Latest News

तमु धीँ जापानले भव्य रुपमा मनायो ल्होसार

टोकियो । तमु धीं जापानले आयोजना गरेको २२औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न भएको छ । आफ्नो कला–संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष नेपालबाट ख्याती प्राप्त गुरुङ कलाकारहरुलाई निम्ता गरेर कार्यक्रम गरिँदै आएको छ । यस पटक स्थानीय कलाकारहरुका साथ भ्म्न्भ् द्यब्ल्म् र ल्ब्एक्इी द्यब्ल्म् ले साथ दिई दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।

२२औं ल्होसार साँझमा गुरुङ चलचित्रका नृत्य निर्देशक अरमान गुरुङ साथमा स्थानीय कलाकारहरुबाट गुरुङ नृत्य र सांगीतिक प्रस्तुतिहरुका साथ टोक्यो शिन्जुकु, खाबुकी चो अवस्थित युनिभर्सल सिटी हलमा जनवरी २ तारिक सोमबार भव्यताका साथ सम्पन्न भएको छ ।

 

तमु धीं जापानका अध्यक्ष श्री गुरुङको सभापतित्व तथा धीका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ संयोजक रहेको २२ औं ल्होसार साँझ २०१७ का प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, बिशेष अथिति जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा तथा तमु धीं जापानका अध्यक्ष श्री गुरुङले सयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको थियो

ल्होसार साँझमा उपस्थित अथिति तथा दर्शकहरुलाई संयोजक श्रीमती अनिता गुरुङले स्वागत भाषणमार्फत स्वागत साथै शुभकामना दिनुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अथिति एनआरएनए आईसीसी सदस्य ओम गुरुङले बिदेशी भूमिमा रहेर पनि गुरुङहरुले आफ्नो संस्कार संस्कृति र परम्परालाई बचाई राख्न २१ औं बसन्त पार गरी २२औं बसन्तको लागि शुभकामना दिदै तमु धीं जापानले ल्होसार र रोधी साँझ जस्ता जातीय पहिचान झल्कने कार्यक्रमहरु गर्दै आएकोमा गर्ब लागेको र आफुलाई यो स्थानसम्म ल्याई पु¥याउनमा तमु धीं जापानको ठूलो योगदान रहेको बताउनुभएको थियो ।japan-1

बिशेष अतिथि जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले कार्यक्रम सफलताको शुभकामना तथा तमु धीं जापानलाई धन्यवाद दिनु भएको थियो भने बिशेष अथिति नेपाली राजदुताबास टोक्योका प्रतिनिधि रेवन्त केसीबाट २२औं ल्होसार साँझको सफलताको शुभ कामना दिनुभएको थियो ।

राष्ट्रिय गीतबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा ल्होसारै गीतको बोलमा नृत्य, कौडा नृत्य सहित एक दर्जन गुरुङ भेषमा सजिएर गरिएको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियो । नेपालबाट बिशेष कार्यक्रमको लागि जापान भ्रमणमा रहनुभएका त्ज्भ् भ्म्न्भ् द्यब्ल्म् र स्थानीय ल्इएक्इी द्यब्ल्म् का सदस्यहरुलाई तमु धीं जापानका अध्यक्ष श्री गुरुंगले धींको तर्फदेखि खादा लगाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको अवसर परि तमु धीं जापानका पूर्व अध्यक्ष हर्क गुरुङ र भिम गुरुङलाई धींको बिकासमा बिशेष योगदान गरे बापत वर्तमान अध्यक्ष श्री गुरुङले खादा लगाई तामापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा तमु धीं जापानका अध्यक्ष श्री गुरुङले कार्यक्रम सफल बनाई दिनुभएकोमा धन्यवाद सहित २३ औं ल्होसार साँझको लागि अग्रिम निमंत्रना दिनु भएको थियो । पहिलो चरणको कार्यक्रम तमु धीं जापानका महासचिब अमर गुरुङले संचालन गर्नु भएको थियो भने संस्कृतिक कार्यक्रमको संचालन धींका सल्लाहकार ओम प्रकाश गुरुङ र पुनम गुरुंगले गर्नु भएको थियो ।japan-2

साभार : गुरुङ न्युज डट कम्