क्षेत्रीय समाजका अध्यक्षहरुले स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रमुख आमन्त्रित अतिथि तमु धि युकेका अध्यक्ष ज्ञाम तमुले आफुहरुलाई भव्य रुपले स्वागत गरेकोमा तमु धिं नेपाललाई तमु धिं युकेमा सम्बद्ध ४६ हजार तमुहरुको तर्फबाट धन्दवाद व्यक्त गर्नुभयो । जहाँ रहे पनि तमुहरुको एकता आवाश्यक रहेको भन्दै तमु धिं नेपालको पहलमा पोखरामा केही वर्ष अघिदेखि सामुहिक ल्होछार मनाउदै आएकोमा निरन्तरताको कामना गर्नुहुदै आउदो वर्ष युकेका सामुहिक ल्होछार मनाउने घोषणा गर्नुभयो ।सन २००८ बाट तमु धिं युके र तमु प्ये ल्हु संघ युकेले भिन्दा भिन्दै रुपमा मनाउदै आएको ल्होछार सन् २०१७ मा संयुक्त रुपमा मनाउन आफु तमु धिं युकेको अध्यक्षमा निर्वाचित भए पश्चात पहल शुरु गरेको बताउनुभयो । आउदो वर्ष युकेमा सामुहिक रुपमा ल्होछार मनाउन सबै सकरात्मक रहेको बताउनुहुदै तमु प्ये ल्हु संघ युकेको अधिवेशन पश्चात छलफललाई  तिव्रता दिने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष ज्ञाम तमुले तमु धिं नेपालको बहुउद्धेश्यीय भवन निर्माणका लागि तमु धिं युकेले सक्दो सहयोग गर्ने उद्घोष गर्नुहुदै बहुउद्धेश्यीय भवन तमु मौलिकता झल्कने हुनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, बौद्ध अर्घौ सदनमा निर्माण हुने नयाँ गुम्बाका लागि आफुहरुले सक्दो सहयोग गरेका छौं, तमुहरुको साझा घर तमु धिं नेपालमा निर्माण हुने बहुउद्धेश्यीय भवनका लागि पनि हाम्रो साथ रहने छ ।

तमु धिं नेपालले तमुहरुको पहिचानका लागि तमु ह्युलाचोकमा तमु तमुस्योको सालिक राखेकोमा खुशी व्यक्त गर्नुहुदै महाभुकम्पको बेला तमु धिं नेपालले पुर्नस्थापना केन्द्र स्थापना गरी अत्यनै प्रसंसानीय कार्य गरेको भन्द प्रसंसा गर्नुभयो । जसका कारण तमु धिं नेपालकी अध्यक्ष कर्म तमु जनसेवा श्री पदकबाट सम्मानित घोषणा गरिएकोमा संसारैभरका तमुहरु सम्मानित भएको बताउनुभयो ।

भुकम्प पीडितलाई राहत वितरणको क्रममा तमु धिं युकेले १ करोड भन्दा बढी गैरआवाशीय नेपाली संघलाई प्रदान गरेको र भुकम्पले अत्याधिक विनास गरेका ठाँउहरुमा सहयोग गरेको बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमुहरु एकता आजको आवाश्यकता भएकाले सामुहिक ल्होछार मनाउने पहल तमु धिं गरेको बताउनुभयो । तमु धि नेपालको सहभागीतामा हुने कार्यक्रममा तमु धिं युकेको साथ सहयोगको प्रसंसा गर्नुभयो ।

तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमुले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदै तमुहरुको एकता, संस्थागत सम्बन्ध र हामी भन्ने भावनाको विकासका लागि आग्रह गनुृभयो ।

कार्यक्रममा तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु, आमा अध्यक्ष प्रेमकुमारी तमुलाई तमु जातिय मौलिक पोखरा भाङ्ग्रा, घलेक, फेटा, खादा लगायतले तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु, एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमु, सहारा क्लव युेकेका अध्यक्ष मिनबहादुर तमु लगायत तमु धिंका सल्लाहकार, आजीवन सदस्यहरुको स्वागत एवं सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु धिं युकेको तर्फबाट तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र तमु धिं युकेका विदेश विभागका ंसंयोजक मेजर लक्ष्मप्रसाद तमुलाई सम्मान गरिएको थियो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती तमु र संचालन सहसचिव दुर्गाबहादुर तमुले गर्नुभएको थियो ।

 कार्यक्रममा सामुहिक ल्होछार ल्होसारमा सम्मानबाट छुट्नुभएका वरिष्ट समाजसेवी तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमु र ह्वाइट लोटस स्टुडियो एवम गुरुङ भाषाको टेलिभिजन कार्यक्रम ” तमू मै ता” का संचालक युग बहादुर तमुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।